default_image

National Sports Council

August 17, 2020

राखेपका ६ सदस्यले सपथ लिए

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) गत महिना नियुक्त ६ जना सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री तथा राखेप अध्यक्ष जगतबहादुर सुनार (विश्वकर्मा) ले ६ सदस्यलाई सपथ गराएका थिए । त्रिपरेश्वस्थित राखेपमा आयोजित सथप कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका […]

August 11, 2020

नाम दर्ताका लागि ओलम्पियनलाई एनओसीको आव्हान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफु मातहतको नेपाल ओलम्पियन संघलाई क्रियासिल बनाउन पहल सुरु गरेको छ । संघ कार्यसमिति अस्तित्वमा रहेपनि एनओसी आफैले निर्वाचनको प्रयोजनको लागि नाम दर्ता गर्न ओलम्पियनहरुका नाममा बिहीबार सूचना जारी गरेको छ । तत्कालिन उपाध्यक्ष प्रविण तुलाधर कार्यवहाक अध्यक्ष रहेको समितिमा संगिना वैद्य उपाध्यक्ष, पुष्पराज ओझा महासचिव, मुकुन्द […]

August 9, 2020

राखेप पदाधिकारीलाई बक्सिङ संघको स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई आइतबार स्वागत तथा बधाइ ज्ञापन गरेको छ ।  उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मायाको चिनो प्रदान गरी कार्यकाल पूर्ण सफलताका लागि शुभाकामना दिएका थिए । उपाध्यक्ष […]

August 3, 2020

राखेप बोर्ड सदस्य श्रेष्ठलाई ब्याडमिन्टनको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सुवास श्रेष्ठलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका छन् । श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष हुन् । संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा, ब्याडमिन्टन अम्पायर उदय अर्याललगायतले उनलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए […]

July 27, 2020

सिलवाल पुनः राखेप सदस्य सचिव नियुक्त, उपाध्यक्षमा कोइराला

प्रकाश तिमल्सिना, काठमाडौं रमेशकुमार सिलवाल पदमुक्त भएको झन्डै तीन सातापछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पुन: नियुक्त भएका छन् । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई  राखेप सदस्य सचिवमा नियुक्त गरको हो । फाइल तस्बिर १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा प्रचार प्रसार विभागको संयोजकका रुपमा भूमिका निर्वाह गरेका शिव कोइराला राखेप उपाध्यक्षमा नियुक्त […]

July 27, 2020

नयाँ सदस्य सचिवको भलिबल सम्बन्ध

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज नयाँ सदस्य सचिव नियुक्त हुने सम्भवना छ । मन्त्री परिषद्को आज (सोमबार) साँझ ५ः०० बजेलाई बोलाइएको बैठकमा सदस्य सचिव नियुक्त हुने सम्भावना रहेको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिएका छन् । युवा तथा खेलकुद मन्त्रालयले निर्वतमान सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय महिला भलिबल टोलीकी […]

July 22, 2020

सदस्य सचिवका लागि सिलवालसहित ३ जना सिफारिस

काठमाडौं (हाम्रो खेलकुद) — निर्वतमान सदस्य सचिव रमेशकुमार सिलवालसहित ३ जनाको नाम राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवका लागि सिफारिस भएका छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामकुमार थपलियाको संयोजकत्वमा रहेको समितिले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई एक महिलासहित ३ जनाको नाम सिफारिस गरेको छ । सिलवालसहित सिफारिस हुनेमा नेपाल भलिब संघका […]

July 11, 2020

सिलवालले राखेप सदस्यका लागि आवेदन देलान् ?

प्रकाश तिमल्सिना,काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवमा नियुक्त हुने सबै भन्दा बलियो सम्भावना रहेका रमेशकुमार सिलवालले सो पदका निवेदन दिने विषयमा निर्णय लिई नसकेको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले राखेप नयाँ सदस्य सचिवका लागि शुक्रबार दरखास्त आव्हान गरेको थियो । खेलकुद विकास ऐन २०७७ को प्रावधान अनुसार मन्त्रालयले सार्वजनिक सुचना […]

July 10, 2020

१३औं सागको प्रतिवेदन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टिम तयारी समितिका संयोजक तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली टोलीका सहायक सेभ द मिसनसमेत रहेका रिम बहादुर रानाभाटले १३औं सागको समग्र प्रतिवेदन प्रस्तुत गरेका छन् ।   युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा तयार भएको २२ पेज लामो प्रतिवेदन सहायक सेभ दि मिसन रानाभाटले शुक्रबार नेपाल ओलम्पिक कमिटि […]

July 8, 2020

नयाँ सदस्य सचिव नियुक्ति केहि दिनमा, फेरि सिलवालकै चर्चा !

प्रकाश तिमल्सिना, काठमाडौं खेलकुदमा पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिव नियुक्तिको विषय चर्चामा छ । निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवालको बिहीबार बस्ने मन्त्रीपरिषद बैठकबाटै पुनः नियुक्ती हुने भन्ने चर्चा पनि छ । तर, राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार सदस्य […]

Success

Thank you for your time.