June 30, 2023
भैरहवा (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद्, लुम्बिनकिो आयोजनामा शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरसहित ६ जना ओलम्पियन र आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तेक्वान्दोका कोशिसबहादुर खड्काले रुपन्देही जिल्लाका विभिन्न विद्यालयका विधार्थीहरुसँग अन्र्तरक्रिया […]
June 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सका दीपक अधिकारी र पारा तेक्वान्दोकी सृजना घिसिङ एनओसी अवार्ड जितेका छन् । ओलम्पिक डे (जुन २३) पारेर शुक्रबार नेपाल ओलम्पिक कमिटी (एनओासी) आयोजित अवार्डमा खेलाडीको पुरुषतर्फ दीपक र महिलातर्फ सृजनाले अवार्ड प्राप्त गरेका हुन् । त्यस्तै पारा तेक्वान्दोका कविराज नेगी र टेनिसकी रेनु देवी कोन्डा उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे […]
June 16, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चीनको हान्जाउमा १९ औं एसियाली खेलकुद (एसियाड) सुरु हुन अब एक सय दिन बाँकी रहेको छ । एसियाडको १ दिनको काउन्ट डाउनका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना भएको छ । राखेप परिसर सातदोबाटोमा आयोजना भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री […]
June 9, 2023
प्रकाश तिमल्सिना, काठमाडौं नेपाल कराते महासंघको दोहोरो अस्तित्वलाई पूनः ब्युत्याउने खेल सुरु भएको छ । झण्डै अढाई महिना अघि चितवनको साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव युवराज लामासहित २० सदस्यीय कार्यसमितिको चयन गरेको थियो । त्यसका वावजुद अर्को समूह पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा रहेको महासंघलाई पून क्रियासिल गराउने प्रयासमा लागेको छ । […]
June 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा शनिबार साइकल ¥याली आयोजना गरिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधान, एनओसीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनको व्यवस्थापन तथा नेपाल साइक्लिङ संघको आयोजनामा ¥याली आयोजना गरिएको हो । ¥यालीमा १ सय २५ जना सहभागी थिए । ¥याली बसन्तपुर डबलीबाट सुरु भइ सातदोबाटोस्थित एनओसीको मुख्यालयमा पुगेर टुंगिएको […]
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चार महिनापछि चीनमा आयोजना हुने १९ औं एयिाली खेलकुद (एसियाड) का लागि करातेका ८ खेलाडी छनोट भएका छन् । जसमा कुमुतेका ६ र एकल काताका २ खेलाडी छन् । छनोट हुनेमा ३ महिला र ५ पुरुष खेलाडी छन् । नेपाल कराते महासंघको आयोजनाामा बुधबार सम्पन्न छनोटमा ५ खेलाडीले एसियाडमा आफ्नो स्थान सुरक्षित […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चार महिनापछि चीनमा आयोजना हुने १९ औं एयिाली खेलकुद (एसियाड) का लागि करातेको खेलाडी छनोट सुरु भएको छ । नेपाल कराते महासंघको आयोजना मंगलबार छनोट सुरु भएको छ । कातामा महिलामा कर्णालीकी एलिसा रास्कोटी र पुरुषमा स्वोनिम मानन्धर एसियाडका लागि छनोट भएका छन् । यसअघि छनोट भएर प्रशिक्षणमा रहेका खेलाडीहरुबीच लिगका आधारमा […]
May 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पियन संघले अर्को साता पोखरामा दोस्रो ओलम्पियन पूर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिकाको खेलकद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको संयोजनमा जेठ १९ देखि २१ गते सम्म पूर्नमिलन तथा सम्मानलगायत विभिन्न कार्यक्रम आयोजना गर्ने संघका महासचिव राजेन्द्र भण्डारीले बिहीबार प्रेस विज्ञप्तीमार्फत […]
May 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार एक समारोहबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारलाई स्वागतका साथ सम्मान गरेको छ । एनओसीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यक्रमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुत्त मन्त्रीहरूलाई सम्मान पत्र हस्तान्तरण गरे । त्यस अवसरमा मन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक […]
May 21, 2023
हेटौंडा (हाम्रो खेलकुद) – दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिताको आइतबार उद्घाटन भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् । त्यसअघि उद्घाटन समारोहमा १३ जिल्लाका खेलाडी, तीन विभागीय टोली नेपाल आर्मी, पुलिस र सशस्त्र प्रहरी बल, खेल निर्णायक तथा प्रशिक्षक […]