default_image

राष्ट्रिय खेलकुद परिषद्

September 14, 2023

एसियाड जाने खेलाडीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुद (एसियाड) मा भाग लिने खेलाडीको बिदाई गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाई गरेका हुन् । असोज ६ गतेदेखि सुरु हुने एसियाडको उद्घाटनमा आफू पनि सहभागी हुने प्रधानमन्त्री दाहालले बिदाई कार्यक्रमको अवसरमा जानकारी गराए । त्यो क्षण आफ्ना […]

September 14, 2023

विष्टले वल्र्ड ओलम्यिन्स फोरममा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले वल्र्ड ओलम्पियन्स एसाोसिएसनको वल्र्ड आोलम्पियन्स फोरममा भाग लिने भएका छन् । टर्कीको स्तानबुलमा शनिबार र आइतबार दुई दिन हुने फोराममा विष्टले भाग लिनेछन् । विष्ट बिहीबार राती त्यसतर्फ प्रस्थान गर्दैछन् । फोरममा विश्वका १ सय ५० भन्दा बढी ओलम्पिन्स संघका प्रतिनिधिको सहभागिता रहनेछ । संघले पछिल्लो […]

September 11, 2023

घिसिङ एसियाडका लागि नेपाली टोलीको सेफ दि मिसन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ अर्को महिना चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) का लागि नेपाली टोलीको सेफ दि मिसन चयन भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को सोमबार बसेको १६ औं कार्यकारी बैठकले घिसिङलाई सफ दि मिसन मनोनित गरेको एनओसीले जनाएको छ । एनओसीका […]

September 7, 2023

अन्तर प्रदेश खेलकुद हरेक वर्ष आयोजना हुने

हेटौडा (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास समितिहरुले प्रत्येक बर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्ने भएका छन् । हेटौंडामा बसेको प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरुको बैठकले प्रदेश खेलकुद गर्ने निर्णय गरेको हो । प्रदेश खेलकुदहरुले आलोपालो रुपमा प्रतियोगिता आयोजना गर्ने भएका छन् । बागमती प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको […]

August 22, 2023

दक्षिण एसिया जुनियर ब्याडमिन्टनमा श्रीलंकालाई ९ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी कविर केसी र अभय महराको जोडीले दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिपको यु १७ मा पुरुष डबल्समा रजत पदक जितेका छन् । सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्ड हलमा मंगलबार भएको फाइनलमा बंलादेशका रजोन मिया र एसएसएम सिफत उल्लाहको जोडीले कविर र अभयको जोडीलाई २१–११, २१–११ को सोझो सेटमा पराजित गर्दै स्वर्ण […]

August 21, 2023

कविर र अभयको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कविर केसी र अभय महराको जोडी दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिप अन्तर्गत यु १७ डबल्सको फाइनलमा पुगेको छ । कविर र अभयको जोडीले ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको व्यवस्थानमा सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्ड हलमा जारी च्याम्पियनसिपमा माल्दिभ्सका खेलाडीलाई हराउँदै अन्तिम दुईमा प्रवेश गरेको थियो । कविर र […]

August 20, 2023

बागमतीले अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ । परिषद्का अध्यक्ष तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा काठमाडौंमा आइतबार बसेको बोर्ड बैठकले अन्तर प्रदेश राष्ट्रिय खेलकुद यसै वर्षको फागुन २४ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका […]

August 20, 2023

दुवैतर्फ श्रीलंका टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिपको यू १५ र यू १७ दुवैको मिक्स टिम इभेन्ट्सको उपाधि श्रीलंकाले जितेको छ । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहल जारी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपको शनिबारभएको यु–१५ तर्फको फायनलमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्दै उपाधि […]

August 20, 2023

हङकङ चाइना र थाइल्यान्डलाई रग्बी उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बी यू २० सेभेन्सको पुरुषतर्फ हङकङ चाइना र महिलातर्फ थाइल्यान्ड च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा हङकङ चाइनाले मलेसियालाई १९–१४ ले पराजित ग¥यो । चाइनिज ताइपेईं तेश्रो भयो । पुरुषमा ७ राष्ट्रले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी […]

August 18, 2023

एसिया रग्बी यू २० सेभेन्सको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)– एसिया रग्बी यू २० सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सबै तयारी पूरा भएको नेपाल रग्बी संघले जनाएको छ । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार र आइतबार हुनेछ । नेपालले रग्बीको प्रतियोगिता आयोजना हुन लागेको यो दोस्रो पटक हो । गत वर्ष एसिया रग्बी यू […]

Success

Thank you for your time.