3 years ago
October 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनल खेलमा भारतले नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमै २-० को अग्रता लिएको छ । गोलरहित रहेको पहिलो हाफपछि भारतले दोस्रो हाफको सुरुवातमै लगातार २ गोल गरेको हो ।
खेलको ४८ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाएका थिए । उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । लगत्तै सुरेश सिंह वाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । उनले यासिर मोहमदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए ।
त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलको चौथो मिनेटमा नै कप्तान किरण चेम्जोङले दोहोरो बचाउ गर्दै खेल गोलरहित राखे । यासिर मोहमदको पेनाल्टी क्षेत्र बाहिरको प्रहारलाई पहिलो पटकमा विफल पारेका किरणले रिबाउन्डमा अनिरुद्ध थापाको वन भर्सेस वनको प्रहारलाई उत्कृष्ट ढंगले बचाए । त्यसपछि लगत्तै अर्कोतर्फ नेपालको काउन्टरमा नवयुग श्रेष्ठको अन्तिम प्रहार आकासियो ।
१४ औं मिनेटमा भारतको लगातार आक्रमणलाई नेपाली डिफेन्सले गोल हुन दिएन । लगातारको तीन प्रहार डिफेन्सले छेकेपछि अन्तिम प्रहार भने गोलरक्षक किरणको हातमा टुंगिएको थियो । १७ औं मिनेटमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर चिप्लेपछि सुवर्ण अवसर पाएपनि दुर्भाग्यवश उनी पनि चिप्लिन पुग्दा अन्तिम प्रहार गर्न सकेनन् ।
२७ औं मिनेटमा सुनिल क्षेत्रीले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहारलाई किरणले बचाए । ४३ औं मिनेटमा लालेङमावियाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ४४ औं मिनेटमा यासिरको क्रसमा सुनिलको भली प्रहार पोस्टभन्दा माथिबाट जाँदा खेल बराबरीमा रहेको थियो ।
आजको खेलमा गोलरक्षकमा कप्तान किरण चेम्जोङ, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेलेका छन् । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिँदा आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्तावलाई अस्वीकृत गरेको छ। दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) को कार्य समिति आज काठमाडौंमा बसेको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत बताइएको छ। बैठकको एउटै एजेन्डा साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने भन्ने रहेको थियो। बहुमत सदस्यले जसरी साफ च्याम्पियनसिप चलिरहेको छ। त्यही अनुसार […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]