default_image

स्नुकर

February 24, 2025

बुटवलमा मेयर ओपन स्नुकर सुरु

सुमन अधिकारी, बुटवल नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीको आयोजनामा प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता सोमवार सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्नुक सट हानेर प्रतियोगिताको उद्घाटन गरे। नेपालकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले ३ लाख ३ हजार, दोस्रोले १, लाख १ हजार र हाइएस्ट ब्रेक […]

January 14, 2025

बुटवलमा सर्वाधिक पुरस्कारको अल नेपाल स्नुकर हुने

सुमन अधिकारी,बुटवल बुटवलमा अर्को महिना सर्वाधिक पुरस्कार राशीको प्रथम अल नेपाल ओपन स्नुकर च्याम्पियनसिप हुने भएको छ । नेपाल बिलियाड्र्स स्नुकर एन्ड पुल एसोसिएसन रुपन्देही र खस्यौली स्नुकर क्लबको आयोजनामा फागुन १२ गते देखि स्नुकर प्रतियोगिता गर्न लागिएको एसोसियसनका अध्यक्ष सुजल पुनले बताएका छन् । सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा हुने प्रतियोगितामा देशभरबाट १ सय […]

October 1, 2024

शिशिरलाई जिल्लास्तरीय स्नुकरको उपाधि

सुमन अधिकारी, बुटवल भैरहवाका शिशिर गुरुङले आठौंं रुपन्देही जिल्लास्तरिय मेयरकप स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् । भैरहवामा मंगलवार भएको फाइनलमा शिशिर बुटवलका संजय कार्कीलाई ५–२ ले हराउँदै च्याम्पियन बनेका हुन्। उपाधिसँगै शिशिरले ६१ हजार रुपैयाँ र तथा संजयले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा सर्वाधिक ब्रेकर सुजन पुन मगरलाई १० हजार रुपैयाँ […]

September 25, 2022

सनोजलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – माजेका सनोज खड्गीले दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा आइतबार जित हात पारेका छन् । बौद्धस्थित आयोजक छोर्तेन स्नुकर क्लब, बौद्धमा भइरहेको प्रतियोगितामा सनोजले एक्सक्लुसिभका नुजल मानन्धरलाई ३–१ को फ्रेममा पराजित गरे । अन्य खेलमा स्टार युथ क्लबका सन्दिप मगरले एमजीएमका छिरिङ लामालाई ३–०, दिप लभका परिवेश रेग्मीले साम्भालाका विकास […]

September 24, 2022

रेगन र सुविनलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – लाजिम्पाटका रेगन श्रेष्ठ र खसौलीका सुविन थापा दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा शनिबार विजयी भएका छन् । रेगनले किङका उमेश भण्डारीलाई ३–० तथा सुविनले रेड बलका साइमन सुनवारलाई ३–२ को फ्रेममा पराजित गरे । छोर्तेन स्नुकर क्लब, बौद्धको आयोजनामा भइरहेको प्रतियोगितामा हटौंडाका नितेश खण्डवालले ब्रेक प्वाइन्टका अभिषेक आचार्यबाट वाक […]

September 23, 2022

निरज तेश्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – हेटौंडाका निरज श्रेष्ठ दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा शुक्रबार तेश्रो चरणमा प्रवेश गरेका छन् । छोर्तेन स्नुकर क्लब, बौद्धको आयोजनामा भइरहेको प्रतियोगितामा निरजले सेल्फका केसीलाई ३–१ को फ्रेममा पराजित गरे । विराटनगरका सरोज गौतम, खसौलीका गणेश थापा, दीप लभका परिवेश रेग्मी, बगरकोटका निर्मलकुमार तामाङ, पोखराका दीपेश क्षेत्री र खसौलीका […]

August 24, 2022

गोकर्णेश्वर मेयर कप स्नुकर यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – छोर्तेन स्नुकर क्लबको आयोजनामा दोस्रो संस्करणको गोकर्णेश्वोर मेयर कप खुल्ला स्नुकर प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता भदौं २५ गतेबाट हुने जानकारी गराएको हो । प्रतियोगितालाई नेपाल विलियडस, स्नुकर तथा पुल संघको प्राविधक सहयोग रहेको नेपाल बिलियर्ड, स्नुकर तथा […]

Success

Thank you for your time.