February 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठक माग गर्न निवेदन बुझाउन खोज्दा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बुझ्न अस्वीकार गरेको राखेप बोर्ड सदस्यहरुले आरोप लगाएका छन् । बोर्ड बैठक बोलाउने राखेपका १३ सदस्यले संयुक्त रुपमा तयार पारेको निवेदन बुझाउन बिहीबार मन्त्रालय पुग्दा मन्त्री गहतराजले अस्वीकार गरेको उनीहरुको भनाई छ । त्यसपछि सदस्यहरुले […]
February 2, 2022
काठमाडौ (हाम्रा खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा देखिएको शून्यता छिटो हटाउन माग गर्दै बिहीबार शान्तिपुर्ण आन्दोलन गर्ने निर्णय गरेका छन् । एनएनआइपिए, ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले बुधबार […]
December 15, 2021
प्रकाश तिमल्सिना,काठमाडौं मन्त्री परिषद्ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका बारेमा गरेको पछिल्लो निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिनुको अर्थ तत्कालिन सदस्य सचिवलाई काममा फर्कन दिनु भन्ने अर्थ लगाउन नमिल्ने बताएको छ । ‘राखेप सदस्य सचिवका विषयमा मन्त्रीपरिषद्ले गरेको पछिल्लो नियुक्ति कार्यान्वय नगर्नु भन्ने अल्पकालिन अन्तरिम आदेश भएको छ ,’ […]
December 15, 2021
प्रकाश तिमल्सिना, काठमाडौं सर्वोच्च अदालतले गत महिना मन्त्री परिषद्बाट बर्खास्त गरिएका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई पूर्नवहाली गर्न अन्तरिम आदेश दिएको छ । मन्त्रीपरिषद्ले कात्तिक १ गते सिलवाललाई स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको थियो । त्यसका विरुद्धमा सिलवाल सर्वोच्च गएका थिए । न्यायाधिश हरि फुयालको एकल इजलासले बुधबार सिलवाललाई […]
December 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद वहालीकै दिन खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रकृया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्द रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने पहल लिएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आभार व्यक्त गरको छ । मन्त्रीपरिषद्बाट गतसाता सोमबार राखेप सदस्य सचिव नियुक्त भएका घिसिङले त्यसको […]
December 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई सोमबार स्वागत गरेको छ । सातदोबाटो स्थित एनओसी भवनमा संघिय सांसद समेत रहेका एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सदस्य सचिवको कार्यकालको सफलताको कामना गर्दै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय एनओसी र राखेपबीच सहकार्य गर्नुपर्नेमा जोड दिए । […]
December 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नव नियुक्त सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् । ‘नेपाली खेलकुदलाई अझ माथि […]
December 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरुसंग बुधबार बैठक बसी छलफल गरेका छन् । सदस्य–सचिवको कार्यभार सम्हालेको दोश्रो दिन विभागका समस्या, कार्य प्रगति विवरणलगायतका बारे जानकारी लिन बैठकमा छलफल गरिएको हो । बैठकमा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक […]
November 30, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार पदवहालीकै दिन खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रकृया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्द रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने सम्बन्धी टिप्पणी सदर गरेका थिए । त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदवहाली गर्ने क्रममा सदस्य–सचिव घिसिङले दुई टिप्पणी सदर गरेका हुन् […]
November 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले आज (मंगलबार) पद तथा गोपनियताको सपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई सपथ गराएका थिए । घिसिङले आजै राखेपमा पुगेर पदभार ग्रहण गर्ने राखेपले जनाएको छ । मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त […]