September 24, 2022
विराटनगर (हाम्रो खेलकुद )– राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत शनिबार प्रदेश नं १ को राजधानी विराटनगरमा शनिबार गरिएको छ । विराटनगरस्थित शहिद रंगशालामा प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरेका थिए । राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकी प्रदेशमा असोज २८ गते देखि कात्तिक ३ गते सम्म सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुदको ट्रफी […]
September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत शुक्रबार सहभागी दुई विभागिय टोली नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा शुक्रबार प्रदर्शनीमा राखिएको छ । भद्रकालीस्थित सेनाको मुख्यालयमा सेना प्रमुख प्रभुराम शर्मा र नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायतको उपस्थिति ट्रफी प्रदर्शन गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । राष्ट्रिय खेलकुदको […]
September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरीको मुख्यालयमा शुक्रबार प्रदर्शन गरिएको छ । भद्रकालीस्थित सेनाको मुख्यालयमा सेना प्रमुख प्रभुराम शर्मा र नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायतको उपस्थिति ट्रफी प्रदर्शन गरिएको हो । सो अवसरमा ट्रफी टुर […]
September 22, 2022
नेपालगन्ज (हाम्रो खेलकुद)– नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो । आठौं संस्करणको केहि साता अघि एम्सको म्यान्यता नेपालगन्ज म्याराथनको रुटले पाएको छ । यसपटक मंसिर २४ गते नेपालगन्ज म्याराथन हुदैछ । ‘हिजो बुधबार राति मात्र […]
September 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को च्याम्पियन ट्रफी सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा प्रदर्शन गरिएको छ । ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्टको नेतृत्वमा सदस्यहरु दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टिमकी कप्तान अरुणा शाही र […]
September 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा सर्वाधिक पदक जित्ने नेपाली ओलम्पियन पौडीकी गौरिका सिंह राष्ट्रदीपबाट विभूषित हुने भएकी छन् । संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदक विभूषित गर्ने घोषणा गर्दा गौरिका समेटिएकी छिन् । राष्ट्रदीप विभूषण पाउने दुई मध्ये गौरिका एक हुन् । अर्को प्रहरी […]
September 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा यसै महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरको पहिलो दिन सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शनिबार ट्रफी प्रदर्शन गरिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रफी सार्वजनिक गरेका थिए । सो अवसरमा प्रदेशका खेलकुद मन्त्री समेत रहेका गोविन्द बोहेरा, प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दिपक सिंह, प्रदेशका ९ […]
September 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा अर्को महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका छन् । ट्रफी टुर सुरु हुने अघिल्लो दिन प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रफी सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुदको ट्रफी टुर सुदूरपश्चिमाञ्चल प्रदेशबाट शनिबार सुरु हुँदैछ । सहभागी ११ मध्ये एनआएनएबाहेक सबै […]
September 14, 2022
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशको पोखरामा ३० दिनपछि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आधिकारिक प्रोमो सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पोखरामा नवौंको ३० दिने काउण्टडाउन कार्यक्रम दौरान राखेपको युट्युब च्यानल र राखेपको वेबसाइटबाट आधिकारिक प्रोमो सार्वजनिक गरेको हो । प्रोमो जिंगल गायक तथा संगितकार […]
September 14, 2022
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा एक महिनापछि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका र खेलस्थल तय गरेको छ । आयोजक राखेपले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुदको लागि पाँच जिल्लामा मात्रै खेल आयोजना गर्ने गरी खेल तालिका […]