February 2, 2024
ललितपुर (हाम्रो खेलकुद)- एपिएफले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ। कुमुते पुरुष ६० केजी तौल समूहमा मिनबहादुर तामाङले एपिएफलाई पहिलो स्वर्ण पदक दिलाएका हुन् । सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको फाइनलमा मिनले लुम्बिनी प्रदेशका सुनिल समाललाई ४-१ ले हराउँदै पहिलो भएका हुन् । पुलिसका अंकित […]
February 2, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबकी रोजिता ढुंगेलले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन्। सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको कुमुते महिला ६८ केजी मुनीको तौल समूहको फाइनलमा कोशीकी योमसम राईलाई ६-४ ले हराउँदै रोजिताले पहिलो स्थान प्राप्त गरेकी हुन् । प्रतियोगितामा पुलिसको त्यो सातौं स्वर्ण पदक […]
February 2, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका एलोन श्रेष्ठले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन्। सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको ५५ केजी तौल समूहमा मधेश प्रदेशका रितिक लामालाई फुल स्कोर १०-२ मा पराजित गर्दै एलोनले पहिलो स्थान हासिल गरेका हुन् ।प्रतियोगितामा पुलिसको त्यो छैटौं स्वर्ण पदक […]
February 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चीनमा असोजमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का ३ पदक विजेतासहित ९ जना राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले १९ एसियाडमा करातेमा एतिहासिक रजत पदक विजेता एरिका गुरुङ, पारा एसियाडकी कास्य पदक विजेता पलेशा गोवर्धन, कास्य पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका कुमारी राजवंशी र कबड्डी टोलीकी […]
January 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप ) अन्तर्गतको राष्ट्रिय टिम तयारीले २० औं एसियाली खेलकुद (एसियाड) लाई लक्षित गर्दै ५ खेलको विशेष प्रशिक्षण सुरु गर्ने भएको छ । कराते, तेक्वान्दो, बक्सिङ, उसु र जुडो गरि ५ वटा खेलहरुको नियमित प्रशिक्षण सन्चालान गर्ने राखेप सदस्य सचिव टंकलाल घिसिङले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । पदक […]
January 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले म्याराथनको डेब्यूमै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । बंगलादेशमा शुक्रबार भएको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्। ढाकामा शुक्रबार भएको म्याराथनको दक्षिण एसियाली विधाको महिलातर्फ २ घन्टा ४६ मिनेट २२ सेकेन्ड मा दौड पूरा गर्दै उपाधि जितेकी हुन् । यसअघि पुष्पा भण्डारीको नाममा […]
January 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा हुने यसै साता हुने बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्न लागेका हुन् । म्याराथन शुक्रबार हुने बताइएको छ । पुरुष खेलाडीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण […]
January 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) लाई मध्यनजर गर्दै अर्को साताबाट ५ खेलको प्रशिक्षण सुरु गर्ने भएको छ । विगतमा भन्दा नेपालको सहभागितालाई प्रभावकारी बनाउने उद्देश्यसहित ५ खेलको प्रशिक्षण माघ १५ गतेबाट सुरु गरिने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताएका छन् । सदस्य–सचिव घिसिङले विभिन्न राष्ट्रिय […]
January 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाको गाङवनमा शीतकालीन युथ ओलम्पिक शुक्रबार सुरु भएको छ । भव्य उदघाटन समारोहबीच प्रतियोगिता सुरु भएको हो । दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले प्रतियोगिताको उद्घाटन गरे । यो शीतकालीन युथ ओलम्पिकको छैटौं संस्करण हो । प्रतियोगितामा नेपालका तर्फबाट २ खेलाडीको सहभागिता रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । […]
January 11, 2024
भक्तपुर (हाम्रो खेलकुद)- जुनुमाया छन्त्याल र विद्या राईले राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपाल प्रहरीका दुबैले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा भएको प्रतियोगिताको सिनियर महिला ७१ केजीमा जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजी भार वहन गर्दै ९२ केजीको कीर्तिमानमा सुधार […]