default_image

National Sports Council

February 13, 2019

आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिता निश्चित

काठमाडौं (हाम्रो खेलकुद)– आठौं राष्ट्रिय खेलकुद खेलकुदको मिति अझै तय हुन नसकेपछि सहभागी टोलीको संख्इा ११ वटा हुने भन्ने निश्चित भइसकेको छ । आन्तरिक प्रतिस्पर्धा गराउने उद्देश्यका साथ २०३८ सालमा पहिलो पटक राष्ट्रिय खेलकुद आयोजना भएको थियो । यसपटक ७ प्रदेश, ३ विभागिय टोली र एक एनआरएन खेलाडी सहभागी हुनेछन् । प्रदेश ५ मा आयोजना […]

February 1, 2019

पारा तेक्वान्दो टोली शनिबार टर्की जाने

काठमाडौं (हाम्रो खेलकुद) – आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दैछ । पुरुषको पी–३० क्याटगोरीतर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला के–४४ क्याटगोरीतर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी कांस्य विजेता हुन् । टिम […]

January 29, 2019

नविता र स्यान्टुृ स्ट्यागको ब्रान्ड एम्वासडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर वान नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठ टेवल टेनिस खेलको सामग्री उत्पादन गर्ने भारतको चर्चित कम्पनी स्ट्याग इन्टरनेसनलको ब्रान्ड एम्वासडर बनेको छ । स्ट्यागले नेपालमा पहिलोपटक दुई खेलाडीलाई २ वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो । दुई वर्षे सम्झौतापत्रमा दुवै खेलाडीले हस्ताक्षर गरिसकेको नेपाल टेबल टेनिस संघले मंगलबार पत्रककार […]

January 19, 2019

जुडोकी फुपु विना जानकारी जापानबाट फर्केको एनओसीको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छात्रबृतिमा जापानमा रहेकी नेपाली जुडो खेलाडी फुपुल्हामु खत्री विना जानकारी स्वदेश फर्केको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आरोप लगाएका छन् । एनओसीको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइसोसी) र जापान ओलम्पिक कमिटीको छात्रवृत्तिमा अर्को वर्ष आयोजना हुने ओलम्पिकका लागि प्रशिक्षण अवसर पाएकी फुपु दुई साता अघि स्वदेश फर्केको […]

January 19, 2019

१३ औं साग पूर्व निर्धारित मितिमा नहुने पक्का !

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पूर्व निर्धारित तिथिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा हुने भनिएको साग तयारी पुरा नभएको भन्दै १३ औं सागको सचिवालयबाट पत्र प्राप्त भएको नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार हाम्रो खेलकुदलाई बताएका छन् । साग आयोजनको मुख्य […]

December 31, 2018

एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता बुधबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट वल्ड क्लास तेक्वान्दो संघ अन्तरगत नेपाल शाखाको आयोजनामा प्रथम एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता यसैसाता आयोजना हुने भएको छ । आयोजक – एभरेस्ट वल्ड क्लास तेक्वान्दो संघ अन्तरगत नेपाल शाखाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस १८ गतेबाट २० गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा काठमाडौं उपत्यका […]

December 28, 2018

करातेकी अनु र भारोत्तोलनका कमल सर्वोत्कृष्ट खेलाडी , गुप्ता गजराज आदर्श खेल व्यक्तित्व

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदका पदक विजेता करातेकी अनु अधिकारी र भारोत्तोलनका कमल अधिकारी एनएनआइपिए वर्षका सर्वोत्कृष्ट खेलाडी २०७४ घोषित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष प्रदान गर्दै आएको वर्षका उत्कृष्ट खेलाडीमध्येबाट अनु र कमल सर्वोत्कृष्ट छनोट भएका हुन् । सर्वोत्कृष्ट दुवैले जनता बैंकले प्रायोजन गरेको समान […]

December 21, 2018

कराते टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – भारतको मुम्बईमा आयोजना हुने एशिया कप चौंथो अन्तरास्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दाबा गुरुङले खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै शुक्रबार बिदाई गरे । प्रतियोगिता डिसेम्बर २३ र २४ […]

December 18, 2018

एसियाली तेक्वान्दोको स्थायीय कमिटिमा २२ नेपाली मनोनित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कमजोरीका कारण नेपाल तेक्वान्दो संघ अस्थिरताको शिकार भइरहेको छ । सफल इतिहास बोकेको संघलाई कमजोर बनाउन आफ्नै ऐन विपरित राखेपले केहि वर्षअघि राष्ट्रिय तेक्वान्दो युनियनलाई संघको मान्यता दिएको थियो । एउटा खेलको एकमात्र संघ राखेपमा दर्ता गर्न सकिने ऐनमा उल्लेख छ । पछिल्लो समय राखेपले दुई […]

December 15, 2018

सागका लागि १३ खेलका ४३ खेलाडी विशेष प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न १३ खेलको विशेष प्रशिक्षण सुरु गरेको छ । भदौमा इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने खेल प्याराग्लाइडिङका खेलाडीसहित अन्य खेलाडीलाई विशेष प्रशिक्षणमा सामेल गराएको बताएको छ । एसियाडमा नेपालले […]

Success

Thank you for your time.