default_image

6 years ago

November 26, 2018

आर्मी विरुद्ध संकटा (लाइभ)

61 views

0 Bookmark

त्रिभुवन आर्मी क्लब विरुद्ध सीएमजी क्लब संकटा

प्रत्यक्ष प्रसारण:

लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यसहित पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सीएमजी क्लब संकटा भिड्दैछन् लिगको सुरुवाती तीनै खेलमा जित दर्ता गरेको संकटा आफ्नो लयलाई निरन्तरता दिने सुरमा हुनेछ । टोलीमा रातो कार्ड पाएर पछिल्लो खेल गुमाएका फरवार्ड एलोन म्याक्सवेल पनि उपलब्ध हुनेछन् ।

यता आर्मीका लागि पनि पछिल्लो खेलमा चोटका कारण विश्राम लिएका फरवार्ड नवयुग श्रेष्ठ यस खेलमा पनि उपलब्ध रहने छैनन् । डिफेन्डर सुमन अर्याल पनि दोहोरो पहेंलो कार्डका कारण उपस्थित रहने छैनन् । यस खेलमा जित दर्ता गर्ने टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.