August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदको ५५औं बार्षिकोत्सवको अवसरमा बिविध कार्यक्रम सहित बार्षिकोत्सव सप्ताह बुधबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले बार्षिकोत्सव प्रत्येक साल भाद्र १३ गते बाट एक हप्ता मनाउने गर्दछ । एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव उपेन्द्र पौडेल र सदस्य गंगाबहादुर थापा मगरले संयुक्त रुपमा बेलुन उडाएर सप्ताहको उद्घाटन […]
August 29, 2018
जाकार्ता (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिएको छ । एसियाडको १२औं दिन नेपालले प्याराग्लाइडिङ पुरुष क्रस कन्ट्रीमा रजतपदक जित्न सफल भएको हो । गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक जित्न सफल भएको हो । नेपाल स्वर्ण विजेता जापानभन्दा २७ […]
August 28, 2018
जकार्ता (हाम्रो खेलकुद) – १८औं संस्करणको एसियन गेम्सको आज ११औं दिन सकिएको छ । ११औं दिनसम्म पनि नेपाल पदकविहीन बनेको छ । एसियाडको १०औं दिन नै यसअघिका एसियन गेम्समा पदक जितेका तेक्वान्दो, कराते र बक्सिङको चुनौती सकिएको थियो । एसियाड सकिने संघारमा रहँदा नेपाल पदकविहीन हुने हो कि भन्ने अड्कल काटिरहँदा मंगलबार प्याराग्लाइडिङले केही खुशी […]
August 28, 2018
जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्र्तगत कुरास खेलमा नेपालका उपेन्द्र थापा प्रि–क्वाटरफाइनलमा पराजित भएका छन् । जेसीसी एसेम्ली हलमा मंगलबार भएको पहिलो चरणमा पाकिस्तानका समिउल्लाह सेइदलाई १–० को झिनो अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका उपेन्द्र उज्वेकिस्तानको बुरिभ रुस्लानसँग १०–० को अन्तर पराजित भए । यता, महिलातर्फ भगवती माझी […]
August 28, 2018
जाकार्ता (हाम्रो खेलकुद)- नेपाली तीब्र गतिका धावक यामसाजन सुनारले चोटका कारण पूरुष २०० मिटर दौडमा अनुपस्थित रहेका छन् । जेरोला बुङकार्नोमा मंगलबार बिहानको लागि तय भएको पुरुष २०० मिटर दौडमा हिट नम्बर ४ को सूचीमा यामसाजनको नाम रहेपनि मांशपेशीको दुखाईका कारण रेस त्याग्नु परेको हाम्रो खेलकुदलाई जानकारी दिए । यामसाजनको २०० मिटरमा भने २१.७५ सेकेन्डको […]
August 27, 2018
जाकार्ता (हाम्रो खेलकुद) – एसियाली खेलकुदमा नेपालले मात्र तीन खेल तेक्वान्दो, बक्सिङ र करातेमा पदक जित्न सफल भएको थियो । इन्डोनेसियमा जारी १८औं एसियाली खेलकुदअन्तर्गत यि तीनै खेलबाट यसपटक पदकको अपेक्षा गरेको थियो । तर, यि तीनै खेलमा नेपाल पदकविहीन बेनेको छ । तेक्वान्दोको चुनौती भदौ ७ गते सकिएको हो भने कराते र बक्सिङ दुवै […]
August 26, 2018
जाकार्ता (हाम्रो खलकुद) – इन्डोनेसियामा जारी एसियाली खेलकुदको कुम्भमेला एसियन गेम्स (एसियाड) को आज नवौ दिन सकिएको छ । ४६ राष्ट्रले सहभागिता जनाएको एसियाडको नवौ दिनको समाप्तीसम्ममा ३५ राष्टले पदक जित्न सफल हुदा नेपाल अझै पदकविहीन बनेको छ । चीन ७८ स्वर्ण, ५९ रजत र ३७ कास्यगरी कुल १७४ पदकसहित पदक तालिकाको शीर्ष स्थानमा […]
August 22, 2018
दीपक न्यौपाने जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा १६ दिनसम्म चल्ने एसियाली खेलकुदको कुम्भमेला (एसियाड) को आज पाँचौ दिन सकिएको छ । पाँचौ दिन सकिदा चीन पदक तालिकामा अग्रस्थानमा रहँदा नेपालले आफ्नो कमजोर प्रदर्शनलाई निरन्तरता दिएको छ । नेपाली खेलाडीहरु क्वाटरफाइनलसम्म पुग्न सफल भएपनि त्यो भन्दा अघि बढ्न सकेको छैन । केही खेलाडीहरुले आफ्नो […]
August 21, 2018
दीपक न्यौपाने जकार्ता – एसिायाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन मंगलबार पनि पदकविहीन बनेको छ । तेस्रो दिन नेपालबाट १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुदाँ दुई खेलाडी पहिलो चरणमै रोकिए […]
August 21, 2018
दीपक न्यौपाने जकार्ता– ज्ञानी चुनारा इन्डोनेसियामा जारी १८औं एसियाड अन्र्तगतको महिला तेक्वान्दोको क्वाटरफाइनलमा पराजित भएकी छन् । ज्ञानी क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिनसँग २०–० को अन्तरमा पराजित भईन् । आज बिहान भएको अन्तिम १६ को खेलमा भुटानकी छोदेन किनजाङलाई २८–६ को भारी अन्तरमा पराजित गर्दै ज्ञानी क्वाटरफाइनलमा पुग्न सफल भएकी थिईन् । तर, क्वाटरफाइनलमा ज्ञानी फिलिपिन्सकी लोपेज पाउलिनसँग खेल्नै सकिनन् । […]