default_image

6 years ago

April 20, 2019

सन्दीपलाई पहिलो ओभरमै विकेट !

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछानेले आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्स र किंग्स ११ पन्जावबीच जारि खेलमा आफ्नो पहिलो ओभरमा नै विकेट लिएका छन् । उनले विश्वकपका लागि भारतीय टोलीका समेत सदस्य रहेका केएल राहुलको विकेट लिएका हुन् ।

टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको दिल्लीले सन्दीपलाई दोस्रो ओभरमै बलिङको जिम्मेवारी दिएको थियो । पहिलो बलमा केएल राहुलले सन्दीपलाई छक्का प्रहार गरे । दोस्रो बल सन्दीपले डट गराए । तेस्रो बलमा राहुलले चौका प्रहार गरे ।

चौथो बलमा भने सन्दीपले विकेटकीर ऋषव पन्तबाट राहुललाई १२ रनमा स्टम्पिङ्ग आउट गराए । लेग अम्पायरले थर्ड अम्पायरलाई रिफर गरेपछि रिप्लेमा राहुल आउट भएका थिए । सन्दीपले पाँचौ बलमा मयंक अग्रवाललाई डट गराउँदा छैटौं बलमा १ रन दिए । सन्दीपले सम्रगमा पहिलो ओभरमा ११ रन खर्चेर १ विकेट लिएका छन् ।

March 26, 2025

पिएम कप – अन्तिम खेल जित्दै एपिएफ तेस्रो

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]

March 26, 2025

एन्फाले पूर्व अध्यक्ष थापाविरुद्ध पत्रचार गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को पूर्व अध्यक्ष गणेश थापाविरुद्ध छानविन गरि कारवाहीका लागि विभिन्न निकायमा पत्रचार गर्ने भएको । दुई दिन सम्म चलेर मंगलवार सकिएको एन्फाको कार्यसमितिको बैठक सो निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ। विज्ञप्तिमा भनिएको छ  ‘फिफाबाट प्रतिबन्धित पूर्व अध्यक्ष गणेश थापा सम्बन्धि विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र […]

March 26, 2025

अर्जेन्टिना विश्व कपका लागि छनोट, ब्राजिलको हार

एजेन्सी – अर्जेन्टिना फिफा विश्वकप २०२६ को लागि छनोट भएको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिनाको विश्व कप यात्रा पक्का भएको हो । छनोट निश्चित भइसकेपछिको बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले हरायो । घरेलु मैदानमा अर्जेन्टिना एकतर्फी जित दिलाउन जुलियन […]

Success

Thank you for your time.