default_image

National Sports Council

November 18, 2018

क्यानडामा पर्शुरामलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी पर्शुराम बाँस्तोलाले १९औं सातो कप आमन्त्रण कराते च्याम्पियनसिपमा स्वर्णपदक जित्न सफल भएका छन् । क्यानाडाको भेन्कुभर भएको च्याम्पियनसिपमा पर्शुरामले इन्डिभिजुअल सिनियर कातातर्फ क्यानडाका खेलाडीलाई ३–२ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् । उनले यसअघि पहिलो चरणमा भारतीय खेलाडीमाथि ५–० र अमेरिकी खेलाडीमाथि ४–१ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो […]

November 17, 2018

‘तेक्वान्दो संघ विवादमा पर्नु दुर्भाग्य’- राखेप उपाध्यक्ष तिम्सिना

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिनाले देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा उचो बनाउन सफल तेक्वान्दो संघ विवादमा पर्नु दुर्भाग्य भएको बताएका छन् । नेपाल तेक्वान्दो संघले आफु र राखेप सदस्य इन्दिरा निरौलाको स्वागत र शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा तिम्सिनाले भने, खेल र खेलाडीको अहित हुने कुनै पनि काम गर्ने […]

November 16, 2018

सनी लगातार तेस्रोपटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका सनी सुनार वज्र फाइटको पुरुष ७६ केजीमुनि शुक्रबार पहिलो भएका छन् । नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनीले थाइ बक्सिङका अनिल तामाङलाई पराजित गर्दै लगातार तेश्रो पटक च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि एपीएफका अजित महर्जन […]

November 14, 2018

तिम्सिना पुनः राखेप उपाध्यक्ष, गुरुङ र निरौला सदस्य मनोनित

काठमाडौं (हाम्रो खेलकुद) – पिताम्बर तिम्सिना राष्ट्रिय खेलकुद परिषद (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् । राखेप अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर बि.क. (सुनार) ले तिम्सिनालाई युवा तथा खेलकुद मन्त्रालयमा बुधबार उपाध्यक्ष पद तथा गोपनियताको सपथ गराए । लामा टेन्डी शेर्पाको उपाध्यक्षको पदावधि समाप्त भएपछि तिम्सिनालाई नियुक्त गरिएको हो । मन्त्रीले तिम्सिनालाई खेलकुद विकास […]

November 13, 2018

खनाललाई साग सचिवालय प्रमुखको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका वरिष्ठ अधिकृत कमल खनाललाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिको सचिवालय प्रमुखको जिम्मेवारी दिएको छ । कुशल प्रशासकका रुपमा चिनिएका खनालसँग राखेपका महत्वपूर्ण विभाग प्रशासन विभाग तथा खेलकुद विकास विभागको प्रमुख भइ काम गरेको अनुभव छ । साथै खनालले सुदूरपश्चिमाञ्चलमा भएको […]

November 4, 2018

सनिल र सुमनको जोडी च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद) – नागबहालका सनिल शाक्य र सुमन शाक्यको जोडी १०औं यल कप रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन बनेको छ । सनिल र सुमनको जोडीले आफ्नै क्लबका साविकको विजेता ससिन डंगोल र सुमित शाक्यको जोडीलाई २१–१७, २०–२२ र २१–१५ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएका हुन् । दथुलंका राजु बज्राचार्य र […]

November 2, 2018

सुमितको जोडी अन्तिम चारमा

ललितपुर (हाम्रो खेलकुद) – गत संस्करणका विजेता नागबहालका सुमित शाक्य र ससिन डंगोलको जोडी १०औं यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिताको पुरुष युगलतर्फ अन्तम चारमा प्रवेश गर्न सफल भएका छन् । शाक्य र डंगोलको जोडीले चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडीलाई २१–१७, २१–१४ ले पन्छाउंदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । यस्तै नागबहालकै […]

November 1, 2018

मार्सल आर्ट्स टोली इन्डोनेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको बाली प्रस्थान गरेको छ । नोभेम्बर २ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमुनि पुकार हुमागाईं तथा ६५ केजीमुनि अजय बुढाथोकीले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा सीताराम हुमागाईं तथा व्यवस्थापकमा राजेश तामाङ रहेका छन् । टोलीलाई […]

October 30, 2018

आठौं पुष्पलाल स्मृति ब्याडमिन्टन कार्तिक अन्तिम साता

काठमाडौं (हाम्रा खेलकुद) – नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा नेपाल खेलकुद महासंघल हरेक वर्ष आयोना गर्ने पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आठौं संस्करण कार्तिक अन्तिा सातादेखि हुने भएको छ । प्रतियोगिता कार्तिक २७ गतेबाट त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ । प्रतियोगिता २०६८ बाट शुरु भएको थियो । प्रतियोगिताामा पुरुष तथा […]

October 29, 2018

कीर्तिमानी धावक बैकुन्ठ मानन्धर ‘करियर खेलाडी’ बाट सम्मानित हुने

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी धावक बैकुन्ठ मानन्धरलाई पेप्सीकोला टाउनप्लानिङस्थित करियर विल्डिङ इन्टरनेशनल एकेडेमीले ‘करियर खेलाडी सम्मान २०७५’ बाट सम्मानित गर्ने घोषणा गरेको छ । विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका धावक मानन्धरलाई ११ हजार १ सय ११ रुपैयाँ राशी र ताम्रपत्र सहितको ‘करियर खेलाडी सम्मान २ ०७५ ’ प्रदान गर्ने निर्णय गरिएको बताए । विगत […]

Success

Thank you for your time.