6 years ago
May 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिगको फाइनल खेलमा सेथुलाई अग्रता दिलाएकी छिन् । मणिपुरविरुद्ध जारि दोस्रो हाफको खेलको ५ मिनेटको अन्तरमा सेथुको दोस्रो गोल गर्दै सावित्राले सेथुलाई खेलमा अगाडी बढाएकी हुन् ।
पहिलो हाफमा सेथु १-० ले पछाडी रहेको थियो । खेलको ४३ औं मिनेटमा मणिपुरकी राधारानी देवीले गोल गर्दै अग्रता दिलाएकि थिइन । उनले हेडरमार्फत गोल गरेकी थिइन् । सेथुले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्ने सुवर्ण अवसर प्राप्त गरेपनि आशालता देवीको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।
दोस्रो हाफको ५६ औं मिनेटमा सेथुले खेल बराबरीमा ल्यायो । सावित्राले मिडफिल्डबाट उपलब्ध गराएको लामो पासमा ग्रेसले दिएको क्रसमा इन्दुमथीको प्रहार मणिपुरकी उपमति देवीलाई लाग्दै आफ्नै पोस्टमा छिरेको थियो ।
त्यसको ४ मिनेटपछि नै सावित्राले सेथुलाई अग्रता दिलाइन् । उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ६५ मिनेट चल्दा सेथु २-१ ले अगाडी छ ।
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]