default_image

एसियाड

September 23, 2023

भव्य उद्घाटनसँगै एसियाली खेलकुदको औपचारिक सुरुवात

सुबास हुमागाईं, हाङ्गचौ हाङ्गचौस्थित ओलम्पिक रंगशालामा झन्डै १ घण्टा चलेको अधिकारिक कार्यक्रम र २५ मिनेट लामो विविध प्रदर्शनीले चीन विश्व खेलकुद मात्र नभएर प्रविधि र प्रस्तुतिमा कुन स्तरमा छ भन्ने पुष्टि गरेको छ । वातावरणमा हुने असरलाई ध्यानमा राख्दै यसपटक उद्घाटन समारोहमा कुनै किसिमको आतिशबाजी भएन । प्रविधि र खेलकुदको मर्मलाई एकसाथ प्रस्तुत गर्ने प्रयासमा […]

September 23, 2023

सरुले एसियाडका बाँकी खेल गुमाउने

हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […]

September 23, 2023

टेबल टेनिसको टिम इभेन्टमा नेपालको चुनौती समाप्त

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालको महिला र पुरुष टेबल टेनिस टोली १९ औं एसियाली खेलकुदको टिम इभेन्टमा समूह चरणबाट नै बाहिरिएका छन् । शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समूह चरणको दोस्रो खेलमा महिला टोली समूह एफमा दक्षिण एसियाको भारतसँग पराजित हुँदा पुरुष टोलीले उत्तर कोरियासँग हार बेहोरेको हो । दुवै खेलमा नेपाल ३-० ले पराजित […]

September 22, 2023

एसियाडमा अनुभव बटुल्दै भलिबल रेफ्री चौलागाईं 

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालका अन्तर्राष्ट्रिय भलिबल रेफ्री पूर्ण प्रसाद चौलागाईं  चीनको हाङ्गचौमा जारी १९ औं एसियाली खेलकुदको पुरुष भलिबलमा खेल संचालनका क्रममा विभिन्न जिम्मेवारी निर्वाह गरेका छन् । उद्घाटन समारोह अघि नै सुरु भएको पुरुष भलिबलमा चौलागाईंले विगत चार दिन देखि हरेक दिन जिम्मेवारी पाउँदै आएका छन् । शुक्रबार उनले जापान र काजक्सतानबीचको खेलमा […]

September 22, 2023

वीर र निमाले एसियाड उद्घाटनमा नेपालको झन्डा बोक्ने

हाङ्गचौ (हाम्रो खेलकुद) – सागका स्वर्ण पदकधारी खेलाडीद्वय वीर बहादुर महरा र निमा घर्ती मगरले १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा नेपालको झन्डा बोक्ने भएका छन् । १२ औं र १३ औं दक्षिण एसियाली खेलकुदमा उसुतर्फ स्वर्ण पदक जितेकी निमा र १३ औं सागमा तेक्वान्दोमा स्वर्ण जितेका वीरले उद्घाटन समारोहको मार्च पासमा नेपालको झन्डा बोक्ने […]

September 22, 2023

महिला फुटबलमा नेपाल भिएतनामसँग पराजित

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ औं एसियाली खेलकुद अन्तर्गत समूह डी को पहिलो खेलमा भिएतनामसँग हार बेहोरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खाएसँगै २-० को हार बेहोरेको हो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एनले गोल गरेकी थिइन् । थि […]

September 22, 2023

टेबल टेनिसमा हार, रुविनले जापानी खेलाडीविरुद्ध‌ सेट जिते

हाङ्गचौ (हाम्रो खेलकुद) – १९ अ‍ौें एसियाली खेलकुद अन्तर्गत टेबल टेनिसको प्रारम्भिक चरणमा नेपालले पहिलो दिन महिला र पुरुष दुवैको टिम इभेन्टमा हार बेहोरेको छ । पुरुषतर्फ जापानसँग ३-१ ले हारेपनि १७ वर्षीय रुविन महर्जनले तोमोकाजु हारिमोटोविरुद्ध पहिलो सेट जित्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । जापानविरुद्ध नेपालका कुनैपनि खेलाडीले सेट जितेको यो पहिलो अवसर […]

September 22, 2023

एसियाडमा आज नेपालले महिला फुटबल र टेबल टेनिसमा प्रतिस्पर्धा गर्दै

हाङ्गचौ (हाम्रो खेलकुद) – एसियाली खेलकुदको १९ औं संस्करण अन्तर्गत उद्घाटन समारोहको अघिल्लो दिन नेपालले २ खेलको तीन स्पर्धामा सहभागिता जनाउँदैछ । नेपालले आज दिउँसो १:४५ बजे (स्थानीय समय ४ बजे) महिला फुटबलमा भिएतनामको सामना गर्दैछ । समूह डी मा रहेको नेपालले यसपछि जापान र बंगलादेशसँग खेल्नेछ । पुरुष फुटबलमा भने नेपालले सहभागिता जनाएको छैन […]

September 21, 2023

थ्री बाई थ्री बास्केटबल टोलीलाई नेबा र लिङको विदाई

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केबल संघ (नेबा) र राष्ट्रिय बास्केटबल टोलीको प्रायोजक लि निङले संयुक्त रुपमा १९ औं एसियाली खेलकुद (एसियाड) मा भाग लिने नेपाली थ्री बाई थ्री महिला टोलीको विदाई गरेको छ । सोही अवसरमा लि निङको जुत्ता, जर्सी र अन्य किट्स टोलीकी कप्तान श्रेया खड्का, गरिसा सिलवाल, मिना गुरङ, रिन्चेन मोक्तान तथा प्रशिक्षक […]

September 20, 2023

एसियाड भलिबल: इरानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘बी’ को खेलमा नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै एसियाडमा लगातार दोस्रो हार बेहोरेको हो । चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा बलियो इरानविरुद्ध नेपालको प्रदर्शन तीनै सेटमा […]

Success

Thank you for your time.