default_image

राष्ट्रिय खेलकुद परिषद्

October 5, 2023

५ नेपाली खेलकर्मीलाई ओसिएको सम्मान

हाङ्गचौं (हाम्रो खेलकुद) – ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले बिहीबार नेपालका पाँच खेलकर्मीलाई कदर पत्रसहित सम्मान गरेको छ । हाङ्गचौं एसियाली खेलकुद (एसियाड) को प्रवर्द्धन तथा प्रचार प्रसारमा महत्त्वपूर्ण भुमिका खेलेकोले यो सम्मान गरेको हो । एसियाडको तयारीमा सहयोग गरेको र ओलम्पिक भावनालाई जनमानसमा पुर्याउन उल्लेखनीय काम गरेको भन्दै ओसिएले सम्मान गरेको जनाएको छ […]

October 5, 2023

गणेश क्यानोइङको सेमिफाइनल चरणमा

हाङ्गचौं (हाम्रो खेलकुद) – चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन् । दुई चरणको हिट्समा सहभागी गणेश शुक्रबार सेमिफाइनल चरणमा पुगेका हुन् । क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छन् । गणेश पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४ औं भए । पहिलो हिट्सबाट ८ […]

October 5, 2023

एसियाको भारोत्तोलनमा विशालको कीर्तिमान

हाङ्गचौं (हाम्रो खेलकुद )- चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) को भारोत्तोलनमा नेपाली विशालसिंह विष्टले बिहीबार दुर्लभ कीर्तिमान स्थापित गरेका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३ सय १ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गरे । यसअघि […]

October 4, 2023

गोपीको व्यक्तिगत प्रदर्शनमा सुधार

हाङ्गचों (हाम्रो खेलकुद) – गोपीचन्द्र पार्कीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ५ हजार मिटर दौडमा व्यक्तिगत प्रदर्शनमा सुधार गरेका छन् । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा बुधबार गोपीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे । यसअघि उनको व्यक्तिगत उत्कृष्ट समय १४ मिनेट ५४.२० सेकेन्ड थियो । उनले सन् २०१९ मा […]

October 4, 2023

एसियाड कबड्डीमा नेपाललाई कम्तीमा कास्य पदक पक्का

सुबास हुमागाईं, हाङ्गचौ नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ । समूहको अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई ५४–१६ ले हराएसँगै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा पराजित हुने दुवै टोलीले पदक पाउने भएकाले नेपालले कम्तीमा कास्य पदक पक्का गरेको […]

October 3, 2023

एसियाड ब्याडमिन्टन – रसिला प्रिक्वाटरफाइनलमा

हाङ्गचौं (हाम्रो खेलकुद) – चीनकोको हाङ्गचौंमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् । बिन्जियाङ जिम्न्याजियममा मंगलबबार मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा हराउन्दै रसिला अघिल्लो चरणमा पुगेकी हुन् । रसिलाले १५ मिनेटमै खेलको नतिजा आफ्नो पक्षमा पारेकी थिइन् । मंगलबार नेपालले […]

October 1, 2023

आर्चरीमा चारै खेलाडी अघिल्लो चरणमा

हाङ्गचौं (हाम्रो खेलकुद) – चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत आर्चरीको पहिलो दिन आइतबार नेपालका चारै खेलाडीले प्रतिस्पर्धा गरेका छन् । महिलामा इमायुङ राई र मन्जु बजगाई तथा पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन छनोट चरण पार गर्न सफल भए । चारैले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पुरुष व्यक्तिगत रिकर्भको ७० […]

October 1, 2023

विदेश भ्रमण मोहले बदनाम नेपाली खेलकुद

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं खेलकर्मीमा देखिने विदेश भ्रमण मोहका कारण नेपाली खेलकुद लामो समयदेखि बदनाम छ । खेल क्षेत्रमा आदर्शवादी मानिएकाहरु पनि विदेश घुम्ने मोहमा नराम्ररी चिप्लिएका थुप्रै उदाहारण छन् । अझ कति त खेल प्रतियोगितामा भाग लिन विदेश गएर वर्षौं नफर्केका पनि नेपाली खेलकुद वृत्तमा छन् । चीनको हाङ्गचौंमा जारी १९ औं एसियाली […]

September 21, 2023

पुष्पा र राजनलाई लि निङको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – खेल पोशाक तथा समाग्री निर्माण कम्पनी लि निङले एसियाली खेलकुद (एसियाड) मा भाग लिने नेपाली म्याराथन धावकद्धय पुष्पा भण्डारी र राजन खत्रीलाई प्रायोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बिहीबार कार्यक्रममार्फत खेलाडीलाई लि निङको किट्स हस्तान्तरण गरिएको थियो ।राखेपका निमित्त सदस्य सचिव सम्राट कुसारी, लि निङको नेपालका लागि आधिकारिक […]

September 17, 2023

गोल्डेनगेट र ग्रिनफिल्डलाई थ्री बाइ थ्री बास्केटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि गल्र्सतर्फ गोल्डेनगेट इन्टरनेसनल र ब्वाइजतर्फ ग्रिनफिल्डले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा गोल्डेनगेटले जेभियरलाई १६–२ ले हरायो । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रिनफिल्डले मनास्लु वल्र्ड कलेजलाई २१–१७ ले पराजित […]

Success

Thank you for your time.