default_image

एसोसिएसन

July 19, 2019

दक्षिण एसियाली शारीरिक सुगठनमा समिरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका समिर श्रेष्ठले १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् । भारतका दिनेश दोश्रो तथा नेपालकै प्रज्ज्वलमान शाक्य तेश्रो भए । पहिलो दिने जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले १ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ८ पदक जित्यो । […]

July 19, 2019

खेलकुदप्रति बफादार रहने छुः निवर्तमान सदस्य–सचिव बिष्ट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का निर्वतमान सदस्यसचिव केशवकुमार बिष्टले आफु जहाँ रहे पनि खेलकुद प्रति सदैभ बफादार रहने बताएका छन् । नेपाल बक्सिङ संघले आयोजना गरेको बिदाई कार्यक्रममा सदस्यसचिव बिष्टले कुनै न कुनै नाताले खेलकुदको विकास र विस्तारमा बफादार रहि रहने बताएका हुन् । ‘म नियमित प्रक्रिया अनुसार राखेपको जिम्मेवारीबाट टाढा भएको हु […]

July 19, 2019

पहिलो अन्तर्राष्ट्रिय पदकधारी केसी र कीर्तिमानी धावक मानन्धर सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व म्याराथन धावक जितबहादुर केसी र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व म्याराथन धावक वैकुण्ठ मानन्धरलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालले शुक्रबार नगदसहित सम्मान गरेको छ । एकेडेमी र क्लबको संयुक्त आयोजनामा भएको मदन भण्डारी रोड रेसका पदक विजेतालाई नगद पुरस्कार वितरण गर्न आयोजित […]

July 19, 2019

राखेप प्रशासन विभागमा थापा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभाग प्रमुखको जिम्मेवारी कुलबहादुर थापालाई शुक्रबार दिइएको छ । प्रशासन विभागका प्रमुख बासुदेव आचार्य बिहीबार उमेर हदका कारण अनिवार्य अवकास भएपछि उक्त पद रिक्त थियो । यसअघि थापा खेलकुद विकास विभागमा थिए । खेलकुद विकास विभागमा संघ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको […]

July 18, 2019

कराँते टोली स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – नवौं थाइल्याण्ड ओपन कराँते च्याम्पियनसिपमा एक स्वर्ण पदक, एक रजत र दुई कास्य पदक हासिल गरेका पदकधारी खेलाडीहरु सहित नेपाली कराते टोली बुधबार साँझ स्वदेश फर्किएको छ । थाइल्याण्डको बैंककस्थित इन्डोर स्टेडियम हौमार्कमा भएको खेलमा ४८ केजी मुनिको तौल समुहमा कुमुतेतर्फ सबिना श्रेष्ठले चीनकी खेलाडीलाई पराजित गरि नेपालको लागि स्वर्ण पदक […]

July 18, 2019

सदस्यसचिव सिलवाललाई खेलाडी संघको ध्यानाकर्षण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्यसचिव रमेश कुमार सिलवाललाई स्वागत गर्दै १३ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । संघले बिहीबार त्रिपुरेश्वरमा एक कार्यक्रमकाबीच खेलाडीलाई स्वागत गर्दै अध्यक्ष दीपक श्रेष्ठको अगुवाईमा १३ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो । संघले बुझाएको ध्यानाकर्षण पत्रमा सागका स्वर्णधारी, एसियन […]

July 17, 2019

दक्षिण एसियाली शारीरिक सुगठनको तयारी पुरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा तेस्रो पटक आयोजना हुन लागेको १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघ (एनबीबीएफए) ले जानकारी गराएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई दिने प्रतियोगिताको सम्पुण्र्उा तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगिता बिहीवारदेखि आइतवारसम्म हुने भएपनि […]

July 17, 2019

पोखरा रंगशाला निर्माण कम्पनीसँग छलफल

काठमाडौं (हाम्रो खेलकुद)– पाँच महिनापछि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को केहि खेलको आयोजनास्थलका रुपमा हेरिएको पोखरा रंगशाला निर्माणका विषयमा बुधबार छलफल भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) खेलकुद सचिव कृष्णप्रसाद देवकोटा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले रंगशाला निर्माणको जिम्मा पाएको भारतको ग्रेट स्पोट्र्स इन्फ्रा र […]

July 17, 2019

एसिया कप इन्डोर हक्कीमा महिला टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिया कप इन्डोर हक्की च्याम्पियनसिपमा महिला टोली विजयी भएको छ  । थाइल्यान्डको चोनबुरीमा बुधबार भएको समूह चरणको तेस्रो खेलमा नेपालले फिलिपिन्समाथि ३–२ को पुनरागमन जित निकालेको हो । च्याम्पियनसिपमा पहिलो जित निकालेको हो । नेपाल यसअघि समूह चरणको पहिलो खेलमा काजकिस्तानसँग ८–० ले तथा उज्बेकिस्तानसँग ९–० ले पराजित भएको […]

July 16, 2019

अन्तर्राष्ट्रिय पदक विजेता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक वर्ष २०७५/७६ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई मंगलबार प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा ३४५ स्वर्ण, २५ रजत र ९२ कांस्य गरी कुल ४ सय ६२ पदकधारीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरियो । […]

Success

Thank you for your time.