default_image

3 years ago

September 19, 2021

नेपालको उत्कृष्ट सुरुवात

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानसँग दोस्रो खेलमा उत्कृष्ट सुरुवात गरेको छ ।

अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमानले सुरुवाती ९ ओभरमा ३ विकेट गुमाउँदै ३० रन बनाएको छ । मोहम्मद नदीम र जिसन मक्सुद क्रिजमा छन् । नेपाललाई तीनै सफलता तीव्र गतिका बलर करण केसीले दिलाउँदै उत्कृष्ट सुरुवात दिलाएका हुन् ।

करणको तेस्रो ओभरको चौथो बलमा स्कुपसट खेल्नेक्रममा एज लागेर ओपनर जतिन्दर सिंह फस्ट स्लिपमा आसिफ शेखबाट १३ रनमा क्याच आउट हुन पुगेका थिए । पहिलो खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका जतिन्दरले दोस्रो खेलमा १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । करणको सातौं ओभरको पाँचौ बलमा टप एज लागेर डेब्यू खेल खेलेका सुफ्यान मोहम्मद चार रनमा सुशान भारीबाट क्याच आउट भए ।

नवौं ओभरको दोस्रो बलमा करणकै बलमा अयान खानको क्याच विकेटकिपर विनोद भण्डारीले समाउन सकेनन् । तर त्यसको दुई बलपछि नै करणले अयानलाई ७ रनमा बोल्ड गरे ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । कुशल मल्ल र गुलशन झाको स्थानम शरद भेषावकर र आरिफ शेखलाई मौका दिएको छ ।

नेपालको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, शरद भेषावकर, सोमपाल कामी, आरिफ शेख, करण केसी, विनोद भण्डारी(विकेटकिपर), सन्दीप लामिछाने र सुशान भारी ।

March 11, 2025

साफ च्याम्पियनसिपमा होम एन्ड अवे नहुने!

काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्तावलाई अस्वीकृत गरेको छ। दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) को कार्य समिति आज काठमाडौंमा बसेको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत बताइएको छ। बैठकको एउटै एजेन्डा साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने भन्ने रहेको थियो। बहुमत सदस्यले जसरी साफ च्याम्पियनसिप चलिरहेको छ। त्यही अनुसार […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.