July 6, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदले अन्तर्राष्ट्रिय खेलकुदमा प्राप्त गरेका सफलता र सहभागितालाई समेट्ने उद्देश्यले स्पोर्टस नेपाल ओआरजी वेब साइट सञ्चालनमा ल्याइएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोगमा ओलम्पिक सोलिडारिटी अन्तर्गत नेपाल ओलम्पिक संग्राहलयले वेब साइट सञ्चालनमा ल्याएको हो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले वेब साइटको मंगलबार सातदोबाटोस्थित एनओसी मुख्यालयमा उद्घाटन गरे । नेपाली […]
July 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चार खेलाडीले राष्ट्रिय खेलाडी कल्याणकारी कोषबाट सोमबार उपचार खर्च प्राप्त गरेका छन् । अलग अलग खेलका चार खेलाडीलाई २ लाख ९ हजार ६ सय ५५ रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी गराए । ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा […]
July 4, 2021
काठमाडौं (हाम्रो खेलकुद)– जापानमा अर्को महिना आयोजना हुने टोकियो ओलम्पिकमा भाग लिने मध्येका एक पौडीका एलेक्जेन्डर ( एजेल्स) शाह र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार त्यस्तर्फ जाने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलेक्स र कार्कीलाई आइतबार विदाई गरेको छ । जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा तयारी गर्ने एनओसीले जनाएको छ । पौडीकी […]
July 3, 2021
प्रकाश तिमल्सिना, काठमाडौं ‘बाहिरको यो पानीको छिट्टाले के हुन्थ्यो र । मनमा बाढी गइरहेको छ दाई’ टोकियो ओलम्पिकको सपना चकनाचुर भएको थाहा पाएकै भोलीपल्ट गोपीचन्द्र पार्कीले विहानी प्रशिक्षणमा दिएको जवाफ हो यो । यसबाट सहजै अनुमान लगाउन सकिन्छ उनको मनमा लागेको चोट कति गहिरो छ । बिहीबार साँझ सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मुख्यालयमा एनओसी, […]
July 2, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले धावक गोपी चन्द्रपार्कीले टोकियो ओलम्पिक खेल्ने अवसरबाट वञ्चित हुनुलाई उनीमाथिको अन्याय र अपमान भएको बताएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गोपीले ओलम्पिकमा भाग लिन नपाउने सार्वजनिक गरेको थियो । सम्बन्धित खेलको महासंघको […]
July 1, 2021
काठमाडौं (हाम्रो खेलकुद)– टोकियो ओलम्पिक सुरु हुन ३ साता बाँकी रहँदा त्यसको तयारीमा रहेका गोपीचन्द्र पार्कीको सहभागिता अनिश्चित बनेको छ । अन्तिम समयमा उनको सहभागिता किन अनिश्चत भएको भन्ने विषयमा नेपाल ओलम्पिक कमिटी (एनओसी) वा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन । गोपीको विषयमा छलफल गर्न एनओसीमा बिहीबार दिउँसो छलफल हुन […]
June 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिकमा भाग लिने नेपाली टोलीलाई केल्मीले प्रायोजन गरेको छ । अन्तर्राष्ट्रिय खेल पोशाक निर्माण कम्पनी केल्मीको नेपालको आधिकारिक विक्रेता कामारु ट्रेडिङ र नेपाल ओलम्पिक कमिटीबीच शुक्रबार प्रायोजन सम्झौता भएको हो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कामारुका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । ओलम्पिकमा भाग लिने खेलाडी […]
June 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको प्रभाव बढेसँगै करिब दुई महिनादेखि ठप्प रहेको खेलकुदको नियमित प्रशिक्षण शुरु गर्न अनुमति दिएको छ । राखेपले बुधबार पाँच वटै क्षेत्रीय खेलकुद प्रशिक्षण केन्द्रलाई पत्राचार गर्दै सम्बन्धित जिल्लामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई नियमित खेलकुल प्रशिक्षण शुरु […]
June 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) नयाँ बोर्ड पछिल्लो पटक गठन भएको वर्ष दिन पनि पुगेको छैन । यसबीचमा एकपटक पनि बोर्ड बैठक बस्न नसकेको अवस्थामा नेतृत्वका पदाधिकारीबीच एक आपसमा खिचातानी भने सुरु भइसकेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि राखेपमा सदस्य सचिव देखि सदस्यहरुको नियुक्ती भएको […]
June 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले टोकियो पारालिम्पिक खेल्ने सहभागिता निश्चित भएको छ । जापानमा भदौ १७ देखि १९ गते सम्म हुने पारालिम्पिकका लागि पलेशाले क्याटागोरी ४४ अन्तर्गत ५९ केजी तौल समूह मुनीमा वाइल्डकार्ड प्राप्त गरेको नेपाल तेक्वान्दो संघले जनाएको छ । वाइल्ड कार्डका लागि संघले पलेशासँगै रञ्जना धामीका लागि पनि सिफारिस […]