July 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– पटक पटकको प्रयासपछि पनि एसियाली खेलकुदको तयारी प्रशिक्षणमा सामेल नभएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते खेलाडी नवीन रसाइली टोलीबाट हटाएको छ । नवीनको ठाँउमा छनोटको फाइनलमा ६७ केजीको फाइनलमा उनैसँग पराजित भएका विजय लामालाई समावेश गरिएको छ । डन्डोनेसियामा भदौ २ देखि १७ गते सम्म १८ औं एसियाली खेलकुद आयोजना हुँदैछ । […]
June 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता एसियाडका लागि नेपाल राष्ट्रिय बक्सिङ टोली विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने भएका छ । नेपाली खेलाडीले दुई महिना सम्म थाइल्यान्डको बैंककमा विशेष प्रशिक्षण गर्ने बताइएको छ । टोली बुधबार थाइल्यान्ड प्रस्थान गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य […]
June 23, 2018
पोखरा (हाम्रो खेलकुद)– नेपालमा नै पहिलो पटक खेलाडीको स्वास्थ्य तथा दुर्घटना विमा सुरु भएको छ । लामो समय देखि खेलाडीको विमा बारे आबाज उठिरहे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले यसको सुरुवात गरेको हो । राष्ट्रिय खेलाडी भलिबलकी मञ्जु गुरुङ र क्रिकेटका करण केसीलाई एक कार्यक्रमकाबीच शनिबार पोलेसी हस्तान्तरण गर्दै पहिलो पटक खेलाडीको स्वास्थ्य र […]
June 22, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)– खेलकुदलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न सकेमात्र खेलकुद विकास अभियानले गति लिनेमा सरोकारवालाले जोड दिएका छन् ।ओलम्पिक डे मनाउने क्रममा शुक्रवार आयोजित ‘प्रदेश खेलकुदको सम्भावना र हाम्रो दायित्व’ बिषयक अन्तरक्रियामा प्रदेश सभा सदस्य मोहम्मद याकुब अन्सारीले खेलाडीलाई आत्मनिर्भर बनाउने सवालमा प्रदेश सभामा आवाज उठाउने प्रतिबद्धता जनाए । ‘भौतिक पुर्वाधारदेखि खेलाडीको सामाजिक सुरक्षाका सवालमा […]
June 15, 2018
काठमाडौं– नेशनल कलेज धुम्बराही काठमाडौंले आयोजना गरेको नेशनल युथ फेष्टको पहिलो दिन शुक्रबार नेपाली खेलकुद र खेलाडीका विषयमा चर्चा भएको छ । ओलम्पियन दीपक विष्ट र नेपाली राष्ट्रिय फुटबल टोलीका विक्रम लामाले आफ्नो खेलजीवन र नेपाली खेलकुदको अवस्थाका बारेमा नेशनल कलेजका विधार्थीका बीचमा राखेका थिए । नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले सहजिकरण गरेको […]
June 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कुराश संघको आयोजनामा कोचेज सर्टिफिकेसन कोर्स बिहिबार सुरु भएको छ । नयाँबजारस्थित बहुउद्देश्यि मार्सल आर्टस् केन्द्रमा विभिन्न जिल्लाका १२ प्रशिक्षकको सहभागितामा कोर्स ६ दिन सम्म चल्ने संघले जनाएको छ । दुई महिना भन्दा केहि समय पछि सुरु हुने १८ औं एसियाली खेलकुदमा समेत नेपालले भाग लिन लागेको कुराशको कोचेज कोर्स […]
May 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालय जगतबहादुर विश्वकर्माले भक्तपुर जिल्लाका दुई स्थानमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक जग्गा पहिचान भइसकेको र त्यसको प्राप्तीका लागि प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् । आफ्नो कार्यकालको सय दिन पुरा गरेपछि प्रगती विवरण पेश गर्ने वाचा अनुसार सिंहदबारस्थित मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् […]
May 29, 2018
‘खेलकुद बजेट उत्साहजनक’ -मन्त्री विश्वकर्मा काठमाडौं (हाम्रो खेलकुद)– सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई चालु आर्थिक बर्षको तुलानामा आगामी आर्थिक वर्षका लागि झन्डै दोब्बर बढी रकम विनियोजना गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आर्थिक वर्ष २०७५ ७६ का लागि बजेट प्रस्तुत गर्दा युवा तथा खेलकुद मन्त्रालयका लागि ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ विनियोजन […]
May 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समर्थन गर्दै खेलकुदको पूर्वाधार निर्माणमा फड्को मार्ने विश्वास लिन सकिने बताएका छन् । नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै बिहीबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले राष्ट्रको एकताको आधार खेलकुदको दक्षिण एसियाली खेलकुद (साग) आयोजना लाई स्पष्ट रुपमा थप्न सके राम्रो […]
May 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल वादोरियो कराते डो संघले विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ । जापानमा भएको १२ औं सिजी निसिमुरा अन्तर्राष्ट्रिय करातेका स्वर्ण विजेता विकबहादुर थामी, रजत विजेता रिमला राई र कांस्य विजेता पुरुषोत्तम पोखरेल सम्मानित भए । त्यस्तै भारतको राजस्थानमा भएको इमास एसियाली खुला कुमुते प्रतियोगिताका […]