January 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ब्यायाम मन्दिरको आयोजनामा १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैतमा हुने भएको छ । धर्मश्री सँगै अन्य तीन विधा आगामी चैत ७ देखि ९ गतेसम्म कमलादीस्थित प्रज्ञा भवन कमलादीमा हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चैतको ७ गते वेइङ, चैत ८ गते प्र–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा […]
November 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले १५ औं वल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सिपका पदक विजेता खेलाडीसहितको टोलीलाई बुधवार स्वागत गरेको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नगर परिक्रमा पनि गराइएको थियो । माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा ४ नेपाली खेलाडीले पदक दिलाएका थिए । सबैले रजत पदक जितेका […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी सनम मुलगुठीले रजत पदक जितेकी छिन्। च्याम्पियनसिपमा सनमले शनिवार स्विम सुट इभेन्टमा रजत पदक आफ्नो नाममा लेखाएकी हुन् । यो स्पर्धामा १९ जनाले दाबेदारी प्रस्तुत गरेका थिए। सनमले नेपालमा सम्पन्न ५६औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। सनमले आजै मोडल […]
November 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले आज ३ वटा रजत पदक जितेको छ। नेपालको लागि शुक्रवार रुजेश शाही, रजनी श्रेष्ठ र प्रज्वलमान शाक्यले रजत पदक दिलाएका हुन् । रुजेशले ६० केजी तौल समूहमा रजत जिते । वल्ड च्याम्पियनसिपमा उनको त्यो तेस्रो पदक हो। उनले यसअघि सन् २०१५ […]
October 7, 2024
हिमाल खरेल, बिर्तामोड चौथो मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको उपाधि अभिजित राजवंशीले जितेका छन् । ७० केजी तौल समूहका उनले उपाधिसँगै १ लाख ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । उनले क्लासिक फिटनेसको प्रतिनिधित्व गरेका थिए । त्यस्तै, ६५ केजी तौल समूहका बिक्की राजवंशी दोस्रो भए । ग्यालेक्सी फिटनेसका उनले १ लाख १ हजार […]
September 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पाँचौं मिष्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको शव श्रद्धाञ्जलीका लागि शुक्रवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को परिसरमा राखिने भएको छ। काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सुरेश सुवेदीले श्रद्धाञ्जलीको लागि राईको शव दिउँसो २:३० बजेदेखि राखेप परिसरमा राखिने छ जानकारी दिए। संघले राईलाई श्रद्धाञ्जली दिन शारीरिक सुगठन […]
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चौधौं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार माल्दिभ्स जाने भएको छ । जुन ६ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८० केजीमा कृष्णप्रसाद श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । कृष्ण नेपालमा गत वर्ष काठमाडौंमा भएको ५५ औं एसियाली शारीरिक सुगठनका कांस्य पदक […]
February 25, 2024
सुमन अधिकारी,बुटवल फिटनेस हबका स्यामुयल गुरुङले दोस्रो मिस्टर उजिरसिंह बडिबिल्डिङ प्रतियोगिताको उपाधि जितेका छन् । प्रदेशस्तरिय वुमन फिजिक्सको उपाधि बुटवलकी रविना कुँवरले जितेकी छन् । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा बुटवलमा भएको प्रतियोगितामा ओभरअल क्याटगरीमा अन्य प्रतिस्प्रर्धीलाई पछि पार्दै स्यामुयलले उपाधि जितेका हुन् । उपाधिसंगै उनले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् […]
December 28, 2023
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी रजनी श्रेष्ठ सम्मानित भएकी छिन्। युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले रजनीलाई मन्त्रालयमै बोलाएर सम्मान गरेका हुन् । स्वास्थ्यमा समस्या देखिएसंगै शारीरिक व्यायम हुँदै बडी बिल्डिङतर्फ अन्तर्राष्ट्रिय पदक विजेता बन्न सफल भएकी श्रजनीको जीवन प्रेरणादायी रहेको बताउँदै मन्त्री लिम्बुले सरकारकोतर्फबाट आवश्यक सहयोग […]
December 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल व्यायाम मन्दिरको शनिबार भएको २३ औं साधारण सभाले नारायण प्रधानलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । प्रधान छैटौं पटक अध्यक्ष चुनिएका हुन् । २०१० सालमा स्थापित व्यायाम मन्दिर नेपालको अग्रणी खेल संस्था मध्येको हो । साधारण सभाले मन्दिरको बरिष्ठ उपाध्यक्षमा अजय बज्राचार्य, उपाध्यक्षमा नानी काजी डंगोल र अनिललाल श्रेष्ठ, महासचिवमा […]