default_image

रग्बी

October 5, 2024

फिलिपिन्सलाई एसिया रग्बी सेभेन्समा दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ मा दोहोरो उपाधि जितेको छ। चाइनिज ताईपेईलाई पराजित गर्दै फिलिपिन्सले पुरूषतर्फको उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको फाइनलमा चाइनिज ताइपेईलाई २७-१४ को स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो । खेलको सुरूआतदेखि नै चाइनिज ताइपेईलाई फिलिपिन्सले दबाबमा राख्न सफल भएको थियो । […]

October 5, 2024

नेपाल सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिवार बिहान भएको खेलमा नेपालि पुरुष टोली कतारसँग ३३-० को स्कोरमा पराजित भएको हो। नेपाल समूहचरणका सबै खेलमा पराजित भएपछि मुख्य स्पर्धा बहिरको च्यालेन्ज खेल्न परेको हो । नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा […]

October 2, 2024

एसिया रग्बी इमिरेट्स सेभेन्सका लागि सहभागी टोली आउन थाले

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ मा भाग लिन अफगानिस्तानकाे पुरूष टाेली मंगलवार नेपाल आइपुगेकाे छ। आजै साँझ चाइिनज ताईपेई र फिलिपिन्सकाे महिला तथा पुरुष टाेली नेपाल आइपुगेका छन्। अफगानिस्तानको टोली हायत प्यालेस र बाँकी टोली होटेल लेमोन ट्री मा रहेको नेपाल रग्बी संघले जनाएको छ। करिब तीन महिनादेखि […]

September 29, 2024

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- नेपालको दुवै टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा भएको छ । संघले आइतवार महिला र पुरुष टोलीको घोषणा गरेको हो । एसिया रग्बी आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो । महिलातर्फ आशा कुँसार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता […]

September 26, 2024

एसिया रग्बीका अध्यक्ष धलाई नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद)- एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ का क्रममा एसिया रग्बी का अध्यक्ष कायस अल धलाई नेपाल आउने भएका छन् । धलाई असोज १८ गते नेपाल आइपुग्ने नेपाल रग्बी संघले जनाएको छ। एसिया रग्बीको आयोजना र रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ […]

September 18, 2024

एसिया रग्बी सेभेन्समा १७ राष्ट्रले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा काठमाडौंमा आयोजना हुने महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका‌ छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा असोज १८ र १९ गते हुने प्रतियोगितामा पुरुष तर्फ १४ तथा महिला तर्फ ८ टोलीले भाग लिने बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका […]

March 20, 2024

मुवाँथाई विश्व च्याम्पियनसिपमा गुणराजले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको सेमी प्रोको पुरुष ५४ केजीमा मंगलबार त्रिभुवन आर्मी क्लबका गुणराजले इटालीका ग्राभियल ओलारिउलाई पराजित गर्दै स्वर्ण पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । कक्षपतिका अनुसार यसअघि विश्व च्याम्पियनसिपको सेमी […]

February 24, 2024

गोर्खालीलाई रग्बी लिग उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गोर्खाली रग्बी राष्ट्रिय फिफ्टिन्स रग्बी लिग च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लबलाई शनिबार ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि जितेको हो । अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ५४–३ ले र दोस्रो खेलमा एपीएफलाई ४९–२० को स्कोरमा पराजित गरेको थियो । गोर्खाली रग्बी […]

February 21, 2024

गोर्खाली रग्वीसँग एपिएफको हार

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी फिफ्टिन्स रग्वी लिगमा गोर्खाली रग्वी क्लबले लगातार दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा लिग चरणमा खेलमा बुधबार गोर्खाली रग्वीले एपिएफ क्लबलाई पराजित ग¥यो । लगातार दोस्रो जित निकाल्ने क्रममा गोर्खाली रग्वीले एपीएफलाई ४९–२० को स्कोरमा हरायो । ६ अंकका साथ गोर्खाली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एपिएफ […]

February 18, 2024

फिफ्टिन्स रग्वीमा गोर्खाली र एपिएफको जित

काठमाडौं (हाम्रो खेलकुद) – फिफ्टिन्स रग्वी च्याम्पियनसिपको पहिलो दिन आइतबार गोर्खाली रग्वी क्लब र एपिएफ क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिामा गोर्खाली रग्वीले नेपाल पुलिस क्लब र एपीएफले साविक विजेता आर्मीलाई हराएको हो । पहिलो खेलमा गोर्खालीले पुलिसलाई ५४–३ को स्कोरमा पराजित गर्यो । दोस्रो सेटमा पुलिसले अंक जोड्न असफल […]

Success

Thank you for your time.