default_image

राष्ट्रिय खेलकुद परिषद्

August 7, 2024

राखेप उपाध्यक्षको कार्यकाल पूरा गर्दै कोइराला बिदा भए‌

काठमाडौं (हाम्रो खेलकुद)- खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नु पर्ने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्षको चार बर्षे पदावधि सकिएर विदा भएका शिव कोईरालालाई सम्मान गर्दै मन्त्री चौधरीले खेलकुदका योजना बनाउँदा खेलाडीको सुविधलाई प्रहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् । मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन […]

August 5, 2024

दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा गराउने प्रयासमा छौं – मन्त्री चौधरी

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने उल्लेख गर्दै भविष्यमा राजनीतिज्ञहरूका लागि पनि यो मन्त्रालय रोजाईमा पर्ने तवरबाट काम गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रमका अवसरमा मन्त्री चौधरीले खेलकुद क्षेत्रमा धेरै सम्भावना रहेको र आफ्नो कार्यकालमा […]

August 4, 2024

बागमतीका खेलकुद मन्त्री महर्जनको खेलाडीसँग अन्तरक्रिया

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनसँग विभिन्न खेलका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीसँग आइतवार अन्तरक्रिया गरेका छन्। कार्यक्रममा खेलक्षेत्र बुझेको व्यक्ति प्रदेशको खेलकुद मन्त्री नियुक्त भएकोमा बागमती प्रदेशको खेल गतिविधिमा सकारात्मक प्रभाव पर्ने आशा खेलाडीले राखेका छन् । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) ३ […]

August 4, 2024

पदक विजेता बिच भलिबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा पदक जितेको नेपाली महिला र पुरुष टोली आइतवार स्वदेश आइपुगेको छ। कमला पुन र मनिषा चौधरीको जोडीले स्वर्ण पदक तथा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले रजत पदक जितेको थियो। नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित पदाधिकारीले बिच टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कमला […]

August 4, 2024

एसियाडकी रजत पदक विजेता एरिका सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी‌ रजत पदक विजेता एरिका गुरुङ लायन्स कर्पोरेट सोसियल अवार्डबाट सम्मानित भएकी छिन्। लायन्स इन्टरनेसनलले‌ शनिबार आयोजना गरेको कार्यक्रममा खेलकुदबाट एरिकासहित अलग क्षेत्रका व्यक्तित्वहरु एकैथलोमा सम्मानित भएका हुन्। एरिकालाई इलेक्ट्रिक स्कुटर प्रदान गरिएको थियो।एरिकाले गत वर्ष चीनको हाङजाउमा भएको १९ औं एसियाली खेलकुदमा एरिकाले ६८ केजी तौल समूहमा रजत पदक जितेकी […]

July 26, 2024

ओलम्पिक आज सुरु हुँदै, स्यान्टु र प्रिन्सले भोलि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– विश्व खेलकुदको महाकुम्भका रुपमा स्थापित ओलम्पिकको ३३ औं ग्रिष्मकालिन ओलम्पिक ‘पेरिस ओलम्पिक) आज औपचारिक सुरुवात हुँदैछ । नेपाल समय अनुसार राति ११ः१५ बजे ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ । विश्वका २ सय ६ देशका १० हजार भन्दा बढी खेलाडीको यसपटकको ओलम्पिकका सहभागिता रहनेछ । पेरिस सहरलाई उद्घाटन समारोहका लागि प्रयोग गरिने बताइएको […]

July 25, 2024

महर्जन बागमतीको युवा तथा खेलकुद मन्त्री‌ नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- पुराना करातेकर्मी मीन कृष्ण महर्जन बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री‌ नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो । लामाले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन् । महर्जनसँगै कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने र बिमल […]

July 19, 2024

राष्ट्रपतिद्वारा पेरिस ओलम्पिकका सहभागी टोलीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)–राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औं गृष्मकालीन पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीसहितको टोलीलाई बिदाइ गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमका राष्ट्रपति पौडेलले नेपाली टोलीका सेभ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए । बिदाइका क्रममा राष्ट्रपति पौडेलले खेलकुद […]

July 18, 2024

‘एक टिम भएर अगाडि बढ्न तयार’ – खेलकुद मन्त्री चौधरी

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक टिम भएर अगाडि बढ्न तयार रहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष समेत रहेका खेलकुद मन्त्री चौधरीले उनको सम्मानमा राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रम सो कुरा बताएका हुन् । ‘म मन्त्री भएको केहि दिन मात्र भएको छ […]

July 16, 2024

खेलकुद मन्त्री चौधरीलाई राखेप कर्मचारी संघको बधाई

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बधाई दिएको छ । कर्मचारी संघका अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतलगायतका पदाधिकारीले सिंहदरबारस्थित कार्यकक्षमा खेलकुद मन्त्री चौधरीलाई भेट गरी बधाइ दिदै कार्यकालको सफलताका लागि शुभकामना दिए । सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङको पनि उपस्थिति थियो । खेलकुद […]

Success

Thank you for your time.