default_image

नेपाल ओलम्पिक कमिटि

June 25, 2017

भारोत्तोलनका मुख्य प्रशिक्षक जोशी रहेनन्

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली भारोत्तोलनका मुख्य प्रशिक्षक सुनिललाल जोशीको उपचारका क्रममा आज निधन भएको छ । जेठ अन्तिममा हृदयघात भएपछि जोशीलाई उपचारका लागि गंगालाल हृदयरोग केन्द्र लगिएको थियो । त्यहि उपचारका क्रममा ५२ बर्षे जोशीको निधन भएको दक्षिण एसियाली खेलकुद (साग) का करातेका स्वर्ण पदक विजेता रवि महर्जनले जानकारी दिए । ओलम्पियन जोशी दक्षिण […]

June 15, 2017

शीरिष फाउन्डेसन र ह्याम्सबीच सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको शीरिष फाउन्डेसनसँग ह्याम्स हस्पिटल प्रा.लीले खेलाडीको स्वास्थ्य उपचारमा सहकार्य गर्ने भएको छ । पहिलो चरणमा प्रतिभावान खेलाडीलाई छात्रबृति दिएर स्थापनाको पहिलो बर्षमै काम अघि बढाएको शीरिष फाउन्डेसनले छात्रबृति दिएका खेलाडीलाई ह्याम्सले निशुल्क स्वास्थ्य सेवा दिने सहमति भएको छ । शीरिष फाउन्डेसनका अध्यक्ष ओलम्पियन […]

June 7, 2017

सागमा २८ खेल समावेश गर्ने प्रस्ताव, पूर्वाधार निर्माण अझै सुरु हुन सकेन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाका लागि भौतिक पूर्वाधार निर्माणका लागि ठोस कदम चलि नसकेपनि त्यसमा २८ खेल समावेश गर्ने प्रस्ताव गरिएको छ । भुटानको राजधानी थिम्पुमा मंगलबार सुरु दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले सन् २०१९ मा हुने १३ औं सागमा २८ खेल राख्ने प्रस्ताव पारित गरेको […]

May 29, 2017

पारससहित खेलकुदबाट छ जनालाई मानपदवी

काठमाडौं (हाम्रो खेलकुद)– गणतन्त्र दिवसका अवसरमा पदक पाउनेको नाम सोमबार सार्वजनिक गर्दा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित खेलक्षेत्रका छ जनाको नाम समेटिएको छ । गृह मन्त्रालयले मानपदवी, अलंकार पदक पाउनेहरुको नाम आज घोषणा गर्दा पारससहित पूर्व म्याराथन धावक हरिबहादुर रोकाया, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा, उसुकी नीमा घर्तीमगर, तेक्वान्दोकी निशा रावल र […]

May 22, 2017

एनओसी विवादमा सर्वोच्चको अर्को आदेश, छलफलका लागि दुवै पक्षलाई बोलाइयो

काठमाडौं (हाम्रो खेलकुद)– स्थानिय निर्वाचनका कारण केही मथ्थर देखिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद फेरी अदालतमा पुगेको छ । जीवन राम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) को मान्यता प्राप्त एनओसीले अन्तरिम आदेशको माग गर्दै दायर गरेको मुद्दामा सर्वोच्च अदालतले यथास्थितीमा राखी विवादित दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चले २०६७ मा […]

April 4, 2017

राणापक्ष अन्तर्राष्ट्रिय मान्यता पाउनेमा आशावादी

काठमाडौं (हाम्रो खेलकुद) – झन्डै एकदशक देखि चल्दै आएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधान भन्दा पनि थप जटिल बन्दै जाने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले गत साता पत्रमार्फत जीवनराम श्रेष्ठ अध्यक्ष र लामा टेन्डी शेर्पा महासचिव रहेको एनओसीलाई नै आफ्नो मान्यता रहेको प्रष्ट […]

March 31, 2017

एनओसी विवादमा आइओसी र ओसिएको धारणा सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) मा देखिएको पछिल्लो विवादका विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले पहिलो पटक आधिकारिक धारणा सार्वजनिक गरेको छ । सर्वोच्च अदालतको फैसलाका आधारमा आफुहरुलाई आधिकारिक दाबी गर्दै आएको रुक्म शम्सेर राणाको समूहलाई आइओसी र ओसिएले पत्रमार्फत स्वघोषित समानान्तर एनओसीलाई मान्यता नभएको प्रष्ट पारेको […]

March 22, 2017

सरकारी हस्तक्षेप निन्दनिय – अध्यक्ष श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सरकारले फिल्मी शैलीमा सुरक्षार्कीको तैनाथमा असम्बन्धित पक्षलाई एनओसी मुख्यालयमा प्रवेश गराएको आरोप लगाएको छ । सर्वाेच्च अदालतले पूर्नस्थापित रुक्म शम्सेर राणा अध्यक्ष रहेको एनओसीका पदाधिकारी पुलिसको रोहबरमा मंगलबार ताल्चा खोलेर सातदोबाटो एनओसी मुख्यालय प्रवेश गरेका थिए । ‘हिजोको दिन नेपाल खेलकुदका लागि कालो दिन […]

February 18, 2017

तीन नेपालीले एसियन विन्टर गेम्समा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – तीन नेपाली खेलाडीले आइतबारबाट जापानको सापोरामा सुरु हुने आठौं एसियाली हिउँदे खेलकुद (एसियन विन्टर गेम्स) मा प्रतिस्पर्धा गर्दैैछन् । मनिकला राईले क्रस कन्ट्री तथा संगिता लामा र सफलराम श्रेष्ठले अल्पाई स्कीमा भाग लिनेछन् । आठ सदस्यीय नेपाल टोलीमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का सदस्य तेजबहादुर गुरुङ सेफ द मिसनका रुपमा रहेका […]

January 24, 2017

ओलम्पिक कमिटीको विवादमा ‘हाइ भोल्टेज ड्रामा’

काठमाडौं (हाम्रो खेलकुद)– वैधानिकता र अन्तर्राष्ट्रिय मान्यताका नाममा नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले अब फेरी नेपाली खेलकुद तरंगित हुन थालेको छ । गत महिना पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको उद्घाटनबाट सुरु भएको पछिल्लो विवादको श्रृखंलाले मंगलबार सम्म आइपुग्दा नयाँ मोड लिएको छ । सोमबार र मंगलबारको हाइ भोल्टेज ड्रामा मुख्यतः सातदोबाटोस्थित एनओसी भवन भित्रको […]

Success

Thank you for your time.