default_image

राष्ट्रिय खेलकुद परिषद्

November 30, 2021

राखेप सदस्य सचिव घिसिङको सपथ र पदभार आज

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले आज (मंगलबार) नै पद तथा गोपनियताको सपथ लिने भएका छन् । मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । नेकपा माओवादीका नेता समेत रहेका घिसिङ नेपाल रग्बी संघका अध्यक्ष हुन् । उनी नेकपा माओवादी बागमती प्रदेश कमिटीका सचिवालय […]

November 29, 2021

घिसिङ राखेपको सदस्य सचिव नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्री परिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको हो । घिसिङ नेपाल रग्वी संघको अध्यक्ष तथा नेकपा माओवादी बागमती प्रदेशको सचिवालय सदस्य हुन् । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको प्रस्तावमा मन्त्री परिषदले घिसिङलाई सदस्य […]

November 29, 2021

राखेपमा आजै नयाँ सदस्य सचिव नियुक्तिको सम्भावना

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज नयाँ सदस्य सचिव पाउने सम्भावना बढेको छ । सोमबार बस्ने मन्त्री परिषद् बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वजंग गहतराजले ३ जनाको सिफारिस गर्ने तयारी गरिरहेका छन् । यद्दपी मन्त्री गहतराजले अहिले पनि सिफारिस समितिसँग छलफल भइरहेको र अन्तिम रुप दिने प्रयास भइरहेको बताएका छन् । उनले […]

November 26, 2021

शेर्पाप्रति श्रद्धाञ्जली

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष स्व. लामा टेन्डी शेर्पाको निधनमा राखेपले शुक्रबार श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो । त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव विष्णुराज ढकाल, प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम […]

November 26, 2021

राखेप सदस्य सचिवका १८ आवेदकले आइतबार प्रस्तुती दिनुपर्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (रोखप) को इतिहासमा दोस्रो पटक छनोट प्रक्रियाका माध्यमबाट सदस्य सचिवको नियुक्ती हुने सम्भावना देखिएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार सदस्य सचिवको इच्छुक व्यक्तिलाई निवेदन दिन शुक्रबार सम्मको समय तोकिएको थियो । जसमा ओलम्पियन दीपक विष्टसहित डेढ दर्जनले आवेदन दिएका छन् । सदस्य सचिवको लागि आवेदन दिनेमा […]

November 26, 2021

एकातिर अल्पकालिन अन्तरिक आदेश, अर्कोतर्फ राखेपमा सदस्य नियुक्ती

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का ९ पदमुक्तको निर्णय कार्यान्वयन नगर्नु भन्ने उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश जारी गरेकै दिन बिहीबार नै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले ८ जना बोर्ड सदस्य नियुक्त गरेका छन् । नेपाल कम्युनिष्ट पाटी माओवादीका विभिन्न व्यक्तिलाई समेट्दै गहतराजले ८ जनालाई नियुक्त गर्दै शुक्रबार पद तथा […]

November 24, 2021

राखेप पूर्व उपाध्यक्ष टेण्डीको निधन

काठमाडौं (हाम्रो खेलकुद)– पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षे शेर्पाको बुधबार बिहान ३ः३० बजे विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको उनका बुवा लामा पासाङ शेर्पाले जानकारी दिए । नशा सम्बन्धी रोगले थला पर्नुअघि उनले अमेरिका, भारत […]

November 2, 2021

ढकाललाई राखेप सदस्य सचिवको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयका सह सचिव विष्णुराज ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको जिम्मेवारी तोकिएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई निमित्त सदस्य सचिव तोकिएको युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव समेत रहेका प्रवक्ता कमल प्रसाद पोखरेलले जानकारी दिए । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा […]

October 18, 2021

सिलवाल स्वदेश नआइपुग्दै सदस्य सचिवबाट बर्खास्त

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका हैसियतमा विदेश यात्रामा रहेका रमेश सिलवालको स्वदेश फर्कदा भने पद नै नरहने भएको छ । माल्दिभ्सबाट स्वदेश फर्कने क्रममै उनी सदस्य सचिवबाट बर्खास्तमा परेका हुन् । मन्त्री परिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहराजले जानकारी दिए । […]

October 8, 2021

गहतराज युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडौं हाम्रो खेलकुद) – नेकपा माओवादी केन्द्रका महेश्वर जंग गहतराज युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्री परिषद् विस्तारको लागि सिफारिस गर्दा गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको पाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा गहतराजसहित १६ मन्त्री र २ राज्यमन्त्रीलाई शुक्रबार नियुक्त गरेकी हुन् । […]

Success

Thank you for your time.