default_image

एसोसिएसन

August 20, 2018

एसियन गेम्सः तेस्रो दिन पनि नेपालको निराशजनक प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं संस्करणको एसियन गेम्स (एसियाड) को तेस्रो दिनको खेल सकिदा नेपालले निराशजनक प्रदर्शनलाई निरन्तरता दिएका छन् । एसियाडको तेस्रो दिन ८ खेलमा प्रतिस्पर्धा गर्दा नेपाल सहभागितामै सीमित बन्यो । पुरुष ब्याडमिन्टन टोली चाइनिज तोइपेइसँग क्वार्टरफाइनलमा निराश बन्यो । पदकको अपेक्षा गरिएको तेक्वान्दो प्रदर्शन झन बिर्सनलायक नै बन्यो । संगीता […]

August 20, 2018

काठमाडौं म्याराथन र स्पोर्टस् एक्स्पो अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)–१२ औं संस्करणको काठमाडौं म्याराथन असोज चौथो साता हुने भएको छ । प्रो स्पोर्टस् प्रालि र इभेन्ट सोलुसनको आयोजनामा काठमाडौं म्याराथन असोज २० गते हुने भएको हो । मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले १२ औं संस्करणको काठमाडौं म्यारानलाई अझ भव्य र व्यवस्थित बनाउन यसपटक नेपालमै पहिलोपटक स्पोर्टस् एक्स्पो आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार […]

August 20, 2018

एसियाडमा निमाको राष्ट्रिय कीर्तिमान, पौडीकी गौरिका हिटबाटै बाहिर

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी एसियाली खेलकुद अन्र्तगत नेपालकी निमा घर्तीमगरले उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्टिय किर्तिमान कायम गरेकी छिन् । सोमबार भएको स्पर्धामा निमाले ९.१७ अंकका साथ किर्तिमान बनाएकी हुन् । इन्डोनेसियाको जार्कातामा जारी एसियन गेम्समा नेपाली खेलाडी बनाएको यो पहिलो किर्तिमान हो । नयाँ राष्ट्रिय कीर्तिमान बनाएपनि निमा १२ खेलाडीमध्ये ११ औं स्थानमा […]

August 19, 2018

एसियाड दोस्रो दिनः नेपालको फितलो प्रर्दशन

जकार्ता (हाम्रो खेलकुद) – १८औं एसियाडको पहिलो दिन नेपालले फितलो प्रदर्शन गरेको छ । इन्डोनेसियको जकार्ता र पालेङवाङमा जारी खेलको प्रतियोगिताको  दोस्रो दिन नेपालले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गर्दा ब्याडमिन्टनबाहेक अन्य खेलमा प्रदर्शन निकै फितलो बन्यो । पुरुष ब्याडमिन्टनको टिम स्पर्धामा नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दा महिला टिम भने पराजित हुन पुग्यो । […]

August 19, 2018

एसियाड : तेक्वान्दो पुुम्सेमा सम्भावना सकियो

दिपक न्यौपाने जकार्ता –एसियाड खेलकुदमा पदकको अपेक्षा गरिएको तेक्वान्दोको पुम्सेतर्फको नेपालको पदकको सम्भावना सकिएको छ । नेपालले तेक्वान्दोको पुम्से टिम इभेन्टमा उज्वेकिस्तानबाट वार्कओभर पाएपछि पदकको आशा गरिएको थियो । नेपालले पुुम्सेमा व्यक्तिगततर्फ १ पुुरुष, १ महिला र टिम महिलामा भाग लिएको थियो । तीन वटै इभेन्टमा नेपाल बाहिरीसकेको छ । नेपालको महिलाको टिम क्वार्टरफाइनलमा पराजित […]

August 19, 2018

कुसुमले आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा महिला बक्सिङ खेलाडी कुसुम तामाङले आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल बक्सिङ संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कुसुमले हंगेरीको बुढापेस्टमा आयोजना हुने आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप खेल्ने बताएको हो । चार महिना अघि थाइल्यान्डमा भएको […]

August 18, 2018

१८ औं एसियाली खेलकुदको औपचारिक सुरुवात, उद्घाटन भव्य

दिपक न्यौपाने जकार्ता – एसियाली खेलकुदको १८ औं संस्करण इन्डोनेसियाको राजधानी सहर जकार्तामा शनिबार औपचारिक रुपमा सुरु भएको छ । एसियाका ४५ राष्ट्रका १० हजार भन्दा बढी खेलाडीले एसियाडमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । उद्घाटन जकार्तामा भयो भने समापन इन्डोनेसियाको अर्को सहर पालेम्बाङ हुने बताइएको छ ।   एसियाडमा समावेश ४५ खेलमध्ये १० खेल पालेम्बाङमा […]

August 18, 2018

एसियाड पदक विजेता आयशा भन्छिन् -‘एकदम मिस हुने रहेछ’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली तेक्वान्दोकी सफल खेलाडी आयशा शाक्यलाई अन्तर्राष्ट्रिय ठूला खेल मेलामा नेपालको प्रतिनिधित्व गर्ने आदत नै भइसकेको थियो । एक दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनमा उनले सफलता पनि त्यस्तै हात पारिन्, जसलाई प्राप्त गर्नु हर खेलाडीको चाहना हुन्छ । सन् २००६ देखि २०१६ सम्मका तीन एसियाली खेलकुद र तीन दक्षिण एसियाली खेलकुद(साग) मा […]

August 18, 2018

म्याग्दी मगरलाई धनुषवाणको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – म्याग्दी मगर समाजले सातौ रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उपाधि जितेको छ । शुक्रवार बेलुका कृतिम प्रकाशमा खेलाईएको १० डोरको खेलमा ११७ अंक जोड्दै म्याग्दी मगर समाजले उपाधि जितेको हो ।   कुल १२० अंकका लागि खेलाईएको १० डोरको खेलमा म्याग्दी मगर समाजले ३ अंक गुमाएको थियो । सात सदस्य टिम स्पर्धामा […]

August 14, 2018

सुटिङ टोली भोलि इन्डोनेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जाकार्ता र पालेङवाङ एसियाडमा सहभागी हुन नेपाली सुटिङ टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।  भोली इन्डोनेसिया प्रस्थान गर्ने ६ सदस्यीय नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट र नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले बिदाई गरे ।   खेलाडीहरुमा सुस्मिता नेपाल, कल्पना परियार र सुसे […]

Success

Thank you for your time.