April 7, 2019
पोखरा (हाम्रो खेलकुद) – प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ कुल ५५ जना खेलाडीको सहभागिता रहने भएको छ । आठौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेल गण्डकी प्रदेशको राजधानी पोखरामा बैशाख ६ गतेबाट शुरु हुनेछ । नेपालको राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक प्याराग्लाइडिङ खेल हुने भएको हो । कुल ६ वटा स्वर्ण […]
April 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार स्वागत तथा बधाइ ज्ञापन गरेको छ । त्रिपुरेश्वरस्थित राखेपमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव केशवकुमार विष्टले कार्यसमितिका पदाधिकारीहरुलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरी बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । कार्यक्रमलाई सम्बोधन […]
April 1, 2019
सुबास हुमागाईं, काठमाडौं अनेक आरोह अवरोहलाई पार गर्दै अन्तत: वैशाख ५ गतेदेखि आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ मा सुरु हुने पक्का भएको छ । आयोजना गर्ने जिम्मेवारीलाई ‘मिसन आठौं’ को नारासहित सातौं राष्ट्रिय खेलकुद सकिएको भोलिपल्ट देखि नै निर्धारित मितिमा गर्न आयोजक समिति लागिपर्यो । अनेक बाधा अड्चन पार गर्दै चैत २७ देखि खेल सुरु […]
March 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना प्रदेश ५ मा हुने भनिएको आठौं राष्ट्रिय खेलकुदका अधिकांश खेल बिहान वा साझ हुने भएका छन् । आठौं राष्ट्रिय खेलकुद वैशाख ५ देखि ११ गते सम्म आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले शुक्रबार निर्णय गरेको थियो । भौतिक पूर्वाधार समयमा सम्पन्न हुन नसक्नु र अब विस्तारै त्यस […]
March 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको मिति अन्तत: टुंगो लागेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टका अनुसार प्रदेश ५ को नेपालगन्जमा वैशाख ५ देखि ११ सम्म आठौं हुनेछ । यसअघि चैत अन्तिम सातामा आठौं राष्ट्रिय खेलकुद गर्ने भनिएपनि आवश्यक भौतिक पूर्वाधारको निर्माण नसकिएकाले मिति सार्नु परेको विष्टले जानकारी दिए ।
March 26, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – प्रदेश ५ मा यसैवर्ष आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बहुप्रतिक्षित भिआईपी प्याराफिट सोमबार राति नेपालगन्जमा आइपुगेको छ । चीनमा निर्माण गरिएको भिआईपी प्याराफिट सिंगापुर, मलेसिया र भारत हुँदै सोमबार साँझमात्रै नेपालगञ्ज रंगशालामा ल्याइएसँगै जडान कार्यलाई तीब्रता दिइएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जानकारी गराएको छ । भिआइपी प्याराफिट […]
March 23, 2019
काठमाडौं (हाम्रो खेदकुद) – युएइमा भएको स्पेसल ओलम्पिक समर वल्र्ड गेम्सका पदक विजेतासहितको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । मार्च १४ देखि २१ तारिखसम्म भएको फरक क्षमता भएका व्यक्तिको गेम्समा नेपालले एथलेटिक्स, बोसी र फुटसलमा सहभागिता जनाएको थियो । नेपालले एथलेटिक्समा १ स्वर्ण र २ कांस्य तथा बोसीमा १ रजत हात पा¥यो । ३ […]
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप व्हीलचेयर क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ ।आयोजक व्हीलचेयर क्रिकेट संघ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी गरायो । ४ दिन लाग्ने प्रतियोगिता कीर्तिपुर टीयू क्रिकेट मैदानमा हुनेछ । ‘ग्राउन्डको समस्याले गर्दा मिति यकिन गर्न नसकिएको हो । हामीले गर्ने समयमा ग्राउन्ड बुक […]
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलाडी तथा प्रशिक्षक संघको आयोजनामा दोश्रो सुनीललाल जोशी स्मृति अन्तर संघ फुटसल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा २१ टिमको सहभागिता निश्चित भएको खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । नकआउट पद्धतिमा हुने प्रतियोगिताको खेल २० मिनेटको हुनेछ । फाइभ ए साइड […]
March 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन् । आइतबार काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५–० ले पराजित हुँदा पन्त स्वर्णबाट बन्चित भए । यद्यपी नेपालले सितोरियाको विश्व च्याम्पियनसिपमा जितेको यो नै ठूलो पदक हो ।यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८–० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा […]