default_image

एसोसिएसन

August 8, 2018

जुडो टोली हंगेरी प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडको तयारीमा रहेको नेपाली जुडो टिम विशेष प्रशिक्षणको लागि बुधबार हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ । नेपाली जुडो टिमले अन्तर्राष्ट्रिय जुडो महासंघले डुनाभर्सनीमा आयोजना गर्ने विशेष प्रशिक्षणमा सामेल हुनेछन् । त्यसअघि नेपाली टिमले शुक्रबारबाट आयोजना हुने बुढापेस्ट ग्राण्ड प्रिक्समा सहभागिता जनाउने नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले […]

August 8, 2018

विशेष प्रशिक्षणका लनटेनिस टोली मलेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने लनटेनिस टोली प्रशिक्षणका लागि मलेसिया प्रस्थान गरेको छ । नेपाली खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा प्रशिक्षणसँगै मलेसियाको लन टेनिस एसियाड टोलीस अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ । एसियाडमा पुरुषतर्फ अभिषेक बाँस्तोला, संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल रहेका छन् । महिलातर्फ जुम्लयाहा […]

August 7, 2018

अरहान्त र रत्न दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल च्याम्पियन अरहान्त केशर सिंह र रत्नकाजी शाक्य तेस्रो धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास च्याम्पियनसपको दोस्रो चरणमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा मंगलबार भएको पुरुष खुल्ला एकलतर्फको खेलमा नेपाल च्याम्पियन अरहान्त केशर सिंहले सुर्जनराज श्रेष्ठलाई ३–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । पुरुष खुल्ला एकलतर्फ रत्नकाजी […]

August 7, 2018

प्याराग्लाइडिङ टोली इन्डोनेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार इन्डोनसिया प्रस्थान गरेको छ । नेपाली टिम थप प्रशिक्षणको लागि एसियाड शुरु हुनुअघि नै इन्डोनेसिया प्रस्थान गरेको हो । टिमलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रिय महासचिब शैलेन्द्र राउत, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक लगायतले […]

August 7, 2018

सेबलाई ओप्स अन्तर विद्यालय फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सामाखुसी बोडिङ स्कुल (सेब)ले प्रथम ओप्स अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । मनमैजुस्थित जि फोर फुटसल एरिनामा मंगलवार भएको फाईनल खेलमा सेबले प्रगति हाई स्कुललाई ५–२ गोल अन्तरले हराउदै उपाधि जितेको हो । सेबका सुबास तिम्लिसिनाले ह्याट्रिक तथा उमेश विकले २ गोल गरे । प्रगतिका अर्जुन राईले २ गोल […]

August 7, 2018

रुबिका र चाउची आइटिएफ वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी रुबिना खड्का र चाउची डंगोल आईटिएफ बर्ष उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल इन्टरनेश्नल तेक्वान्दो(आईटिएफ)को २१ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको अवार्डमा रुबिका र चाउची आइटिएफ वर्ष उत्कृष्ट खेलाडी घोषित भएको हो । दुवै सम्मानित खेलाडीले सर्लाहीमा सम्पन्न सिनियर राष्ट्रिय आईटिएफ प्रतियोगिता र १५ औ सिनियर […]

August 3, 2018

तेक्वान्दोका पदक विजेता अस्ट्रेलियामा सम्मानित

काठमाडौं (हाम्रो खेलकद)– गोल्ड कोस्ट ओपनमा तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता खेलाडी अस्ट्रेलियामा सम्मानित भएका छन् । अस्ट्रेलियामा शुक्रबार आयोजित एक कार्यक्रममा न्यु साउथ वेल्समा रहेको नेपाली दुतावासका कन्सुलर दीपक खड्काले सम्मान गरेका हुन् । गत २८ र २९ जुलाईसम्म भएको नवौं गोल्ड कोस्ट ओपनमा नेपालका लागि पदक विजेता सितु सिंह मास्के, अभिनव शाक्य र यनचेङ […]

August 3, 2018

एसियाडमा ओलम्पियन कमलले नेपालको झन्डा बोक्ने

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले इन्डोनोसियामा अर्को महिना हुने १८ औं एसियाली खेलकुदमा नेपाली खेलाडीको नेतृत्व गर्ने भएका छन् । १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमलले भदौ २ गते हुने एसियाडको उद्घाटन मार्च पासमा नेपालको झन्डा बोक्ने नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिएका […]

August 3, 2018

जापानले टोकियो ओलम्पिकसम्म नेपाली खेलाडीलाई सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) –  टोकियो ओलम्पिक (सन् २०२०) आयोजक राष्ट्र जापानले ओलम्पिक अघिसम्म नेपाली खेलाडीहरुलाई सहयोग गर्ने भएको छ । ओलम्पिक अघिसम्म नेपाली खेलाडीलाई सहयोग गर्ने सम्बन्धमा शुक्रबार नेपाल ओलम्पिक कमिटिले ओलम्पिक आयोजक राष्ट्र जापानको फुकुसीमामा अवस्थित तामुरा सिटी र एथलेट सोसाइटीसँग सम्झौता गरेको छ । सम्झौतामा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र एथलेट […]

August 2, 2018

एसियाडका लागि जुडोले हंगेरीमा विशेष प्रशिक्षण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली जुडो टिमले हंगेरीमा विशेष प्रशिक्षण गर्ने भएको छ । विशेष प्रशिक्षणका लागि हंगेरी प्रस्थान गर्नुअघि नेपाली टोलीले थाइल्यान्डमा हुने थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागिता जनाउने छ । १० खेलाडी र ४ अफिसियलसहितको नेपाली टोली आजै थाइल्यान्ड प्रस्थान गरेको छ । टोलीलाई […]

Success

Thank you for your time.