default_image

नेपाल ओलम्पिक कमिटि

November 30, 2023

पूर्व सदस्य सचिव लामाको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई बर्गीकरण गर्ने तयारी सुरु गरेको छ । राखेपका पूर्व सदस्य–सचिव युवराज लामाको संयोजकत्वमा ७ सदस्यीय खेलको बर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको राखेपले जनाएको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार राखेपका सदस्य–सचिवबाट खेलको बर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद् पेश […]

November 30, 2023

क्षेत्रीको सपना, विश्वास र अठोट सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – पुराना खेलकर्मी तथा मिस नेपालको आयोजक हिडन ट्रेजरका पूर्व अध्यक्ष सुवर्ण क्षेत्रीको आत्मकथा सपना, विश्वास र अठोट बिहीबार लोकापर्ण भएको छ । क्रिएटिभ्स बुक्सले प्रकाशन गरेको क्षेत्रीको आत्मकथा उद्योगपति एवंम् साहित्यकार बसन्त चौधरी, प्रथम मिस नेपाल रुबी राणा, जेसिज नेपालका पूर्व अध्यक्ष गजेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार पी खरेल, राष्ट्रिय खेलकुद परिषद् […]

November 30, 2023

फुटबलर मणी शाहले नेपालको झण्डा बोकेको त्यो एसियाड

सुवर्ण क्षेत्री सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १० औं एसियाड खेलकुद मेरा लागि सम्झनालायक छ । मेरा लागि मात्र किन, नेपालकै खेल इतिहासमै त्यो अविस्मरणीय क्षण थियो । जुन खेलकुदमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा पदक जितेको थियो । मेरा लागि किनभने म सेफ डी मिसन भएर खेलाडी लिएर सोल गएको थिएँ । सेफ […]

November 14, 2023

पारा तेक्वान्दो प्रशिक्षक लामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । दीपावली तथा नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पशुपति देवपाटनको पशुपति सिर्जनशील युवा क्लबले लामालाई मंगलबार सम्मान गरेको हो । क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक सुमन डंगोल, काठमाडौं क्षेत्र नं. ४ का सांसद गगनकुमार थापा, बागमती […]

November 9, 2023

एनओसीको मेडिकल कमिसनका अध्यक्ष श्रेष्ठको निधन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को मेडिकल कमिसनका अध्यक्ष डा.सरोज कृष्ण श्रेष्ठको बिहीबार निधन भएको छ । उपचारका क्रममा ६९ वर्षे श्रेष्ठको बिएण्डबीमा अस्पतालमा मृत्यु भएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । हाडजोर्नीका विशेषज्ञ डा.श्रेष्ठ ओम अस्पतालमा कार्यरत थिए । ललितपुर सातदोबाटो तल्छीखेलबाट कार्यालय जान बिहान करिब ९ः३० बजे कारमा बसेपछि […]

October 10, 2023

एसियाडका पदक विजेता खेलाडीको स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङ्गचौंमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) पदक विजेता टोलीका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई आज मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलम स्वागत गरिएको छ । करातेकी रजत पदक विजेता एरिका गुरुङ र महिला कबड्डी टोलीलगायत उनीहरुका प्रशिक्षक, व्यवस्थापकलाई सांसद बद्री पाण्डे, देवेन्द्र पौडेल, नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव […]

October 10, 2023

एसियाडका पदक विजेता स्वदेश आइपुगे, र्याली नहुने

काठमाडौं (हाम्रो खेलकुद) – चीनमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का नेपाली पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियल टोली मंगलबार स्वदेश आइपुगेको छ। हाङ्गचौंमा आइतबार सम्पन्न एसियाडमा नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने भनेको र्याली स्थगित भएको छ । इजरायलमा हमासको आक्रमणमा परी १० नेपाली […]

October 9, 2023

एसियाडका पदक विजेताको सम्मानमा र्याली गरिने

काठमाडौं (हाम्रो खेलकुद) – १९ औं एसियाली खेलकुद (एसियाड) का पदक विजेता खेखलाडी, प्रशिक्षक र अफिसियलको सम्मानमा र्याली हुने भएको छ । चीनको हाङ्गचौंमा आइतबार सम्पन्न १९ र्औ एसियाडमा पदक जित्ने खेलाडी, प्रशिक्षक र अफिसियल मंगलबार स्वदेश आइपुग्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक […]

October 7, 2023

एसियाडको कानोइङमा गणेश आठौं

हाङ्गचौं (हाम्रो खेलकुद) – गणेश गुरुङ १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको आठौं भएका छन् । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनल चरणमा गणेश आठौं भएका हुन्। उनले कोरिया र हङकङका खेलाडीलाई पछि पारेका थिए। यसअघि शनिबार नै गणेश शीर्ष दशमा रहँदै फाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार हिट चरणमा शीर्ष १६ […]

October 7, 2023

एसियाड महिला भलिबल – मंगोलियामाथि नेपालको रोमाञ्चक जित

हाङ्गचौं (हाम्राे खेलकुद) – मंगोलियामाथि रोमाञ्चक जित निकाल्दै नेपाली राष्ट्रिय टोलीले १९औं एसियाली खेलकुद (एसियाड) को महिला भलिबलमा ११औं स्थान हासिल गरेको छ । शनिबार भएको क्लासिफिकेसन खेलमा मंगोलियामाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै नेपालले ११औं स्थान हासिल गरेको हो । डिक्विङ स्पोर्ट्स सेन्टर जिम्नासियममा शनिबार भएको खेलमा नेपालले पहिलो सेट १७–२५ ले गुमायो […]

Success

Thank you for your time.