default_image

रग्बी

December 7, 2022

यु–१८ अन्तर्राष्ट्रिय रग्बी शनिबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी गराए । पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्यान्ड, युएइ, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले […]

November 16, 2022

रग्बी टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बी च्याम्पियनसिप डिभिजन ३ साउथमा सहभागी हुन २६ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ । नेपाली राष्ट्रिय पुरुष टोलीले नोभेम्बर १९ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा १५ साइड स्पर्धामा प्रतिस्पर्धा गर्ने छ । नेपाली पुरुष टोलीले दोश्रोपटक १५ साइडमा खेल्न लागेको हो । बंगलादेशको ढाकामा […]

October 30, 2022

भारतमा हुने रग्वी १५ का लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – भारतको कोलकतामा हुने डिभिजन ३ रग्वी १५ प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ४० खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । टोलीका मुख्य प्रशिक्षक टंकराज गिरीले सोमबार देखि सुरु हुने प्रशिक्षणका लागि प्रारम्भिक चरणमा ४० खेलाडीलाई बोलाएका हुन् । रग्वी डिभिजन ३ नोभेम्वर १९ देखि २५ नोभेम्वरसम्म भारतको कोलकातामा हुँदैछ । नेपालले १९ अक्टोवरमा भारत […]

October 19, 2022

एपिएफ र आर्मीलाई रग्बीमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबको पुरुष टोली र त्रिभुवन आर्मी क्लबको महिला टोलीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत रग्बीतर्फ स्वर्ण जितेका छन् । कास्कीको भण्डार डिक ग्राउन्ड लेखनाथमा भएको फाइनलमा नेपाल एपिएफ क्लबको पुरुष टोलीले फाइनलमा लुम्बिनी प्रदेशलाई १०–७ अंकले विजयी हुँदै स्वर्ण जितेको थियो । पहिलो हाफमा लुम्बिनीले अग्रता लिएपनि दोस्रो हाफमा बचाउन […]

October 17, 2022

रग्बीमा लिग चरणका १२ खेल सम्पन्न

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार रग्बीका लिग चरणका १२ खेलहरु सम्पन्न भएका छन । पुरुषतर्फका खेलहरुमा विभागीय टिम नेपाल पुलिसले सुदुरपश्चिम प्रदेशलाई १०–० ले पराजित गरेको छ भने नेपाल आर्मीले प्रदेश १ लाई २६–० ले पराजित गरेको छ । यस्तै गण्डकी प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १५–७ अंकले पराजित गर्न सफल […]

August 3, 2022

रग्बी टोली जकार्ता जाने

काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुन १२ महिला खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको जकार्ता प्रस्थान गर्दैछ । खेलाडीहरुमा एलिसा थापा (कप्तान), सिर्जना राई (उप कप्तान), पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनीषा थापा मगर, अप्सरा कार्की, विशाका राई, सर्मिला राई र अपना पौडेल रहेका छन् […]

July 29, 2022

एशिया रग्वीका लागि नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्वी संघले इन्डोनेसियामा अर्काे सातादेखि आयोजना हुने एशिया रग्वी सेभेन्स ट्रफ्री –२०२२ को लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा गरेको छ । संघले बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट १२ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । अन्तिम टोलीमा सन्जिता बोम्जन, प्रतिक्षा वागले, पुनम भुजेल, सुष्मा था, विनिता शाही र अस्मिता […]

June 30, 2022

रग्वीमा प्रहरी स्कुललाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी स्कुल (एनपीएस) ले बाग्मती टच रग्बी प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । प्रहरीको दुवै ब्वाइज – गल्र्स टोली उपाधि चुम्न सफल भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ब्वाइज फाइनलमा प्रहरीले प्रारम्भलाई ३–१ ले पराजित ग¥यो । फेरिल्यान्ड तेश्रो भयो । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा नेपाल रग्बी […]

June 22, 2022

रग्बी १५ मा नेपाल आधिकारिक रुपमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसंगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ को आधिकारिक खेल खेलेको छ। प्रतिद्धन्दी बंगलादेशको पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकोले दुबै टोली उक्त उपलब्धिका लागि निकै खुशी देखिएको थियो। “बंगबन्धु बंगलादेश नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज २०२२’ नाम को रग्बी १५ प्रतिस्पर्धामा जित […]

June 17, 2022

रग्बी टोली बंगलादेश जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा भाग लिन नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ । जेठ ७ र ८ गते हुने सिरिजमा सहभागी हुने खेलाडीमा कृष्ण क्षेत्री (कप्तान), विराट श्रेष्ठ (उपकप्तान), श्रीराम श्रेष्ठ, प्रेम कोइराला, विक्रम पुरी, विक्रम भारती, सुरज चौधरी, शेरबहादुर वली, रोशन घर्ती, निरोज कार्की, नवीन महर्जन, विवेश […]

Success

Thank you for your time.