April 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा झन्डै पाँच महिनापछि हुने १८ औं एसियाली खेलकुदमा नेपालको कति खेल र खेलाडी सहभागी हुने भन्ने कोटा निर्धारणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा ८ उच्च स्तरीय सदस्यीय समिति गठन भएको छ । मन्त्री स्तरीय निर्णयबाट आइतबार गठन भएको समितिले चैत मसान्त भित्र नेपालले […]
March 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा सम्पन्न दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा एक रजत र एक कास्य पदक जित्दै नेपाली खेलाडी बिहीबार स्वादेश फर्केका छन् । मंगलबार थिम्पुमा भएको च्याम्पियनसिपमा विश्वरुपमा बुढाले ८ किलो मिटरमा रजत पदक जितेकी छिन् । त्यस्तै विश्वरुपासहित रेशु बस्नेत र विन्द्रा धान्के श्रेष्ठको टोलीले टिम इभेन्टको ८ किलो मिटरमै कास्य पदक […]
March 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले खेलकुदका सबै खाले विकृति, विसंगतिको अन्त्य र विवाद समाधानका लागि पहल लिने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विश्वकर्माले नेपाल क्रिकेट संघ (क्यान) , अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल ओलम्पिक कमिटी (एनओसी) लगायतका खेलकुद संघमा देखिएका विवाद वा समस्याको […]
March 22, 2018
अमृत चिमरिया हेटौंडा– प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा ६ मा रहेको गौरीटार रं्गशाला अवलोकन गरेका छन् । केन्द्रीय खेलकुद प्रतिष्ठानको रुप रहेको रगंशाला प्रदेश सरकारको प्रमुख प्राथमिकतामा परेकोले मुख्यमन्त्री पौडेलले अवलोकन गरेका हुन् । २३ विगहा क्षेत्रफलमा रहेको प्रतिष्ठानमा हाल एक पुरुष छात्रावास निर्माणको अन्तिम चरणमा रहेको छ । फुटबल रंगशाला, क्रिकेट […]
March 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदलाई विखण्डन गर्ने शक्तिलाई परास्त गर्दै खेलकुदको विकास गर्नु पर्ने सांसद एवं नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवन राम श्रेष्ठले बताएका छन् । नेपाल खेलकुद महासंघले बुधबार आयोजना गरेको वर्तमान सन्दर्भमा खेलकुदको विकास र सम्भावना बारे छलफल तथा शुभकामना कार्यक्रममा श्रेष्ठले खेलकुदको विकास गर्न कुनै पनि बाधा अड्चन हटाई विश्वव्यापी […]
March 21, 2018
पोखरा (हाम्रो खेलकुद)– नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सरकारले खेलकुद विकासलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीले बुधबार आफ्नो स्वागतमा राखेको कार्यक्रममा विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला निर्माण गरिने दोहोराएका छन् । मन्त्री विश्वर्माले अर्को वर्ष आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद […]
March 21, 2018
पोखरा (हाम्रो खेलकुद)– सरकार परिवर्तनसँगै अन्तर्राष्ट्रिय रंगशाला निर्माणको चर्चा पनि चल्ने गरेको छ । त्यसैको निरन्तरताका रुपमा नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पनि पोखरामा अन्तराष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न रगंशाला निर्माण गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले पोखरामा आयोजना मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पोखराको पर्यटकीय सम्भावनालाई […]
March 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि नेपालले अर्को महिनाबाट विशेष तयारी सुरु गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले बैशाखबाट विशेष प्रशिक्षण सुरु हुने जानकारी दिए । राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको आयोजनामा आइतबार सातदोबाटोमा सुरु एनएससी हाइ लेभल स्पोट्र्स साइन्स एन्ड प्लानिङ सेमिनारको उद्घाटनका क्रममा […]
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले भारोत्तोलनका सर्वाधिक सफल ओलम्पियन खेलाडी स्वर्गीय सुनिललाल जोशीलाई मरणोपरान्त ‘गजराज स्मृति आदर्श खेलाडी’ बाट सम्मानित गरेको छ । एनएनआइपिएले सोमबार स्वर्गीय गजराज जोशीको जन्मस्थान टोखामा एक कार्यक्रमको आयोजना गर्दै नेपाली खेलकुदमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्न सफल भारोत्तोलनका पूर्व खेलाडी एवंम् मुख्य प्रशिक्षक […]
February 4, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा क्षेत्रमा जग्गा मिलेमा अर्को वर्षदेखि नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अग्रसरता लिने बताएको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टले न्युट्रल भेन्युका रुपमा नेपाल रहने र त्यसका लागि प्राकृतिक स्रोतसाधनले ध्यान खिच्न सक्ने पोखरा उत्तम स्थान भएको उल्लेख गरे । ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान […]