July 19, 2022
एजेन्सी – कोभिड-१९ संक्रमणका कारण स्थगित भएको १९ औं एसियाली खेलकुदको नयाँ मिति तोकिएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले २३ सेप्टेम्बरदेखि ८ अक्टोबर २०२३ सम्म हान्झाउमै प्रतियोगिता आयोजना गर्ने पक्का गरेको छ । यसअघि सन् २०२२ सेप्टेम्बर १० देखि २५ मा हुने भनिएको एसियाड चीनमा पुन: कोभिड १९ महामारी फैलिने डर बढेपछि स्थगित भएको […]
June 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गर्दा नेकपा एकीकृत समाजवादी (एस) बाट सरकारमा सहभागी मन्त्री हेरफेर हुँदा राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्यसचिवसमेत रहेका एनओसी अध्यक्ष श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवस (जुन २३) का अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत स्पोर्ट्स फर अल कमिसनले बिहीबार लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरी मनाएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झण्डा तथा एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले ओलम्पिकको झण्डा झण्डोतोलन गरेका थिए । ओलम्पियनहरुले टर्च बोकी मार्च पास्ट […]
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पौडी खेलाडी गौरिका सिंह र ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले एनओसी अवार्ड प्राप्त गरेका छन् । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा प्रदान गरेको अवार्डमा गौरिकाले महिलातर्फ तथा प्रिन्सले पुरुषतर्फ उक्त अवार्ड प्राप्त गरेका हुन् । उनीहरुले अवार्डसँगै ५० हजार रुपैया प्राप्त […]
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवसका अवसरमा नेपाल जुडो संघले बुधबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) बाट सुरु भएको प्रभातफेरी विभिन्न भागको परिक्रममा गरी पुनः एमएमएसीमै आएर टुंगिएको थियो । प्रभातफेरीमा नेपाल जुडो संघका पदाधिकारी, ओलम्पियन, खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो । सोही अवसरमा नेपाल जुडो संघका उपाध्यक्ष […]
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवस २०२२ को अवसरमा नेपालका ओलम्पियनहरुबीच मंगलबार पुनर्मिलन भएको छ । नेपाल ओलम्पियन संघ (एनओए) ले आयोजना गरेको विशेष कार्यक्रममा नेपालबाट ओलम्पिक खेलेका खेलाडीहरुबीच पुनर्मिलन भएको हो । ओलम्पियनहरुको पुनर्मिलन कार्यक्रममा सन् १९६४ को टोकियो ओलम्पिकदेखि २०२० को टोकियो ओलम्पिकसम्मका ओलम्पियनहरु सहभागी थिए । नेपालमा समर ओलम्पिकका ८४ र युथ […]
June 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन एसोसिएसन (एनओए) ले ओलम्पिक दिवस २०२२ को अवसरमा हालसम्म नेपालबाट ओलम्पिक खेलेका खेलाडीहरुको पुनर्मिलनसँगै ५ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । एसोसिएसनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओलम्पिक दिवसको अवसरमा असार ५ गतेदेखि ९ गतेसम्म विविध ५ कार्यक्रम हुने जानकारी गराएको छ । […]
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल आई वि वल्ड स्कुलमा अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा १० दिनसम्म विभिन्न खेलहरु आयोजना हुने भएको छ । ओलम्पिक डेको अवसरमा १० दिनसम्म हुने खेलकुद कार्यक्रमको नेपाल ओलम्पिक कमिटी अन्तर्गत (स्पोर्टस् फर अल कमिसन) का संयोजक विष्णु गोपाल श्रेष्ठले उद्घाटन गरे । संयोजक श्रेष्ठले ओलम्पिकको स्थापना र यसको महत्वमाथि प्रकाश […]
June 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय ओलम्पिक दिवसका अवसरमा प्रि स्कुलका विद्यार्थीहरुले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ओलम्पिक दिवस मनाएका छन् । नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनले आयोजना गरेको कार्यक्रममा विभिन्न ५२ विद्यालयका १ हजार बढी विद्यार्थीको सहभागिता थियो । सो अवसरमा ओलम्पिक टर्च रिले गर्नुका साथै झण्डोतोलन पनि गरिएको थियो । ओलम्पिक दिवसकै अवसरमा […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टी (एस) को आइतबार बसेको सचिवालयको बैठकले यसअघि सरकारमा रहेका पाँच मन्त्रीलाई फिर्ता बोलाई पाँचै जनाको नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएका छन् । समाजवादीका अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) […]