November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई एसिया रग्बीले सेवा पुरस्कारबाट सम्मान गरेको राखेपले जानकारी दिएको छ । नेपाल रग्बी संघका पूर्व अध्यक्ष समेत रहेका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनिय भूमिका निर्वाह गरेको सम्मान गरिएको हो । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा घिसिङलाई […]
November 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । दीपावली तथा नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पशुपति देवपाटनको पशुपति सिर्जनशील युवा क्लबले लामालाई मंगलबार सम्मान गरेको हो । क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक सुमन डंगोल, काठमाडौं क्षेत्र नं. ४ का सांसद गगनकुमार थापा, बागमती […]
October 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङ्गचौंमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) पदक विजेता टोलीका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई आज मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलम स्वागत गरिएको छ । करातेकी रजत पदक विजेता एरिका गुरुङ र महिला कबड्डी टोलीलगायत उनीहरुका प्रशिक्षक, व्यवस्थापकलाई सांसद बद्री पाण्डे, देवेन्द्र पौडेल, नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव […]
October 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का नेपाली पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियल टोली मंगलबार स्वदेश आइपुगेको छ। हाङ्गचौंमा आइतबार सम्पन्न एसियाडमा नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने भनेको र्याली स्थगित भएको छ । इजरायलमा हमासको आक्रमणमा परी १० नेपाली […]
October 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १९ औं एसियाली खेलकुद (एसियाड) का पदक विजेता खेखलाडी, प्रशिक्षक र अफिसियलको सम्मानमा र्याली हुने भएको छ । चीनको हाङ्गचौंमा आइतबार सम्पन्न १९ र्औ एसियाडमा पदक जित्ने खेलाडी, प्रशिक्षक र अफिसियल मंगलबार स्वदेश आइपुग्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक […]
October 7, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – गणेश गुरुङ १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको आठौं भएका छन् । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनल चरणमा गणेश आठौं भएका हुन्। उनले कोरिया र हङकङका खेलाडीलाई पछि पारेका थिए। यसअघि शनिबार नै गणेश शीर्ष दशमा रहँदै फाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार हिट चरणमा शीर्ष १६ […]
October 7, 2023
हाङ्गचौं (हाम्राे खेलकुद) – मंगोलियामाथि रोमाञ्चक जित निकाल्दै नेपाली राष्ट्रिय टोलीले १९औं एसियाली खेलकुद (एसियाड) को महिला भलिबलमा ११औं स्थान हासिल गरेको छ । शनिबार भएको क्लासिफिकेसन खेलमा मंगोलियामाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै नेपालले ११औं स्थान हासिल गरेको हो । डिक्विङ स्पोर्ट्स सेन्टर जिम्नासियममा शनिबार भएको खेलमा नेपालले पहिलो सेट १७–२५ ले गुमायो […]
October 6, 2023
हाङ्गचौं (हाम्रा खेलकुद)– नेपाली राष्ट्रिय टोलीले १९ औं एसियाली खेलकुद (एसियाड) को महिला भलिबलको ११ औं स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । नवौँ देखि १२ औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन खेलमा शुक्रबार नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएपछि ११ औं स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको हो । हाङ्गचौं नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको […]
October 6, 2023
सुबास हुमागाईं, हाङ्गचौकरातेका विप्लवलाल श्रेष्ठले १९औं एसियाली खेलकुद (एसियाड ) मा कास्य पदकबाट चुकेका छन् । चीनमा जारी एसियाडमा विप्लव ८४ केजी माथिको तौल समूहको तेस्रो स्थानको प्रतिस्पर्धामा साउदी अरेबियाका खेलाडीसँग पराजित भएका हुन् । पहिलो खेलमा ताजिकिस्तानका खेलाडीलाई १२- ४ ले हराएका विप्लव अर्को खेलमा कीर्गिस्तानका खेलाडीसँग ५-१ ले पराजित भएका थिए । विप्लव […]
October 6, 2023
हाङ्गचौं (हाम्रो खेलकुद)- चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ। हाङ्गचौंको जिआओसान गुआली स्पोर्ट्स सेन्टरको मा भएको सेमिफाइनलमा भारतसँग ६१-१७ ले पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको हो। समूह ‘बी’ मा इरानसँग पराजित हुनुअघिको खेलमा बंगालदेशलाई हराउँदै नेपालले अघिल्लो चरणको सम्भावना बनाएको थियो। समूह उपविजेता बनेसँगै […]