3 years ago
September 10, 2021
यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कप्तान ज्ञानेन्द्र मल्लले पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा नयाँ कीर्तिमानी साझेदारी गरेका छन् । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनाएको छ ।
कप्तान ज्ञानेन्द्र मल्ल ७० बलमा ३ चौका र २ छक्का सहित ४५ रनमा एलबीडब्लू आउट भए । मध्य गतिका बलर चन्द सोपरले २५ औं ओभरको पहिलो बलमा एलबीडब्लू आउट गरेपछि ज्ञानेन्द्र ओडिआई करिअरको तेस्रो अर्धशतक बनाउन पाँच रनले चुकेका थिए । रोहित कुमार पौडेल ६२ बलमा १ चौका र २ छक्का सहित ३७ रनमा खेलि रहेका छन् । विनोद भण्डारी क्रिजमा छन् ।
खराब सुरुवात गरेको नेपाललाई सम्हाल्ने क्रममा तेस्रो विकेटका लागि रोहित र ज्ञानेन्द्रले ८९ रनको कीर्तिमानी साझेदारी गरेका थिए । नेपाली ओडिआई इतिहासमा यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि ओडिआईमा नेपालबाट सर्वाधिक ठूलो साझेदारी छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले गत वर्ष अमेरिकाविरुद्ध ८४ रनको गरेका थिए ।
पिएनजीविरुद्ध तेस्रो ओभरको पहिलो बलमै ओपनर आसिफ शेख तीन रनमा क्याच आउट हुन पुगेका । तीव्र गतिका बलर काबुआ मोरियाको बलमा आसिफ सेसे बाउबाट क्याच आउट भएका थिए ।
तीव्र गतिका बलर नर्मन भानुआको चौथो ओभरको पाँचौं बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर किप्लिङ डोरीयाबाट तीन रनमा क्याच आउट भएपछि नेपालले खराब सुरुवात गरेको थियो । कुशल आउट हुँदा नेपाल ९–२ को कमजोर अवस्थामा पुगेको थियो । त्यसपछि रोहित र ज्ञानेन्द्रले नेपाललाई सम्हाले थिए ।
नेपालले पहिलो पटक डे नाइट ओडिआई खेल खेलिरहेको छ । पहिलो खेलमा पपुवा न्युगिनीलाई नेपालले २ विकेटले पराजित गरेको थियो । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजको तयारीको लागि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेलेको हो ।
पछिल्लो अपडेट : पिएनजीविरुद्ध रोहितको अर्धशतक
February 12, 2025
एजेन्सी – कप्तान चरिथ असलंकाको शतकको सहयोगमा घरेलु टोली श्रीलंकाले अस्ट्रेलियाविरुद्धको पहिलो ओडिआई खेलमा जित हासिल गरेको छ । श्रीलंकाले बुधवार अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो । जितसँगै श्रीलंकाले २ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । श्रीलंकाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३३.५ ओभरमा १ सय ६५ रनमा […]
February 12, 2025
एजेन्सी – अफगानिस्तानका १८ वर्षीय दायाँ हाते स्पिनर अल्लाह गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले बुधवसर बिहान ट्वीट गर्दै गजान्फरको बारेमा जानकारी दिएको हो । अफगानिस्तानको जिम्बाब्वे भ्रमणका क्रममा गजान्फर घाइते भएका र उनी कम्तीमा ४ महिना मैदानबाहिर रहने बताइएको छ । च्याम्पियन्स ट्रफीका साथै उनले मार्च […]
February 12, 2025
एजेन्सी – अर्को साता सुरु हुने च्याम्पियन्स ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा अस्ट्रेलिया क्रिकेट टोलीको घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम टोलीमा परेनन्। प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्स यसअघि नै टोलीबाट बाहिरिएका […]