default_image

राष्ट्रिय खेलकुद परिषद्

March 4, 2023

एसियन क्रस कन्ट्रीमा भाग लिने खेलाडी आउन थाले

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा भाग लिन विदेशी खेलाडी आउने क्रम सुरु भएको छ । जापानका २ खेलाडी युआ सारुमिडा र डाइची कामिनोसहित ४ सदस्यीय टोली शनिबार काठमाडौं आइपुगेका छन् । सारुमिडाले सिनियर महिला १० र कामिनोले सिनियर पुरुष १० किलोमिटरमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल एथलेटिक्स संघका […]

March 3, 2023

राखेप सदस्य सचिव घिसिङ अस्वस्थ

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ अस्वस्थ भएका छन् । गत बिहीबारदेखि सदस्य सचिव घिसिङ अस्वस्थ रहेको राखेपले जनाएको छ । अस्वस्थ भएपछि बिहीबारै कीर्तिपुरस्थित नेसनल आयुर्वेदा रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा भर्ना भएका सदस्य–सचिव घिसिङलाई शुक्रबार डिचार्ज गरिएको छ । उनलाई चिकित्सकले केहि दिन आराम गर्न सल्लाह दिएको […]

March 3, 2023

शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्षमा चुनिए

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्ष चयन भएका छन् । माल्दिभ्समा मंगलबार भएको महासंघको साधारण सभाले नेतृत्व चयन गरेको हो । साधारण सभाले भारतका ललित बनोटलाई अध्यक्ष चयन गर्दै कार्यसमितिका अन्य पदाधिकारी र सदस्य चुन्ने जिम्मेवारी दिएको शाहले जानकारी दिए । सोही निर्णय अनुसार आफूसहित दक्षिण […]

March 2, 2023

कराते महासंघको निर्वाचत चैत ११ मा

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल मध्येको एक करातेको अभिभावक संस्था नेपाल कराते महासंघको निर्वाचन अर्को महिना हुने तय भएको छ । विगतमा लामो समयको विवाद र अन्य कारणले एक दशक भन्दा लामो समयदेखि निर्वाचन हुन नसकेको महासंघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता नयाँ नेतृत्व पाउने भएको छ । […]

February 24, 2023

सदस्य–सचिव घिसिङद्वारा जग्गाको अवलोकन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न स्थानमा रहेका जग्गाको शुक्रबार अवलोकन गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले सदस्य–सचिव घिसिङलाई सोम तीर्थ, गोठाटारको इचोटस्थित पशुपति विकास कोष, मूलपानी चौर, थली चौर, डाँछी र अधिकारी गाँउमा रहेका जग्गाको अवलोकन गराएका हुन् । अवलोकनका क्रममा […]

February 20, 2023

सन्तोषी प्रशिक्षणका लागि इथोपिया पुग्दै

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता धाविका सन्तोषी श्रेष्ठ सोमबार (आज) इथोपिया पुग्दैछिन् । ग्लोबल स्पोर्टस कम्युनिकेसनको छात्रबृति एक महिना भन्दा लामो प्रशिक्षणका लागि सन्तोषी आइतबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेकी थिइन् । एनआरएनए स्पोर्टस फाउन्डेसनले उनलाई छात्रबृति दिलाउनका लागि पहल गरेको थियो । उनको प्रशिक्षणमा इयर्ली ट्रष्टको आर्थिक सहयोग रहेको […]

February 16, 2023

राखेप कर्मचारी संघको अधिवेशन सुरु

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को छैटौं अधिवेशन नेपालगन्जमा बिहीबारदेखि सुरु भएको छ । अधिवेशनको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरे । अधिवेशनले शुक्रबार नयाँ नेतृत्वको चयन गर्ने छ । अधिवेशनले बढुवा तथा पदपूर्ति, अस्थायी, करार तथा मासिक ज्यालादारी कर्मचारीहरुलाई उपदानको व्यवस्था, प्रशिक्षण केन्द्रको स्थापना गरी व्यवस्थित र निजामती (सिभिल) अस्पतालको स्वास्थ्य […]

February 11, 2023

दर्ता सम्बन्धी कार्यलाई थप मर्यादित र व्यवस्थित बनाइने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दर्ता चलानी फाँटबाट सम्पादन गरिने दर्ता सम्बन्धी कार्यलाई थप मर्यादित र व्यवस्थित बनाउने भएको छ । जसअन्तर्गत राखेपसंग सम्बन्धित सरकारी, अर्ध सरकारी एवं गैर सरकारी कार्यालय, राखेपमा आबद्ध संघ–संस्था, क्लब, डोजो आदिका खेलकुदसंग सम्बन्धित कार्यका लागि राखेपमा (कागजात-फर्म-निवेदन) आदि दर्ता गर्नु पूर्व सम्बन्धित विभाग वा शाखाबाट […]

February 11, 2023

खेलकुद विश्वविद्यालय कार्यदलले राखेपलाई आशय पत्र बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद विश्वविद्यालय कार्यदलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आशय पत्र हस्तान्तरण गरेको छ । विश्वविद्यालयकी सह–संयोजक गीता क्षेत्री राणाले राखेप सदस्य–सचिव टंकलाल घिसिङलाई प्रस्तावित आशय पत्र हस्तान्तरण गरिन् । आशय पत्रमा समस्याका पहिचान, लक्ष्य, खेलकुद विश्वविद्यालयको उद्देश्य, औचित्य, खेलकुद विश्वविद्यालय स्थापना गर्न थप आवश्यक आधार, खेलकुद विश्वविद्यालयको आधारभूत चरित्र, सम्भावित चुनौती, […]

February 7, 2023

एएफसीको सदस्यमा निर्वाचित नेम्वाङलाई सदस्य–सचिवको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली फुटबल महासंघ (एएफसी) को कार्यकारी समितिको सदस्यमा निर्वाचित अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्वाङलाई बधाइ दिएका छन् । सदस्य–सचिव घिसिङले मंगलबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा नेम्वाङलाई सदस्यमा निर्वाचितमा भएको बधाइ दिदै नेपाली फुटबलसंगै एसियाली फुटबलको विकासमा नेम्वाङले महत्वपूर्ण निर्वाह गर्न सफलताका लागि शुभाकामना […]

Success

Thank you for your time.