default_image

4 years ago

April 18, 2021

सुष्मा क्वाटरफाइनलमा रोकिइन्

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी १९ वर्षीय बक्सर सुष्मा तामाङ आइबा युथ बक्सिङ च्याम्पियनसिप अन्तर्गत ४५-४८ केजी लाइट फ्लाइवेट समुहको क्वाटरफाइनलमा पराजित भएकी छिन् ।

पोल्यान्डको किएल्चामा जारी प्रतियोगितामा सुष्माले शनिबार लिथुआनियाकी दिया बयालितेलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएकी थिइन् । सुष्मा यस प्रतियोगितामा जित हासिल गर्ने नेपालकै पहिलो बक्सर समेत बनेकी थिइन् ।

आइतबार भने सुष्मा पोल्यान्डकै नाटालिया कुचेस्कासँग पराजित हुँदै बाहिरीन । सुष्माले तीनै राउन्डमा कडा चुनौती दिएपनि विश्व च्याम्पियनसिपमा पदक जित्ने दावेदारी प्रस्तुत गरेकी कुचेस्कालाई पराजित गर्न सकिनन् ।

सुरुवाती दुवै राउन्डमा सुष्मा पाँचै जजको स्कोरिङमा १०-९ ले पछि परेकी थिइन् । तर अन्तिम राउन्डमा भने चार जजले उनको पक्षमा १०-९ को स्कोर दिएका थिए । समग्रमा उनी ५-० ले पराजित भएपनि चार जजले २९-२८ र एक जजले ३०-२७ को स्कोर दिए ।

पहिलो राउन्डमा नै कुचेस्काको नाकबाट रगत बगेपछि सुष्माले दोस्रो राउन्ड थप आक्रामक बनेकी थिइन् । तर दोस्रो राउन्ड आफ्नो पक्षमा पारेपछि कुचेस्काले तेस्रो राउन्डमा रक्षात्मक रणनीति अपनाउँदै आक्रमणमा जान चाहिनन् । तीनै राउन्डमा सुष्माको प्रदर्शन भने प्रशंसनीय रहयो ।

सुष्माले दुई वर्षअघि आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेपछि लेखिएको सामग्री : १७ वर्षमै ‘राष्ट्रिय च्याम्पियन’

February 4, 2025

सनिश उत्कृष्ट राष्ट्रिय खेलाडीबाट सम्मानित

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठलाई‌ सम्मान गरेको छ । आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलअघि मंगलवार सनिशलाई सम्मान गरेको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सनिशलाई सम्मान गरे। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । […]

February 4, 2025

पुलिस आहा रारा पोखरा गोल्डकपको‌ क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- उज्वल राईको निर्णायक गोलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा मंगलवार भएको उद्घाटन खेलको ३६ मिनेटमा उज्वल राईले कर्नरबाट उत्कृष्ट गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए । उज्वलको प्रहार सेकेण्ड बार च्याप्दै गरेको कर्नर प्रहार […]

February 4, 2025

नेपालको लगातार चौथो हार

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]

Success

Thank you for your time.