September 11, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ अर्को महिना चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) का लागि नेपाली टोलीको सेफ दि मिसन चयन भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को सोमबार बसेको १६ औं कार्यकारी बैठकले घिसिङलाई सफ दि मिसन मनोनित गरेको एनओसीले जनाएको छ । एनओसीका […]
September 7, 2023
हेटौडा (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास समितिहरुले प्रत्येक बर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्ने भएका छन् । हेटौंडामा बसेको प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरुको बैठकले प्रदेश खेलकुद गर्ने निर्णय गरेको हो । प्रदेश खेलकुदहरुले आलोपालो रुपमा प्रतियोगिता आयोजना गर्ने भएका छन् । बागमती प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको […]
August 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली शारीरिक सुगठन तथा फिजिकस स्पोर्टस् प्रतियोगिताको ५५ औं संस्करण अर्को साता काठमाडौंमा सुरु हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजनामा प्रतियोगिता भदौं १५ गते काठमाडौंमा सुरु हुने महासंघले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । शारीरिक सुगठनको नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रतियोगिता रहेको बताइएको […]
August 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी कविर केसी र अभय महराको जोडीले दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिपको यु १७ मा पुरुष डबल्समा रजत पदक जितेका छन् । सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्ड हलमा मंगलबार भएको फाइनलमा बंलादेशका रजोन मिया र एसएसएम सिफत उल्लाहको जोडीले कविर र अभयको जोडीलाई २१–११, २१–११ को सोझो सेटमा पराजित गर्दै स्वर्ण […]
August 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कविर केसी र अभय महराको जोडी दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिप अन्तर्गत यु १७ डबल्सको फाइनलमा पुगेको छ । कविर र अभयको जोडीले ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको व्यवस्थानमा सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्ड हलमा जारी च्याम्पियनसिपमा माल्दिभ्सका खेलाडीलाई हराउँदै अन्तिम दुईमा प्रवेश गरेको थियो । कविर र […]
August 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ । परिषद्का अध्यक्ष तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा काठमाडौंमा आइतबार बसेको बोर्ड बैठकले अन्तर प्रदेश राष्ट्रिय खेलकुद यसै वर्षको फागुन २४ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका […]
August 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिपको यू १५ र यू १७ दुवैको मिक्स टिम इभेन्ट्सको उपाधि श्रीलंकाले जितेको छ । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहल जारी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपको शनिबारभएको यु–१५ तर्फको फायनलमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्दै उपाधि […]
August 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बी यू २० सेभेन्सको पुरुषतर्फ हङकङ चाइना र महिलातर्फ थाइल्यान्ड च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा हङकङ चाइनाले मलेसियालाई १९–१४ ले पराजित ग¥यो । चाइनिज ताइपेईं तेश्रो भयो । पुरुषमा ७ राष्ट्रले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी […]
August 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोली घरेलु मैदानमा शनिबार सुरु भएको एसिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न सकेन । दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी सेभेन्समा नेपालले खेलका सबै ३ खेलमा हार बेर्होदै सेमिफाइनल पुग्नबाट बन्चित रह्यो । नेपालको समूह ‘बी’ मा थियो । पहिलो खेलमा भारतसँग २८–० ले पराजित भएको नेपाल मलेसियासँगको ४४–० ले […]
August 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्यिम्पियनसिपको यू १५ टिम इभेन्ट्सको फाइनलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको हलचोस्थित एपिएफको कभर्डहल जारी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ३–२ ले हराउँदै अन्तिम दुईमा स्थान बनाएको छ । पहिलो सेटमा बंगलादेशका मोस्तकिम होसेनले नेपालका सुविन श्रेष्ठलाई २१–७, […]