default_image

एसोसिएसन

June 29, 2019

ललितपुर बक्सिङमा सिंहको नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद) – ललिपुर बक्सिङ संघका तेश्रो साधारण सभाले महेश सिंहको नेतृत्वमा ८ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको छ । विशेष साधारणसभाले उपाध्यक्षमा आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रामचन्द्र थापामगरलाई निर्विरोध निर्वाचित गर्यो । जिल्ला संघको सचिवमा श्यामकाजी अवाले,कोषाध्यक्षमा सुरेन्द्र न्याछ्यो चयन भए । सदस्यमा पुष्पा बस्नेत,पुस्करराज पन्त,बासुदेब दाहाल चुनिए […]

June 28, 2019

करातेलाई केल्मी नेपालको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद ) – राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्दै आएको  खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय ब्राण्ड केल्मी नेपालले करातेलाई पनि प्रायोजन गरेको छ । केल्मी नेपालले कराते टोलीलाई २ बर्षको लागि खेलकुद सामग्री प्रायोजन गरेको हो । नेपाल कराते महासंघ र केल्मीको नेपालमा आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिबीचमा शुक्रबार सम्झौता भएको छ । नेपाली फुटबलमा […]

June 24, 2019

२ सय जना अट्ने अडोटोरियम हलको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताभित्र निर्मित अडोटोरियम हलको सोमबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले हलको उद्घाटन गरे । आर्थिक वर्ष २०७३/०७४ मा हल निर्माण सुरु गरिएको थियो । करिब २ करोड १५ लाख लागतमा निर्माण गरिएको हल २ सय जना अटाउने क्षमताको छ ।

June 24, 2019

१३औं साग तयारी बारे छलफल

काठमाडौं (हाम्रो खेलकुद) -यसै वर्ष नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारी तथा आठौं राष्ट्रिय खेलकुदको समिक्षात्मक छलफल भएको छ । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले आठौं राष्ट्रिय खेलकुद समग्रमा सफलतापूर्वक सम्पन्न भएको बताउदै खेलकुदका ठूला ठूला पूर्वाधार बनाउन सरकार केन्द्रीत रहेको बताए राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं […]

June 21, 2019

ओलम्पियन संगिना र दीपकसहित तेक्वान्दोकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगिना बैद्य र दीपक बिष्ट, तेक्वान्दोका अन्य पदक विजेता र तेक्वान्दोकर्मी शुक्रबार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ले तेक्वान्दोसँगै अन्य खेलको विकासमा योगदान पु¥याएको भन्दै पहिलो संस्करणको राष्ट्रिय ग्योरीगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिपको अवसरमा शुक्रबार दीपक र संगीनासहित ९ खेलकर्मीलाई ताम्रपत्रसहित सम्मानित गरेको हो । सम्मानित […]

June 20, 2019

राई राष्ट्रिय टिम तयारी निर्देशक नियुक्त

काठमाडौं(हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्र कुमार राई नियुक्त भएका छन् । खेलकुद बिज्ञान प्रतिष्ठानमा उपनिर्देशक रहेका राईलाई राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागमा दरवन्दि रहने गरि असार ४ गतेबाट लागु हुने गरि रिक्त रहेको निर्देशक पदमा नियुक्त गरेको सदस्य सचिव केशव कुमार बिष्टद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ । २०५२ […]

June 19, 2019

श्रेष्ठ साटाको अध्यक्षमा पुनः निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ लगातार दोस्रो कार्यकालका लागि दक्षिण एसियाली ट्रायथलन संघ (साटा) को अध्यक्षमा निर्वाचित भएका छन् । दक्षिण कोरियाको ग्योङ्जु शहरमा आज भएको साटाको चुनावी साधारण सभाले निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय टोली निर्वाचित भएको हो । निलेन्द्र उनी यसअघि पनि अध्यक्षमै रहेका थिए । उपाध्यक्षमा माल्दिभ्सका […]

June 19, 2019

अजित राष्ट्रिय टोलीमा फर्किए (समाचार प्रभाव)

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सम्बन्धित संघको सिफारिसमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जेठ तेस्रो सातादेखि विभिन्न खेलका खेलाडीलाई विशेष प्रशिक्षण राखेको थियो । अहिले सागमा समावेश २७ खेलमध्ये केही खेलबाहेक सबै खेलको विशेष प्रशिक्षण जारी छ । यस्तोमा नेपाल एथलेटिक्स संघले २६ खेलाडीलाई समावेश गर्दै गत २७ गतेबाट […]

June 17, 2019

तुलाधरलाई ओलम्पियन संघमा कार्यवहाक अध्यक्षको जिम्मा

काठमाडौं(हाम्रो खेलकुद ) – नेपाल ओलम्पियन संघले उपाध्यक्ष  प्रविन तुलाधारलाई कार्यवाहक अध्यक्षको  जिम्मेवारी दिएको छ ।  संघको आइतबार बसेको बैठकले तुलाधरलाई अर्को व्यवस्था नभएसम्मको लागि जिम्मेवारी दिएको संघका सचिव मुकुन्दहरि श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सुनिल लाल जोशीको २०७४ जेठ २६ गते निधन भएयता संघको अध्यक्ष पद खाली थियो । संघले यस बारे राष्ट्रिय […]

June 17, 2019

कीर्तिमानी अजित र सोम राष्ट्रिय टोलीमा अटाएनन् !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली एथलेटिक्स र ट्रयाक एन्ड फिल्डका कीर्तिमानी खेलाडीद्वय अजित कुमार यादव र सोम बहादुर कुमाल आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि राष्ट्रिय टोलीबाटै बाहिरिएका छन् । सोम र अजित आ–आफ्नो विधाका कीर्तिमानी खेलाडी हुन् । नेपाल एथलेटिक्स संघले १३औं सागको लागि छनोट गरेको २६ सदस्यीय खेलाडीमा सोम र अजित […]

Success

Thank you for your time.