April 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दुई वर्षपछि जापानमा टोकियो ओलिम्पक हुदैछ । ओलम्पिक आउन २ वर्ष भन्दा बढी समय बाँकी रहँदा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी तथा ओलम्पियन जुडो खेलाडी फूपूल्हामू खत्रीले ओलम्पिक अघिसम्म जापान मै प्रशिक्षण मौका पाएकी छिन् । ओलम्पिक सोलिडारिटी कोर्ष अन्र्तगत फुपूले उक्त प्रशिक्षणको मौका पाएकी हुन् । नेपाल […]
April 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ध्रुबराज न्यौपानेको अध्यक्षतामा नेपाल कुराँश संघको १८ सदस्यीय केन्द्रिय समिति निर्वारोध चयन भएके छ । शनिबार भएको साधारण सभाले संघको वरिष्ठ उपाध्यक्षमा जीवन राई, उपाध्यक्षमा दीपकबहादुर सिंह, डिल्लीबहादुर डाँगी र प्रकाशचन्द्र भट्टराई, महासचिवमा प्रतीक्षा खरेल, सचिवमा हरिराम ढुंगाना र कोषाध्यक्षमा देवराज लामालाई चयन गर्यो । सदस्यमा सन्जिव गुरुङ, दिवस तिवारी, […]
April 28, 2018
पोखरा (हाम्रो खेलकुद) – भारतीय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौ दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । ट्रायथलन अन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साइक्लिङ १० कि.मि. र दौड ५ कि.मि.को दूरी मनिचन्द्रले ५८ मिनट २ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेका हुन् । भारतका विश्वरजित साइखाम ५९ मिनेट ५७ सेकेन्डका […]
April 27, 2018
पोखरा (हाम्रो खेलकुद)– पोखरामा १३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई मध्येनजर गर्दै ह्याण्डबल खेलको पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले ह्याण्डबलको पूर्वाधार निर्माण गर्न पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल र कर्मचारीलाई निर्देशन दिंदै यथासिघ्र टेण्डर आह्वान गर्न भनेका छन् । १३ औ […]
April 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जकार्तामा भदौमा हुने १८ औं एसियाली खेलकुदका लागि कराते खेलाडी छनोट गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार ५ सदस्यीय छनोट समिति गठन गरेको छ । राखेपकी सदस्य शान्ति सिंहको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, राष्ट्रिय टिम तयारीका […]
April 23, 2018
पोखरा (हाम्रो खेलकुद)– पोखरामा यहि साता ‘छैटौं दक्षिण एसियाली च्याम्पियनसिप’ तथा ‘आठौं राष्ट्रिय ट्रायथोलन’ प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल ट्रायथोलन संघको आयोजना र कास्की जिल्ला ट्रायथोलन संघको व्यवस्थापनमा शनिबार हुने प्रतियोगिताको सबै तयारी पुरा भएको बताइएको छ । कास्की जिल्ला ट्रायथोलन संघका अध्यक्ष सुमन देवकोटाले प्रतियोगितामा करिब १ सय खेलाडीको सहभागिता रहने पत्रकार […]
April 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– आफु मातहतमा रहेका खेलाडीले मात्र भदौंमा इन्डोनेसियाको जाकार्तामा आयोजना हुने एसियाली खेलकुद (एसियाड) मा भाग लिन पाउने नेपाल तेक्वान्दो संघले प्रष्ट पारेको छ । तेक्वान्दो संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रहेको अर्को संघ राष्ट्रिय तेक्वान्दो युनियनले पनि एसियाडका लागि खेलाडी छनोट गरेपछि तेक्वान्दोको सहभागितामा अन्यौलता सृजना भएको छ । […]
April 22, 2018
पोखरा (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले १८ औ एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा पदक जित्ने सम्भावना रहेको बताएका छन् । इण्डोनेशियाको जर्कातामा भदौ २ देखि १६ गते सम्म आयोजना हुने एसियाली खेलकुदका लागि छनोट भएका खेलाडीलाई शुमकामना दिने क्रममा मन्त्रीले विश्वास व्यक्त गरेका हुन् । एसियाली खेलकुदमा पहिलो पटक समावेश प्याराग्लाइडिङमा नेपालले […]
April 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा हुने एसियाली खेलकुदमा नेपालको सहभागी संख्याको अझै टुंगो लागि नसकेपनि एउटा चिनियाँ कम्पनीले नेपाली खेलाडी र अफिसियलका लागि खेल पोसाक प्रायोजन गरेको छ । इन्डोनेसियाको जाकार्तामा सेप्टेम्बरमा १८ औं एसियाली खेलकुद आयोजना हुँदैछ । स्पोर्टस वेयरको विक्रेता रहेको चिनियाँ कम्पनीले एजिलिटी र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको […]
April 12, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न तयारीमा रहेकी न्यु २४ टेलिभिजनकी कार्यरत नेपाल खेलकुद पत्रकार मञ्चकी सदस्य प्रियालक्ष्मी कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो झण्डा हस्तान्तरण गर्दै सफल आरोहणका शुभकामना दिएको छ । राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार आयोजना गरिएको नव वर्ष २०७५ सालको शुभकामना आदान प्रदान कार्यक्रममा प्रियालाई सफल […]