September 14, 2022
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशको पोखरामा ३० दिनपछि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आधिकारिक प्रोमो सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पोखरामा नवौंको ३० दिने काउण्टडाउन कार्यक्रम दौरान राखेपको युट्युब च्यानल र राखेपको वेबसाइटबाट आधिकारिक प्रोमो सार्वजनिक गरेको हो । प्रोमो जिंगल गायक तथा संगितकार […]
September 14, 2022
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा एक महिनापछि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका र खेलस्थल तय गरेको छ । आयोजक राखेपले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुदको लागि पाँच जिल्लामा मात्रै खेल आयोजना गर्ने गरी खेल तालिका […]
September 13, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी टुर कार्यदल गठन गरेको छ । राखेपले दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी पदक विजेता ओलम्पियन दीपक विष्टको संयोजकत्वमा ४ अलग खेलका सफल खेलाडी रहेको कार्यदल गठन गरेको हो । राखेपले ट्रफी सातै प्रदेश र तीन […]
September 4, 2022
हिमाल खरेल, बिर्तामोड नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय छनोटका आठवटा खेल झापामा हुने भएका छन् । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तका अनुसार १ नम्बर प्रदेशमा हुने ३३ वटा खेलमध्ये आठवटा झापामा हुने भएका हुन् । झापाको भद्रपुर, बिर्तामोड, दमक र काँकरभिट्टामा छनोट खेल हुने भण्डारीले बताए । यही भदौ २९ गतेबाट […]
September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– समकालिनमा सफल प्रशिक्षक बालगोपाल महर्जनले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको पुरुष टोली सम्हाल्ने भएका छन् । बागमती प्रदेश खेलकुद विकास परिषद्ले उनलाई प्रशिक्षकको जिम्मेवारी दिने तयारी गरको छ । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गते सम्म हुँदैछ । प्रदेश खेलकुदका सदस्य सचिवले प्रस्ताव गर्नुभयो । म प्रशिक्षण […]
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ५९ औं वार्षिकोत्सवका अवसरमा शनिबार ४ खेलाडीसहित १६ जनालाई सम्मान गरेको छ । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा सम्मानित हुने खेलाडीमा सिनियरतर्फ महिलामा पारा तेक्वान्दोकी ओलम्पियन किरण पलेशा गोबद्र्धन र पुरुषमा फुटबलका किरण चेम्जोङ तथा जुनियरको महिलामा टेबल टेनिसकी इभाना थापा र पुरुषमा एथलेटिक्सका […]
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल सामाग्री तथा पोशाक उत्पादक केल्मीको नेपालमा आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रा लि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट सम्मानित भएको छ । राखेपले आफ्नो ५९ औं स्थापना दिवसको उपलक्ष्यमा शनिबार आयोजित कार्यक्रममा उत्कृष्ट खेल सामाग्री उत्पादकका रुपमा कामारुलाई सम्मान गरेको हो । प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले सम्मान ग्रहण गरेका थिए । […]
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख महेश आचार्य र राष्ट्रिय समाचार समितिकी मुना कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारबाट सम्मानित गरेको छ । राखेपको ५९ औं वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार आयोजित कार्यक्रममा आचार्य र कार्की सम्मानित भएका हुन् । राखेप उपाध्यक्ष शिव कोइरालाले उनीहरुलाई ट्रफी र नगद हस्तान्तरण गरे […]
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन र राष्ट्रिय फुटबल टोलीका कप्तान गोलकिपर किरण चेम्जोङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडी सिनियरतर्फ सम्मानित भएका छन् । टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारुले जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडी सम्मान प्राप्त गरेका छन् । गत वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनल सम्मको यात्रा […]
August 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९ औं वार्षिकोत्सवका अवसरमा सोमबार दीपावली गरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको केन्द्रीय कार्यालयका साथै सातै प्रदेश र ७७ जिल्लामा वार्षिकोत्सवका अवसरमा दीपावली गरिएको थियो । केन्द्रीय कार्यालयमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बेलुन उडाएर वार्षिकोत्सवको शुभारम्भ गरे । वार्षिकोत्सवका अवसरमा आइतबार राखेप कर्मचारीबीच डबल्स ब्याडमिन्टन प्रतियोगिता सञ्चालन […]