default_image

National Sports Council

November 20, 2019

साग भलिबल – भारत र नेपाल दुवैतर्फ एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको भलिबलमा नेपाली भलिबल टोली भारत रहेको समूहमा परेको छ । समूह विभाजन अनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा भारत र बंगलादेश रहेको एकै समूहमा परेको हो । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । यस्तै महिलातर्फ पनि […]

November 19, 2019

सागको लागि राष्ट्रिय टिम तयारीमा ४५ करोड खर्च

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने खेलाडीको तयारीका लागि ४५ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ । मंसिर १५ देखि २४ गते सम्म हुने १३ औं सागमा नेपालले २६ नै खेलमा भाग लिने र त्यसमा ५ सय ९३ खेलाडीले प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित […]

November 17, 2019

सागमा नेपालका संचार माध्यममाथि ‘अंकुश’

काठमाडौं (हाम्रो खेलकुद)– दुई पटक आयोजना मिति स्थगन र पूर्वाधार निर्माणको अन्योलका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको संघारमा आइपुगेको छ । यसैमा सम्बन्धित रहेर आयोजकले लगातार कार्यक्रम गरेर साग हुने छनक देखाइसकेको छ । लामो संघर्षपछि तय भएको सागको आइतबार भएको कार्यक्रमले भने अर्को विवाद सिर्जना गरेको छ । ७ राष्ट्रको सहभागितामा साग […]

November 17, 2019

उषा र हिरालाई समेट्दै साग महिला भलिबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- उषा भन्डारी र हिरा केसीलाई समेट्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि महिला राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले आइतबार बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन खेलेका १२ खेलाडीलाई यथावत र दुई खेलाडी थप्दै १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । संघले वल्ड भलिबलमा १४ जनाको […]

November 17, 2019

सागको प्रसारण अधिकार भारतीय कम्पनीलाई

काठमाडौं (हाम्रो खेलकुद)– दुई साता पछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनी नक्षत्र न्यूज (एनके) मिडियाले खरिद गरेको छ । सागका सबै खेलको प्रत्यक्ष प्रसारण गर्ने सम्झौताबीच राष्ट्रिय खेलकुद खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी) र एनके मिडियाबीच आइतबार आयोजित कार्यक्रममा सम्झौता भएको छ । सम्झौता वापत […]

November 16, 2019

१३ औं साग – खर्च ५ अर्ब बढी, ११ सय बढी पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि ५ अर्ब भन्दा बढी खर्च हुने भएको छ । साग सुरु हुन १५ दिन बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । सागका लागि १ अर्ब […]

November 12, 2019

सागमा ५० स्वर्ण जित्ने सदस्य सचिव सिलवालको दाबी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले अर्को महिना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कम्तीमा ५० स्वर्ण पदक जिते र पदक तालिकामा दोस्रो स्थान ल्याउने दाबी गरेका छन् । एपी वान टेलिभिजनको एक कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले ५० वा त्यो भन्दा बढी स्वर्ण पदक जित्ने […]

November 10, 2019

खेलकुद मन्त्री विश्वकर्माकै सामू रातभर काम गरेका श्रेष्ठ रहेनन्

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै समयमा गर्ने प्रतिबद्धता शनिबार सहभागी राष्ट्रका प्रतिनिधिसँग गरेको थियो । सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एनएओसी) को बैठक उद्घाटनमा भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको र समयमा १३ औं साग हुने बताएका थिए । शुक्रबार रातभर दशरथ […]

November 9, 2019

एसएओसी र सेभ द मिसन टोली पोखरामा

पोखरा (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजनास्थलको भौतिक पूर्वाधार निरिक्षणका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) र सागका सहभागी राष्ट्रका सभे द मिसन टोली शनिबार दिउँसो पोखरा पुगेको छ । १३ औं साग काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गते सम्म आयोजना हुँदैछ । […]

November 9, 2019

साग अघि तेक्वान्दो टोलीको ठूलो सफलता, ज्ञानेन्द्रलाई रजत

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा आयोजना हुने १३ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा चीनमा रहेको नेपाली तेक्वान्दो टोलीले द बेल्ट एन्ड रोड चाइना ओपन इन्टरनेसनल च्याम्पियनसिपको दोस्रो जित एक रजतसहित तीन पदक जितेको छ । नेपाली टोलीले १ रजत र ५ कास्यसहित ६ पदक जितेको छ । पहिलो दिन नेपाली टोलीका ३ खेलाडीले […]

Success

Thank you for your time.