default_image

राष्ट्रिय खेलकुद परिषद्

August 10, 2018

अरहान्त र अमृत उपाधिका लागि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – अरहान्तकेशर सिंह र अमृत थापा मगर तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्सको उपाधिका लागि खेल्ने भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा अरहान्तले राजेन्द्र शाक्यलाई तथा अमृतले प्रविण कंसकारलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । फाइनल खेल शनिबार हुनेछ । मास्टर्स ५० […]

August 8, 2018

भावना र कृष्णा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन भावना सुनुवार र कृष्णा थापा तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा बुधबार भएको महिला एकलतर्फको खेलमा भावनाले आयुशा श्रेष्ठ तथा कृष्णले श्रीमाया लामालाई समान ३–० को नतिजामा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । सोही स्पर्धामा स्वास्थानी […]

August 8, 2018

ह्वीलचियर तेक्वान्दोलाई (इन्टा) को प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन(इन्टा) हङकङले नेपाली राष्ट्रिय ह्वीलचियर तेक्वान्दो टिमलाई खेल पोसाक प्रायोजन गरेको छ । इन्टा हङकङका अध्यक्ष राजु खड्काले ह्वीलचियर राष्ट्रिय तेक्वान्दो टिमलाई करिब ५० हजार बराबरको तेक्वान्दो पोसाक प्रायोजन गरेको प्रशिक्षक कल्याण कुँवरले जानकारी दिए । बुधबार जावलाखेलस्थित नेपाल तेक्वान्दो संघ प्रदेश–३ को कार्यक्रम आयोजित कार्यक्रममा बीच खेलाडीलाई […]

August 7, 2018

अरहान्त र रत्न दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल च्याम्पियन अरहान्त केशर सिंह र रत्नकाजी शाक्य तेस्रो धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास च्याम्पियनसपको दोस्रो चरणमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा मंगलबार भएको पुरुष खुल्ला एकलतर्फको खेलमा नेपाल च्याम्पियन अरहान्त केशर सिंहले सुर्जनराज श्रेष्ठलाई ३–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । पुरुष खुल्ला एकलतर्फ रत्नकाजी […]

August 7, 2018

प्याराग्लाइडिङ टोली इन्डोनेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार इन्डोनसिया प्रस्थान गरेको छ । नेपाली टिम थप प्रशिक्षणको लागि एसियाड शुरु हुनुअघि नै इन्डोनेसिया प्रस्थान गरेको हो । टिमलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रिय महासचिब शैलेन्द्र राउत, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक लगायतले […]

August 7, 2018

सेबलाई ओप्स अन्तर विद्यालय फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सामाखुसी बोडिङ स्कुल (सेब)ले प्रथम ओप्स अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । मनमैजुस्थित जि फोर फुटसल एरिनामा मंगलवार भएको फाईनल खेलमा सेबले प्रगति हाई स्कुललाई ५–२ गोल अन्तरले हराउदै उपाधि जितेको हो । सेबका सुबास तिम्लिसिनाले ह्याट्रिक तथा उमेश विकले २ गोल गरे । प्रगतिका अर्जुन राईले २ गोल […]

August 3, 2018

एसियाडमा ओलम्पियन कमलले नेपालको झन्डा बोक्ने

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले इन्डोनोसियामा अर्को महिना हुने १८ औं एसियाली खेलकुदमा नेपाली खेलाडीको नेतृत्व गर्ने भएका छन् । १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमलले भदौ २ गते हुने एसियाडको उद्घाटन मार्च पासमा नेपालको झन्डा बोक्ने नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिएका […]

August 2, 2018

एसियाडका लागि जुडोले हंगेरीमा विशेष प्रशिक्षण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली जुडो टिमले हंगेरीमा विशेष प्रशिक्षण गर्ने भएको छ । विशेष प्रशिक्षणका लागि हंगेरी प्रस्थान गर्नुअघि नेपाली टोलीले थाइल्यान्डमा हुने थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागिता जनाउने छ । १० खेलाडी र ४ अफिसियलसहितको नेपाली टोली आजै थाइल्यान्ड प्रस्थान गरेको छ । टोलीलाई […]

August 1, 2018

फुटभली टोली थाइल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटभली टोली एसियन च्याम्पियनसिपका लागि थाइल्यान्ड जाने भएको छ । टिमलाई बुधवार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट बिदाई गरेका छन् । टोली बिहिबार थाइल्यान्ड प्रस्थान गर्नेछन् । नेपाली टोलीको नेतृत्व प्रिया लक्ष्मी कार्कीले गरेकी छन् । व्यवस्थापकमा सृष्टि काफ्ले रहेकी छन् । प्रतियोगितामा खेलाडीहरु […]

August 1, 2018

एसियाडका लागि कराते टोलीको अन्तिम तयारी जापानमा

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा अर्को महिना हुने १८ औं एसियाली खेलकुदको थप तयारीलाई नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ । अगष्ट २५ देखि २७ तारिखसम्म हुने करातेको स्पर्धामा नेपालबाट समान ४ पुरुष/महिला गरी ८ खेलाडीले नेपालको चुनौती पस्कने छन् । पुरुष एकल कातामा पर्शुराम बाँस्तोला, ६० केजीमा सोनाम लामा, ६७ केजीमा विजय […]

Success

Thank you for your time.