September 2, 2018
जाकर्ता (हाम्रो खेलकुद) – चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित १८औं एसियाली खेलकुद समापन भएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा १८ औं एसियाली खेलकुदको एक भव्य समारोहबीच समापन भयो । आइतबार भएको भव्य समारोहमा कोरियाका पप स्टार सुपर जुनियर र आइकोनसँगै भारतीय कलाकार सिद्धार्थ स्लाथियाले पनि आफ्नो प्रस्तुती दिएका थिए । […]
September 2, 2018
जाकार्ता (हाम्रो खेलकुद) – नेपाललाई इन्डोनेसियामा आज सम्पन्न हुने १८ औं एसियाली खेलकुदमा नेपाललाई पदक विहिन हुनबाट जोगाउने प्याराग्लाइडिङ पुरुष टोली आज स्वदेश फर्कदैछ । विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा रहेको टोलीले पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको थियो । सबै खेलाडीले टाक्स पुरा गर्दै नेपाललाई दोस्रो पटक रजत […]
August 31, 2018
जाकार्ता (हाम्रो खेलकुद) – एसियन गेम्स अन्र्तगतको जुडोको ७८केजी तौल समूहमुनि नेपालकी पुनम श्रेष्ठ रेपिचेजमा पराजित भएकी छन् जेसीसी प्लेनरी हलमा शुक्रबार भएको खेलमा पुनम रेपिचेजमा काजकस्तानकी जरिना राइफोभासँग १०–३ ले पराजित भइन् । ३ मिनेट २ सेकेन्ड टिकेकी पुनमले ३ सिदो पाइन् । पुनमले पनि विपक्षी खेलाडीमाथि १ सिदो लिन सफल भएकी थिइन् । […]
August 30, 2018
जाकार्ता (एजेन्सी)-जाकार्ता इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत महिला १५ सय मिटर दौडमा नेपालकी सरस्वती भट्टराई आफ्नो प्रदर्शन सुधार्नबाट १ सेकेन्डले चुकेकी छन् । जिबिके मेन स्टेडियममा भएको स्पर्धामा उनले निर्धारित दुरी ४ मिनेट ३४.२६ सेकेन्डमा पूरा गरिन् । जुन उनैले रियो ओलम्पिकमा राखेको समयभन्दा १ सेकेन्ड कम हो । रियो ओलम्पिकमा सरस्वतीले ४ मिनेट ३३.९४ […]
August 30, 2018
जाकार्ता (हाम्रो खेलकुद) – एसियन गेम्समा अन्र्तगतको जुडोमा नेपालले खराव प्रदर्शन गरेको छ । बुधबार पहिलो दिन इन्द्र बहादुर श्रेष्ठ र देविका खड्का पराजित हुदा बिहिबार तीन खेलाडी पराजित भएको हो । जेसीसी प्लेनरी हलमा बिहिबार भएको खेलमा दक्षिण एसियायली खेलकुद (साग) की स्वर्णधारी तथा ओलम्पियन फूपुल्हामु खत्री पराजित भएकै दिन पदकको अपेक्षा गरिएको मनिता श्रेष्ठ […]
August 30, 2018
काठमाडौं (एजेन्सी)– दक्षिण एसियायली खेलकुद (साग) की स्वर्ण पदक विजेता जुडोकी फूपूल्हामु खत्री इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा भने पहिलो खेल मै निराश भएकी छिन् । आयोजक इन्डोनेसियाकी युली अर्डिलिया फार्दिफ्थासँग महिला जुडोको अन्तिम १६ मा १–० ले पराजित हुँदै फूपू एसियाडबाट बाहिरिएकी छिन् । खेलको ३०सेकेन्डमा युलीले वाजारी अंक प्राप्त गरेकी थिइन् । […]
August 29, 2018
जाकार्ता (एजेन्सी)-एसियन गेम्स अन्र्तगत बुधबारबाट शुरु जुडोमा नेपालका इन्द्र बहादुर श्रेष्ठ र देविका खड्का पहिलो चरणमै पराजित भएका छन् । जेसीसी प्लेनरी हलमा भएको पुरुष ६६ केजीमुनिको राउन्ड अफ ३२ को स्पर्धामा नेपालका इन्द्र बहादुर श्रेष्ठ उत्तर कोरियाका किम ह्योङ अनसँग १०–० ले पराजित भइन् । इन्द्र कोरियाली खेलाडीसँग १ मिनेट २१ सेकेन्ड मात्रै टिके […]
August 29, 2018
जाकार्ता (एजेन्सी)-इन्डोनेसियामा जारी एसियन गेम्स अन्र्तगत टेबल टेनिस अन्र्तगतको मिक्स डबल्स्मा नेपालको चुनौती समापत भएको छ । जेआइ एक्स्पो हल ‘बी’ मा बुधबार भएको मिक्स डबल्स्को स्पर्धामा नेपालक नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठको जोडी तथा अमरलाल मल्ल र स्वेच्छा नेम्वाङको जोडी प्रि–क्वाटरफाइलबाट बाहिरिएको हो । प्रि–क्वाटरफाइनलमा नविता र स्यान्टुको जोडी चीनका गाओ युयान लिन र […]
August 29, 2018
जाकार्ता (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिएको छ । एसियाडको १२औं दिन नेपालले प्याराग्लाइडिङ पुरुष क्रस कन्ट्रीमा रजतपदक जित्न सफल भएको हो । गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक जित्न सफल भएको हो । नेपाल स्वर्ण विजेता जापानभन्दा २७ […]
August 29, 2018
जाकार्ता (एजेन्सी) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदको १२औं दिन नेपालले प्याराग्लाइडिङबाट नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ । गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक पक्का गरेको छ । रजत जिते नेपालले एसियाडमा रजतपदक सङ्ख्या दुई पु¥याउनेछ । यसअघि तेक्वान्दोकी सविताराज भण्डारीले रजतपदक दिलाएकी थिइन् […]