default_image

4 years ago

August 14, 2020

पहिलो हाफमा एटलेटिको र लाइप्जिगको बराबरी

68 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगबीच जारी दोस्रो क्वाटरफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।

खेलको छैटौं मिनेटमा नै लाइप्जिगले अग्रता लिने सुवर्ण अवसर गुमायो । डिफेन्डर मार्सेल हाल्सटनबर्गले पेनाल्टी क्षेत्र भित्रबाट गरेको भली प्रहारले पोस्टको दिशा लिन सकेन । ११ औं मिनेटमा रेएटलेटिकोका नान लोडीको लामो फ्रिकिकमा स्टेफान साभिचको हेडरलाई गोलरक्षक पिटर गुलाचीले सहजै बचाए ।

१४ औं मिनेटमा गोलरक्षक गुलाचीले यानिक फरेरा करास्कोको प्रहारलाई विफल पारे । २१ औं मिनेटमा करास्कोकै फ्रिकिकलाई हाल्सटनबर्गले क्लियर गर्दै सम्भावित खतरा टारे । खेलको ३४ औं मिनेटमा हेडरको प्रयास गर्ने क्रममा एटलेटिको म्याड्रिडका स्टेफान साभिच र हाल्सटनबर्गको टाउको जुध्दा चोटका कारण केहीबेर खेल रोकिएको थियो ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा लाइप्जिगका डायोट उपामेकानोले कर्नरबाट आएको बलमा प्रहार गरेको हेडर गोलरक्षक यान ओब्लाकले बचाए । लगत्तै लोडीको फ्रिकिकमा साभिचको हेडरले पोस्टको दिशा लिन सकेन । पहिलो हाफमा लाइप्जिगले बल पोसेसनमा पकड बनाएपनि एटलेटिको काउन्टर अट्याकमा आक्रमण बुन्न सफल भइरहेको छ ।

यस खेलको विजेताले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को सामना गर्नेछ । पीएसजीले अघिल्लो दिन एटलान्टालाई २-१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

December 15, 2024

रियल म्याड्रिड रोकियो

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ ।‌ बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]

December 14, 2024

एनपिएल प्लेअफ -३ स्थानका लागि ४ टोलीको भिडन्त

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ । आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको‌ टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा […]

Success

Thank you for your time.