April 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कोडिभ १९ का कारण सरकारले लकडाउन गरेको झन्डै २ साता पुग्न लाग्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना खेलाडी, प्रशिक्षक, कर्मचारी र संघ संस्थाका पदाधिकारीको बारेमा चासो देखाएको छ । राखेपका प्रशासन विभागका प्रमुख कुलबहादुर थापाले लकडाउन भएको ११औं दिनमा आफ्ना मतहतका संघसंस्था तथा सम्पूर्ण कर्मचारी तथा परिवारजनको हालको अवस्था के […]
March 30, 2020
एजेन्सी – जापानमा अर्को वर्ष आयोजना हुने ओलम्पिकको मिति तय भएको छ । यो वर्ष आयोजना हुनुपर्ने ओलम्पिक विश्वव्यापी रुपमा कोरोना भाइरस कोभिड १९ महामारीका रुपमा देखिएपछि ओलम्पिक एक वर्षका लागि सारिएको थियो । नयाँ मिति अनुसार सन् २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुनेछ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को सोमबार […]
March 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना भौतिक पूर्वाधार क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने बताएको छ । कोरोना भाइरस कोभिड १९ अहिले विश्वव्यापी महामारीका रुपमा देखिएको छ । नेपालमा पनि सोमबार एक जना संक्रमित पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको ध्यान राख्दै विभिन्न ठाँउमा क्वारेन्टाइन बनाएको छ […]
March 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै यसबाट कसरी बच्ने भन्नेबारे शुक्रबार सचेतनात्मक कार्यक्रम आयोजना गरेको छ । यससँगै एनओसीले खेलाडीलाई लक्षित गर्दै विशेषज्ञ डाक्टरहरुको प्यानल समेत गठन गरेको छ । सातदोबाटोस्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा अनुभवी डाक्टरहरुले कोरोना लाग्न नदिनको लागि सुरक्षा उपायबारे प्रकाश […]
March 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै ४ महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक र संघलाई घोषणा गरिएको पुरस्कार राशी उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । १३ औं सागका सम्पन्न भएको भोली पल्ट (मंसिर २५ गते) पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले […]
March 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को लामो समयदेखिको विवाद लगभग अन्त्य भएको छ । काठमाडौं बाहिर पहिलो पटक बसेको एनओसीको तेस्रो पुर्ण बैठकले रुक्म शम्सेर राणालाई समेत ओलम्पिक कमिटिमा समावेश गरेपछि ओलम्पिक विवाद लगभग अन्त्य भएको हो । पोखरामा दुई दिन भएको एनओसीको बैठकले एनओसीका पुर्व अध्यक्ष राणासहित ध्रुवबहादुर प्रधानलाई मानार्थ अध्यक्षमा […]
March 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जिम्मेवारी तोक्ने क्रममा ७ प्रदेशमा संयोजक तोकेको छ । पोखरामा सोमबार सुरु भएको एनओसी कार्यसमितिको बैठकले संयोजक तोकेको हो । बैठकको पहिलो दिन प्रदेश १ का लागि उप महासचिव पिताम्बर तिम्सिना, प्रदेश २ का लागि उपाध्यक्ष अशोक बज्राचार्य संयोजक तथा सचिव रामजीबहादुर श्रेष्ठ र सदस्य प्रकाश सम्शेर […]
January 20, 2020
काठमाडौं (हाम्रो खेलुकद)– टोकियो ओलम्पिकमा भाग लिने नेपाली खेलाडीलाई तोकोशिमा प्रिफेक्चरमा प्रशिक्षण दिने विषयमा नेपाल ओलम्पिक कमिटी (एनओसी) र तोकोशिमाबीच सम्झौता भएको छ । कार्यक्रममा जापानका लागि नेपाली राजदुत प्रतिभा राणाको पनि उपस्थिति थियो । जापानस्थित तोकोशिमाका गर्भनर कामोन इजुमी र एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सोही अवसरमा पौडी संघका […]
December 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अध्यक्ष ध्रुव बहादुर प्रधानसहित २९ सदस्यीय कार्यसमितिलाई नेपाल जिम्न्याष्टिक संघको शनिबार सम्पन्न चुनावी साधारण सभाले निर्विरोध चयन गरेको छ । २०७५ साल माघ ९ गते अस्तित्वमा रहेका दुई जिम्न्याष्टिक संघ एकिकरण भएपछि भएको निर्वाचन सर्वसम्मत नेतृत्व चय गर्न सफल भएको छ । त्यसबेला प्रधानकै अध्यक्षतामा जिम्न्याष्टिक संघ एकिकरण गरी पुनर्गठन गरिएको थियो […]
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गरि रहेको छ । त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा जारी दोस्रो सेमिफाइनलमा पहिलो सेटमा नेपालले श्रीलंकालाई २५-१४ को सोझो सेटमा पराजित गरेको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा […]