February 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको महिला र पुरुष वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । यसअघि समान ५ खेलाडीको मनोनयन हुने उक्त विधामा यसपटक आयोजक नेपाल खेलकुद पत्रकार मन्चले समान ८ खेलाडीको मनोनयन आइतबार सार्वजनिक गरेको छ । वर्षका उत्कृष्ट युवा र प्रशिक्षकको मनोनयन भने केहि दिनमा सार्वजनिक हुने […]
February 3, 2024
ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका विप्लवलाल श्रेष्ठ र त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा ह्याट्रिक गरेका छन् । लगातार तीन वर्षदेखि आयोजना भएको प्रतियोगिताको तीनै संस्करणमा लगातार स्वर्ण पदक जित्ने पुरुषतर्फ विप्लवलाल र महिलातर्फ मिस्ली एक्लो खेलाडी हुन् । विप्लवले लगातार तेस्रो पटक नै कुमुते पुरुष ८४ केजी माथि […]
February 3, 2024
काठमाडौं ( हाम्रो खेलकुद) – होप्स टेबलटेनिस एकेडेमीका वंश सिंघालले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुष फाइनलमा वंशले आफ्नै क्लबका कृष्ण थापा मगरलाई ११–७, ११–४ र ११–८ को सोझो सेटमा पराजित गरे ।महिला सिंगल्सको उपाधि पनि होप्सकै मुनमुन कुन्डुले शुक्रबार […]
February 3, 2024
ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो । पुलिसले समान ३ रजत र कास्य पदक पनि जितेको छ । अर्को विभागिय टोली एपिएफ ३ स्वर्ण तथा समान ५ रजत र […]
February 3, 2024
ललितपुर (हाम्रो खेलकुद)- सुदूरपश्चिम प्रदेशले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ। कमल ओलीले कुमुते पुरुष ७५ केजीमा पहिलो स्थान प्राप्त गरेपछि सुदूरपश्चिम पहिलो स्वर्ण पदक जितेको हो। सातदोबाटोमा स्थिति कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार बागमती प्रदेशका साहिल नेपाली ५-४ स्कोरले हराउँदै कमलले स्वर्ण पदक जितेका […]
February 3, 2024
ललितपुर (हाम्रो खेलकुद)- चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गुरुङले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । असोजमा सम्पन्न एसियाडपछि पहिलो प्रतियोगिता खेलेकी एरिकाले राष्ट्रिय प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार स्वर्ण पदक जितेकी हुन्।सातदोबाटोमा स्थिति कराते हलमा कुमुते महिला ६८ केजीमाथिको तौल समूहमामा […]
February 2, 2024
ललितपुर (हाम्रो खेलकुद)- एपिएफले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा दोस्रो स्वर्ण पदक जितेको छ। एपिएफलाई दोस्रो स्वर्ण पदक रमिता माझीले दिलाएकी हुन् । सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार नेपाल पुलिस क्लबकी निरुपा दोङलाई ६-१ ले हराउँदै रमिता पहिलो भएकी हुन्। सो समूहमा कोशीकी विनिता पोखरेल र सुदूरपश्चिमकी पुष्पा मदईले कास्य […]
February 2, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा आठौं स्वर्ण पदक जितेको छ। पुलिसका लागि आठौं स्वर्ण पदक सन्तोष श्रेष्ठले कुमुते ६७ केजीमा दिलाएका हुन् । सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबका किरण पुनलाई ३-१ ले हराउँदै १९ औं एसियाली खेलकुदमा भाग लिएका […]
February 2, 2024
ललितपुर (हाम्रो खेलकुद)- बागमती प्रदेशले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा दोस्रो स्वर्ण पदक जितेको छ। साइमन श्रेष्ठले कुमुते पुरुष ५० केजीमा बागमतीलाई स्वर्ण पदक दिलाएका हुन्। सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको फाइनलमा साइमनले नेपाल पुलिस क्लबका साजन मोक्तानलाई ५-० ले हराउँदै पहिलो स्थान प्राप्त गरेका हुन् । एपिएफका निशान […]
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली भलिबल संघ (एनभिए) का अध्यक्ष जीतेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को उपाध्यक्षमा निर्वाचित भएका छन् । थाइल्याण्डमा भएको काभाको साधारणसभाले चन्दलाई २०२४ देखि २०२८ काभा दक्षिण एसियाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएको एनभिएले जनाएको छ । चन्दले आफुले काभामा दोहोरो जिम्मेवारी पाएको जानकारी दिए । २१ सदस्यीय कार्यसमितिमा चन्द दक्षिण […]