February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघको आयोजनामा जारी तेस्रो राष्ट्रिय क्लब रग्बी फिफ्टिन्स लिगमा त्रिभुवन आर्मी क्लब र गोर्खाली रग्बी क्लबले लगातार दोस्रो जित हासिल गरेका छन् । दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा आर्मील हिमालयन रग्बी क्लबलाई ७५–१० को अन्तरले पराजित गरेको छ । अर्को खेलमा गोर्खालीले आकाश भैरवलाई ७६–३ ले हराएको थियो […]
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघको आयोजनामा जारी राष्ट्रिय क्लब रग्बी फिफ्टिन्स लिग अन्तर्गत दोस्रो चरणको खेल बुधबार दशरथ रंगशालामा हुँदैछ । चार टोली सहभागी लिगको पहिलो चरणमा गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले फराकिलो जित हासिल गरेका थिए । अंक तालिकामा आर्मी र गोर्खाली दुवैको समान ५-५ अंक रहेको छ । तर […]
February 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) –तेस्रो फिफ्टिन्स रग्बी लिगको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सुरु भएको रग्बी लिगको दोस्रो खेलमा सन्जिव कुँवरको कप्तानीमा रहेको आर्मीले आकाश भैरवलाई ७२–० को अन्तरले हराएको थियो । त्यसअघि उद्घाटन खेलमा गोर्खाली रग्बी क्लबले हिमालयन टाइगर रग्बी क्लबलाई ६७–१७ ले हराएको थियो । नेपाल […]
February 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्वी संघको आयोजनामा तेस्रो फिफ्टिन्स रग्वी लिग अर्को साता सुरु हुने भएको छ । रग्वी संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिग माघ २९ गते आइतबारदेखि फागुन ६ गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितामा चार टोली हिमालयन टाइगर क्लब, आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी […]
January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघको अध्यक्षमा दिपक देवकोटा निर्विरोध चयन भएका छन् । संघको १०औं चुनावी साधरणसभाले देवकोटाको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिती निर्बिरोध चयन गरेको हो । यसअघि देवकोटा संघका कार्यवहाक अध्यक्ष थिए । तत्कालिन अध्यक्ष टंकालाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवमा नियुक्त भएसँगै तत्कालिन उपाध्यक्ष देवकोटाले कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए […]
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघले पुरुषमा निरज कार्की र महिलामा विशाखा राईलाई वर्ष उत्कृष्ट खेलाडीको अवार्डबाट शुक्रबार पुरस्कृत गरेको छ । संघको १० औं साधारणसभामा उनीहरुलाई पुरस्कृत गरिएको हो । सोही अवसरमा उत्कृष्ट रेफ्रीमा प्रेम कोइराला, उत्कृष्ट प्रशिक्षकमा कृष्ण थापा (यु–१८) र उदीमान खेलाडीमा गणेश बानियाँ सम्मानित भए । गोपाल क्षेत्रीलाई लाइफ टाइम […]
December 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुषतर्फ तथा युएई महिलामा च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित ग¥यो । त्यसअघि आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएइले […]
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण तयार भएको छ । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अंकसहित विजेता तथा भारत ५ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे । समूह ‘बी’ बाट युएइ ९ अंकसाथ विजेता तथा दक्षिण कोरिया […]
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन लागेको यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा सहभागी हुने राष्ट्रका कप्तानले प्रतियोगिताका लागि आफूहरु तयार रहेको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राष्ट्रका कप्तानले प्रतियोगिताका लागि तयार रहेको बताउदै उत्कृष्ट नतिजा ल्याउनका लागि मैदानमा उत्रने बताएका छन् । प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित […]
December 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बीका अध्यक्ष कायस अल धलाइ बिहीबार नेपाल आएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि हुने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ नेपाल आएका हुन् । दुईदिने प्रतियोगिता एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन गइरहेको छ । नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी हुन लागेको […]