October 14, 2022
अर्जुन कार्की, म्याग्दी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबल प्रतियोगितामा बागमती प्रदेशले पहिलो खेलमा सहज जित निकाल्दै विजयी सुरुवात गरेको छ । शुक्रबार म्याग्दी स्थित बेनी बजारको खुल्लामञ्च खेल मैदानमा भएको दोस्रो खेलमा राष्ट्रिय टोलीका खेलाडी प्रतिभा माली र सलिना श्रेष्ठसम्मलित बागमती प्रदेशले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटमा पराजित गरेको हो […]
October 13, 2022
पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष खेलको उद्घाटन खेल नै विवादित बनेको छ । प्रदेश १ ले आफूविरुद्ध गैर आवासिय नेपाली संघ (एनआरएनए) ले नियम विपरित नेपालमै रहेका खेलाडीलाई खेलाउन लागेकोमा विरोध जनाएको थियो । खेलपछि प्रोटेस्ट हाल्न पाउने गरि खेल्न आयोजकले आग्रह गरेपछि प्रदेश १ खेल्न राजी भएको थियो । गोस्टेघाट फुटबल मैदानामा […]
October 13, 2022
पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदमा ६ हजार बढी खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरा रंगशालामा उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने नवौं राष्ट्रिय खेलकुद आयोजनाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।७ प्रदेश, ३ विभाग […]
October 12, 2022
सुबास हुमागाईं, विराटनगर राष्ट्रिय पुरुष फुटबल टोलीका केही खेलाडीले नवौं राष्ट्रिय खेलकुद गुमाउने देखिएको छ । राष्ट्रिय खेलकुदको छनोट प्रतियोगिता चलिरहँदा राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडी प्रदेशले टोलीमा नराख्दा राष्ट्रिय खेलकुद नै खेल्न नपाउने अवस्थामा पुगेका हुन् । प्रदेश १ बाट राष्ट्रिय खेलकुद खेल्न पाउने आशमा बसेका राष्ट्रिय टोलीका केहि खेलाडी नवौंको आयोजना […]
October 12, 2022
काठमाडौं (हाम्रो खेलकुद)– गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा ओलम्पिक फ्लेम प्रज्वलन गरिने ओलम्पिक टर्च बुधबार लुम्बिनी पुर्याइदैछ । उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी हुँदै नवौंको आयोजनास्थल गण्डकी प्रदेशको राजधानी पोखरा पुर्याउने छ । ओलम्पिक टर्च लाने मास्के संयोजक रहेको टोलीमा मुकुन्दहरी श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित राजकुमारी […]
October 11, 2022
काठमाडौं (हाम्रो खेलकुद)– गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उदघाटनका अवसरमा ओलम्पिक फ्लेम प्रज्वलन गण्डकी प्रदेशका जेष्ठ ओलम्पियन टिकाबहादुर बोगटीले गर्ने भएका छन् । त्यसअघि ओलम्पिक टर्च पाँच सदस्यीय टोलीलगायतले उद्घाटनका अवसरमा पोखरा रंगशालामा परिक्रमा गराउनेछन् । उक्त टोलीमा ओलम्पिक बोगटीसहित गण्डकी प्रदेशका ज्ञानबहादुर बोहोरा, भगवती केसी, सिताराम शाही र राजेन्द्र भण्डारी रहनेछन् । […]
October 11, 2022
हिमाल खरेल, बिर्तामोड नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ को हक्की खेलको प्रतिनिधित्व गर्ने सिंगो टोलीका अघिकांश खेलाडी एउटै वडाका रहेका छन् ।संयोग कस्तो भने हक्की टोलीका ४ जनाबाहेक सबै खेलाडी झापाको भद्रपुर नगरपालिकाको एउटै वडाका मात्र छन् । पुरुष टोलीका १४ खेलाडी भद्रपुर वडा नम्बर ९ का हुन् । एकजना खेलाडी मेचीनगर १४ र तीनजना […]
October 10, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले प्रदेश सभा सदस्यको उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका शाहले आइतबार जाजरकोट प्रदेश ‘ख’ बाट उम्मेदवारी दिएका हुन् । यसअघि उनी जाजरकोटबाट संघिय सदस्यका प्रत्यासी थिए । संविधान सभा सदस्य रहेका शाह यसपटक गठबन्धनबाट उम्मेदवार बनेका हुन् । युवा तथा खेलकुद […]
October 10, 2022
पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर आयोनास्थल गण्डकी प्रदेश आइपुगेको छ । सहभागी ६ प्रदेशको राजधानी र ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) को मुख्यालय पुर्याएर ट्रफी अर्को साता उद्घाटन हुने नवौं राष्ट्रिय खेलकुदको आयोजक प्रदेशको राजधानी पोखरा ल्याइएको हो । पोखरामा सोमबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले ट्रफी सार्वजनिक गरेका छन् । […]
October 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– पूर्व खेलाडी र खेल पदाधिकारी गरि एक दर्जन मंसिर ४ गते हुने संघिय र प्रदेश सभा सदस्य निर्वाचनमा मैदानमा उत्रेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठदेखि पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी रमेश खरेल संघिय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । […]