August 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी हिमालराज दाहालले पाएका छन् । यसअघिका निर्देशक अर्जुनबहादुर विकले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो । दाहाललाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सोमबार पत्र हस्तान्तरण गरे । सोही अवसरमा विकलाई पनि मायाको चिनो प्रदान गरी बिदाइ गरिएको […]
August 27, 2022
कोहलपुर (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरिएको बताएका छन् । राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखी बाँकेको कोहलपुरमा संचालन गरेको दुई दिने प्रशिक्षक अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले पुरस्कार कार्यविधिमार्फत सरकारले खेलाडीहरुको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताएका हुन् । युवा तथा खेलकुद […]
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशको पोखरामा आयोजना हुने बृहत् नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र हालसम्म सम्पन्न भएको कार्यहरुको विवरण सार्वजनिक गरेको छ । नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक समितिले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अब ५० दिन बाँकी रहेको प्रतियोगिताको तयारी र हालसम्मको कार्यविवरण पेश गरेको हो […]
August 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा पोखरामा छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सुरक्षा समिति पदाधिकरीहरु संग जानकारी लिएका छन् । सुरक्षा उपसमिति संयोजक रामदत्त जोशीले प्रतियोगितामा सुरक्षा प्रवन्ध बारे जानकारी गराए । गण्डकी प्रदेशका बिभिन्न जिल्लामा हुने राष्ट्रिय खेलकुदको सुरक्षा व्यवस्थाका लागि गण्डकी प्रदेश प्रहरी प्रमुख […]
August 19, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुदलका लागि पहिलो चरणको खेलाडी प्रशिक्षण र छनोट सुरु गरेको छ । गण्डकी प्रदेशमै असोज २८ देखि कात्तिक ३ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा पुरुषतर्फ १४ र महिलातर्फका ५ खेलका लागि कास्की सहित नवलपुर, स्याङ्जा, गोरखा र बाग्लुङमा प्रशिक्षण सुरु गरिएको […]
August 9, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदमा समावेश प्याराग्लाईडिङ खेल पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा संचालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् । पोखरा रंगशालामा मंगलबार आयोजित छलफल कार्यक्रममा प्याराग्लाईडिङका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले सुरक्षा सहित अन्य कारणले गर्दा पोखरा भन्दा अनेत्र प्रतियोगिता संचालन गरे बहिष्कार गर्ने सम्मको चेतावनी दिएका छन् । पोखरामा साहासिक खेल […]
August 8, 2022
विजय नेपाली, पोखरा आगामी मंसिर ४ गते संघ र प्रदेशको हुदैँछ । देश निर्वाचनको संघारमा हुदाँ यता नेपाली खेलकुद कै कुम्भ मेला राष्ट्रिय खेलकुदको नवौं संस्करण आयोजना हुँदै छ । सरकारले असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो । गत साता निर्वाचन मिति घोषणा भएसँगै राष्ट्रिय खेलकुद […]
August 5, 2022
काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुदले आफ्नो सातौं वार्षिकोत्सवमा अवसरमा विहीबार नेपाली खेलकुद इतिहासका सात कालखण्डका शीर्ष खेलाडीलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गर्यो । पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा स्वर्ण पदक विजेता फुटबलका राजुकाजी शाक्य, छनोट चरण पार गर्ने […]
August 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दान बहादुर तामाङलाई बिहीबार बधाईं तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका छन् । राखेपले खेल क्षेत्रसँग सम्बन्धित दुवैलाई महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएकोमा कार्यक्रम आयोजना गरी बधाईं तथा शुभकामना कार्यक्रमको आयोजना […]
August 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको सात खेलाडीलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गरेको छ । पाटनको अशोक पार्टी प्यालेसमा आयोजित कार्यक्रमा देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा […]