default_image

नेपाल ओलम्पिक कमिटि

November 22, 2019

विमल, अन्जन र दिनेशको साग भविष्य अन्यौलमा !

काठमाडौं (हाम्रो खेलकुद)– अनुशासन उल्लङ्घन गरेका कारण अघिल्लो साता राष्ट्रिय टोलीबाट हटाइएका विमल घर्तीमगरसहितका ३ खेलाडीको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता अन्यौलमा रहेको छ । तीनै खेलाडी अहिलेसम्म टोलीबाहिरै रहेका छन्  । स्वयम्भुमा शुक्रबार बिहान सागको ओलम्पिक टर्च लाइट  र्‍याली सुरु हुँदामा फुटबलसँगै अन्य खेलका पनि खेलाडी तथा प्रशिक्षक उपस्थित हुँदा फुटबल […]

November 22, 2019

प्याराग्लाइडिङ नहुँदा नेपाललाई कम्तिमा आधा दर्जन स्वर्ण घाटा

काठमाडौं (हाम्रो खेलकुद)– प्याराग्लाइडिङ नेपालले पदक जित्ने सम्भावना भएको खेल भन्ने गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा प्रमाणित भइसकेको थियो । जहाँ एसियाली खेलकुदमै पदकविहिन हुने सम्भावना रहेको नेपाललाई प्याराग्लाइडिङको क्रस कन्ट्रीमा रजत पदक जिताउँदै खाली हात फर्कनबाट जोगाएको थियो । नेपालले रजत पदक जितेको त्यो दोस्रो थियो । समूहगत खेलमा त त्यो पहिलो र […]

November 22, 2019

सागको ओलम्पिक टर्च र्‍याली आज सुरु हुने, सातै प्रदेशमा पुर्‍याइने

काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पुर्‍याइने भएको छ । ओलम्पिक टर्च र्‍याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएको हो । सागको मंसिर १५ मा उद्घाटन र २४ गते समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का […]

November 20, 2019

साग भलिबल – भारत र नेपाल दुवैतर्फ एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको भलिबलमा नेपाली भलिबल टोली भारत रहेको समूहमा परेको छ । समूह विभाजन अनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा भारत र बंगलादेश रहेको एकै समूहमा परेको हो । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । यस्तै महिलातर्फ पनि […]

November 19, 2019

सागको लागि राष्ट्रिय टिम तयारीमा ४५ करोड खर्च

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने खेलाडीको तयारीका लागि ४५ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ । मंसिर १५ देखि २४ गते सम्म हुने १३ औं सागमा नेपालले २६ नै खेलमा भाग लिने र त्यसमा ५ सय ९३ खेलाडीले प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित […]

November 17, 2019

सागमा नेपालका संचार माध्यममाथि ‘अंकुश’

काठमाडौं (हाम्रो खेलकुद)– दुई पटक आयोजना मिति स्थगन र पूर्वाधार निर्माणको अन्योलका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको संघारमा आइपुगेको छ । यसैमा सम्बन्धित रहेर आयोजकले लगातार कार्यक्रम गरेर साग हुने छनक देखाइसकेको छ । लामो संघर्षपछि तय भएको सागको आइतबार भएको कार्यक्रमले भने अर्को विवाद सिर्जना गरेको छ । ७ राष्ट्रको सहभागितामा साग […]

November 17, 2019

उषा र हिरालाई समेट्दै साग महिला भलिबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- उषा भन्डारी र हिरा केसीलाई समेट्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि महिला राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले आइतबार बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन खेलेका १२ खेलाडीलाई यथावत र दुई खेलाडी थप्दै १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । संघले वल्ड भलिबलमा १४ जनाको […]

November 17, 2019

सागको प्रसारण अधिकार भारतीय कम्पनीलाई

काठमाडौं (हाम्रो खेलकुद)– दुई साता पछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनी नक्षत्र न्यूज (एनके) मिडियाले खरिद गरेको छ । सागका सबै खेलको प्रत्यक्ष प्रसारण गर्ने सम्झौताबीच राष्ट्रिय खेलकुद खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी) र एनके मिडियाबीच आइतबार आयोजित कार्यक्रममा सम्झौता भएको छ । सम्झौता वापत […]

November 16, 2019

१३ औं साग – खर्च ५ अर्ब बढी, ११ सय बढी पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि ५ अर्ब भन्दा बढी खर्च हुने भएको छ । साग सुरु हुन १५ दिन बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । सागका लागि १ अर्ब […]

November 12, 2019

सागमा ५० स्वर्ण जित्ने सदस्य सचिव सिलवालको दाबी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले अर्को महिना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कम्तीमा ५० स्वर्ण पदक जिते र पदक तालिकामा दोस्रो स्थान ल्याउने दाबी गरेका छन् । एपी वान टेलिभिजनको एक कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले ५० वा त्यो भन्दा बढी स्वर्ण पदक जित्ने […]

Success

Thank you for your time.